×

NMB BANK
NIC ASIA

कर्णालीका २४ क्याम्पसमा स्ववियु निर्वाचनको नतिजा सार्वजनिक

चैत ७, २०७९

NTC
Premier Steels

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आइतवार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ ।

Muktinath Bank

हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल क्रान्तिकारीले अग्रस्थानमा विजय हासिल गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णालीका ४० क्याम्पसमध्ये ३४ क्याम्पसको स्ववियु निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ ।


Advertisment
Nabil box
Kumari

विविध कारणले ६ क्याम्पसको निर्वाचन स्थगित भएको छ । सार्वजनिक नतिजाका हिसाबले अखिल क्रान्तिकारीले १४, नेविसंघले ६ र अनेरास्ववियुले ४ क्याम्पसमा सभापति पदमा जीत हात पारेका छन् । 

Vianet communication

अखिल क्रान्तिकारीअन्तर्गत चतुर्देव हिसुपु क्याम्पस रातापानी मुगुबाट मनसुर कार्की, सिञ्जा बहुमुखी क्याम्पस सिञ्जा जुम्लाबाट सन्तोष आचार्य, तिला कर्णाली र जनचेतना बहुमुखी क्याम्पस कालिकोटबाट हिक्मत सिंह र पार्वती सन्जयाल, स्यार्पु बहुमुखी, सानोभेरी, राडीज्यूला शिक्षा क्याम्पस, शीतल क्याम्पस चौरजाहारी रुकुमपश्चिमबाट क्रमशः किरण विश्वकर्मा, वीरभान भण्डारी, निराजन केसी र दीपक केसी सभापतिमा निर्वाचित भएका छन् ।

बन्गाड क्याम्पस, फारुला बहुमुखी क्याम्पस दार्मा र जनकल्याण बहुमुखी क्याम्पस सल्यानबाट क्रमशः अजय विष्ट, वरुण न्यौपाने र एकराज ओली, लिकु संयुक्त क्याम्पस, डोल्पामा रनचन्द्र शाही र जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस जाजरकोट जागेश्वर थापा सभापतिमा विजयी भएका छन् ।
 
नेपाल विद्यार्थी संघअन्तर्गत मानसरोवर बहुमुखी क्याम्पस हुम्लाबाट नरेन्द्र भण्डारी, रारा बहुमुखी क्याम्पस मुगुबाट राज तामाङ, जुम्ला बहुमुखी क्याम्पस जुम्लाबाट महेश हमाल, चामुण्डा कलेज दैलेखबाट सुनिल शाही, नन्दादेवी बहुमुखी क्याम्पस कालिकोटबाट जुनिता विष्ट, गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेतबाट गोपाल खड्का सभापतिमा निर्वाचित भएका छन् ।
 
सिम्ता बहुमुखी, अमरदीप, हिमशिखर बहुमुखी र भेरी क्याम्पस गुमी सुर्खेतबाट धनश्याम रेग्मी, अनुप ढकाल, सिर्जना रसाइली, शक्ति पौडेल अनेरास्ववियुबाट सभापतिमा विजयी भएका छन् ।

कर्णाली प्रदेश प्रहरीका अनुसार अब १० क्याम्पसको मत सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x