×

NMB BANK
NIC ASIA

मनमोहनले शुरु गरेको वृद्धभत्ताप्रति गगनको टिप्पणी- कांग्रेसले जम्मा गरेको ढुकुटी कम्युनिस्टले बाँडे

चैत ७, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेस महामन्त्री गगन थापाले ४८ सालपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बढाएको राष्ट्रिय ढुकुटीबाटै एमाले नेतृत्वको सरकारले वृद्धभत्ता बाँड्न सकेको बताएका छन् । 

Muktinath Bank

नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा थापाले नागरिकलाई विश्वास गर्न सक्दा फेरि पनि अर्थतन्त्र उठाउन सक्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सरकारले नागरिक पाल्ने होइन । नागरिकले सरकार पाल्छ ।  नागरिकमाथि विश्वास गरोस् । नागरिकले ४८ सालको स्वतन्त्रतामा विश्वास नगरेको भए ५१ सालमा श्रद्धेय मनमोहन अधिकारीले आएर एक सय रुपैयाँ वृद्धभत्ता बाँड्न सक्ने थिएनन् । गिरिजा सरकारमा आउँदा सरकारको खुत्रुकेमा १२ अर्ब मात्रै थियो’, थापाले भने, ‘जबकि तीन वर्षमा खुत्रुकेमा ३६ अर्ब भयो । तीन वर्षमा सावा ब्याज तिर्नुपर्ने घटेर खुत्रुकेमा मा पैसा बढ्यो । त्यसपछि सरकारले नागरिक पाल्न सक्छु भनेर आँट गर्न सकेको हो । अझै बढी प्रतिस्पर्धाको वातावरण बनाउन सक्यौं भने इकोनोमी राम्रो बनाउन सक्छौं ।’


Advertisment
Nabil box
Kumari

यसैले नेपाली कांग्रेस र गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक नीतिलाई अन्डरस्टिमेट गर्न नहुने थापाले बताए । 

Vianet communication

पछिल्लो अवस्थाप्रति नागरिक र तन्नेरीमा धेरै चिन्ता छाएको भन्दै थापाले आशावादी बनाएर काम गर्नुपर्ने बताए ।

‘६० सालमा तिर १० जनामध्ये ८ जनालाई सोध्दा तत्काल अवस्था चिन्ताजनक भन्थे । १० नै जनामा ८ जना आशावादी छौं भन्थे । पर उज्यालो छ भन्थे राप र ताप पाइन्छ भन्ने विश्वासमा थिए’, थापाले भने। 

अहिले तथ्यांक सुध्रिएको बताउन सकिए पनि आज १० का १० कतै पनि आशावादी रहन नसक्ने उनको भनाइ थियो। 

'सबै आत्तिएका छन् । ठाउँ छोडेर हिँड्ने हुलका हुल छन् । हामीले द्वन्द्वका बेला हामीले आशा देखाएका थियौं’, थापाले भने, ‘सांसदको हिसाबकिताब मिलायौं । अब हिजोबाट घडीको सुइ चल्न थाल्यो । अब हिसाब किताब पास भयो । दिनप्रतिदिन राम्रो गरेर तन्नेरीलाई आशावादी बनाउनुपर्छ ।’

कांग्रेसले शुरू गरेको शान्ति प्रक्रियालाई पूरा गरेपछि मात्रै गिरिजाप्रसाद कोइरालाप्रतिको सम्मान बढ्न पनि उनले बताए । मुख्य जिम्मेवारी कांग्रेसको रहेको भन्दै दलीय संकीर्णता र नाफाघाटाभन्दा माथि उठेर संक्रमणकालीन न्यायलाई टुंग्याउनुपर्ने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x