×

NMB BANK
NIC ASIA

अब वैदेशिक रोजगारमा रहेका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा, मासिक न्यूनतम् २२ सय तिरे पुग्ने

चैत ८, २०७९

NTC
Premier Steels

वैदेशिक रोजगारमा रहेका श्रमिक आजबाट सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सक्ने भएका छन् ।

Muktinath Bank

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सामाजिक सुरक्षा कोषले आयोजना गरेको एक कार्यक्रममार्फत वैदेशिक रोजगारीमा गएका श्रमिक र विदेशमा स्वरोजगारमा रहेकाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको औपचारिक घोषणा गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक सुरक्षा कोष सबैका लागि योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने मूल उद्देश्य राखेर विदेशमा श्रम गर्ने नेपालीको सामाजिक सुरक्षामा योगदान शुरू गरेको जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

कोषले औपचारिक क्षेत्रका निजी संगठित संस्थामा कार्यरत श्रमिकहरूका लागि सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सन्दर्भमा कार्यक्षेत्रको विस्तार भएको बताएको छ ।

Vianet communication

वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ स्वीकृति भएपछि आज (बुधवार)बाट औपचारिक रूपमा कार्यान्वयन शुरू भएको कोषका प्रवक्ता विवेक पन्थीले बताए ।

उनका अनुसार स्वीकृत कार्यविधिबमोजिम वैदेशिक रोजगारमा रहेका वा विदेशमा स्वरोजगार रहेका नागरिकले कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम् आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम जम्मा गरेर कोषमा आबद्ध हुनसक्ने व्यवस्था भएको छ । 

यस्तो न्यूनतम् रकम मासिक जम्मा २ हजार २ सय मात्रै योगदान गर्ने पुग्छ । कोषमा अधिकतम् योगदान गरेर सेवा सुविधा लिन चाहनेले भने न्यूनतम् आधारभूत पारिश्रमिकको तीन गुणासम्म जम्मा गर्न सक्ने व्यवस्था भएको पन्थीले बताए । 

कार्यविधिले नियमित रूपमा योगदान गर्ने योगदानकर्ताहरूलाई दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी विभिन्न योजनाहरू सञ्चालनमा ल्याएको छ। 

नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू वा विदेशमा रही पुनः श्रम स्वीकृति लिन चाहने व्यक्तिहरूका लागि वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिका लागि कार्यान्वयनमा रहेको अनलाइन प्रणालीबाटै सामाजिक सुरक्षा योजनामा आबद्ध हुने व्यवस्था गरिएको छ । 

श्रम स्वीकृति लिएर विदेशमा काम गर्दै गरेका व्यक्तिहरूले कोषको वेभसाइटमार्फत सूचीकृत हुन सक्ने व्यवस्था भएको पनि कोषले जानकारी दिएको छ । 

सूचीकरण तथा योगदान रकम संकलन लगायतका कार्यमा सहजीकरण गर्नका लागि चौबीसै घण्टा खुला रहने गरी कोषको कल सेन्टर र सामाजिक सञ्जालहरूको व्यवस्था गरेको छ ।

कोषका अनुसार गैर आवासीय नेपालीहरूको संस्था र कोषबीच सहकार्यका लागि सम्झौता भइसकेकाले ८० भन्दा बढी मुलुकमा भएका यस संस्थाको सञ्जालहरूबाट समेत आवश्यक सहयोगको प्रतिवद्धता समेत प्राप्त भएकाले कोषमा आबद्ध हुन थप सहजीकरण हुनेछ ।

विदेशमा रहेर पनि नेपालमा रहेको बैंक खातामार्फत योगदान रकम संकलन गर्न सक्ने र नेपाली बैंक तथा रेमिट्यान्सका विदेशस्थित कार्यालयहरुबाट योगदान रकम संकलनमा सहयोगका लागि पहल भइरहेको छ। 

वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुभारम्भले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सबैका लागि हुने गरी व्यापकता प्राप्त गर्ने विश्वास कोषले लिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x