×

NMB BANK
NIC ASIA

कोकाकोला र डोको रिसाइक्लरद्वारा काठमाडौं र भरतपुरमा पीईटी संकलन बिनहरू राखिँदै

चैत १०, २०७९

NTC
Premier Steels

विश्व रिसाइक्लिङ दिवसको अवसर पारेर कोकाकोला नेपाल र डोको रिसायकलर्सको संयुक्त पहलमा काठमाडौं उपत्यका र भरतपुरमा १५ वटा जानकारीमूलक पीईटी कलेक्सन बिनहरू राखिएका छन् ।

Muktinath Bank

रिसाइकल प्रक्रियामार्फत पीईटी बोतलहरूलाई पुन प्रयोग गर्न योग्य बनाउन सकिन्छ भन्ने जनचेतनामूलक सन्देश सर्वसाधारण माझ पुर्‍याउने उद्देश्यका साथ यस परियोजनाको शुरुवात गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अगस्ट २०२० मा स्थानीय अधिकारीहरूको सहयोगमा सुरु भएको यस संयुक्त परियोजना 'रिफ्रेस एण्ड रिसायकल' पीईटी बोतल संकलन अभियानको दोस्रो चरण हो । 


Advertisment
Nabil box
Kumari

धेरै मानिसहरूको जमघट हुने र पेट बोतलहरू बढी फालिने काठमाडौंका ९ स्थान र भरतपुरका ६ स्थानहरूमा यी बिनहरू राखिने छ ।

Vianet communication

डोको रिसायकलर्सका सहसंस्थापक राघवेन्द्र महतोले भने, 'रिफ्रेस एण्ड रिसायकल २०२३’ एउटा परियोजना मात्र नभइ एउटा परिवर्तन हो । एउटा यस्तो परिवर्तन जसमा हामी प्रत्यक नेपालीलाई यो सिकाउन सकौँ कि पीईटी बोतलहरू यसरी संकलन गरेर रिसाइकल गर्न सकिन्छ जसले गर्दा बातावरणमा पर्ने नकरात्मक असरहरू थोरै भए पनि कम गर्न सकिन्छ । र यसै सन्दर्भमा कोकाकोलाको वर्ल्ड विदाउट वेष्ट जस्तो विश्वव्यापी अभियानमा सहकार्य गर्न पाएकोमा हामीलाई खुशी लागेको छ । यसरी संकलन गरिएका सबै पीईटी बोतलहरू हाम्रो भक्तपुरको सानोठिमीस्थित मटेरियल रिकभरी सुविधामा रिसाइकल गरिने पनि जानकारी गराउन चाहन्छु ।'

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपक सेन्थिलले भने, 'कोकाकोलाले वर्ल्ड विदाउट वेष्टको विश्वव्यापी प्रतिबद्धताका साथ विश्वभर विभिन्न रिसाइक्लिङ्ग र पुनः प्रयोगसम्बन्धी परियोजनाहरू सञ्चालन गरिरहेको छ । हामीले सन् २०३०सम्ममा विश्वभरि आफ्नो प्याकेजिङको शतप्रतिशत बराबरको अन्य खाली बोतल र प्याकेजिङहरू सङ्कलन र पुनः प्रयोग गर्ने प्रतिबद्धता गरेको छौँ । यसै दिगोपन प्रतिको प्रतिबद्धताको एक भागको रूपमा हामीले काठमाडौं उपत्यका र भरतपुरका धेरै जनघनत्व हुने स्थानहरूमा पीईटी रिसाइक्लिङ बिनहरू राखेका छौं ।'

भाटभटेनी सुपरमार्केट पाटनकी स्टोर म्यानेजर श्रीमती मुना राईले भनिन्,' सर्वप्रथम त विश्व रिसाइक्लिंग दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु । जसरी स्वच्छ वातावरणमा बाँच्न पाउनु हाम्रो अधिकार हो, त्यसै गरी आफू वरिपरिको वातावरणलाई सफा राख्नु पनि हाम्रो दायित्व हो । कोकाकोला बेभरेजसँग हामीले लामो समयदेखि सहकार्य गर्दै आएका छौं र द्यद्यक्ः, पाटनमा पनि यस सहकार्यको लागि पहल गरेकोमा डोको रिसाइकलर्सप्रति हामी आभार व्यक्त गर्न चाहन्छौं।' 

यस रिफ्रेस एन्ड रिसाइकल अभियानले सर्वसाधारणहरूलाई आफूले प्रयोग गरिसकेको पीईटी बोतलहरू यी कलेक्सन बिनहरूमा फ्याँक्न प्रोत्साहन गरेको छ ।

त्यस्तै यी बिनहरूमा बोतल फ्याँक्नु अगाडि ती बोतलहरू भर्खरै प्रयोग गरिएका अथवा सफा, खाली र सकेसम्म क्रस गरेर (कुच्याएर) फाल्न पनि अनुरोध गरिएको छ ।

यी बिनहरूमा कस्तो बोतल फ्याँक्न मिल्छ, तिनीहरूलाई कसरी फ्याँक्न मिल्छ र त्यसरी फालिएका बोतलहरू कसरी रिसाइकल गरिन्छन् भनेर पनि जानकारीहरू राखिएका छन् ।

पीईटी प्लास्टिकहरू सुरक्षित, हलुका, किफायती, पारदर्शी, पुन आकार दिन मिल्ने र शत प्रतिशत रिसाइकल गर्न मिल्ने किसिमका हुन्छन् । फालिएका पीईटी बोतलहरू फोहोरको रुपमा वर्गीकरण हुँदैनन् र यिनिहरूको आफ्नै महत्व हुन्छ ।

यी बिनमा संकलन भएका बोतलहरू प्रत्येक हप्ता डोको रिसाइक्लरले संकलन र वर्गीकरण गरेर रिसाइक्लिङको लागि पीईटी रिकभरी प्लान्टमा पठाउँछ ।

पीईटी सामानहरू रिसाइकल गरेर नयाँ बोतलहरू, कन्टेनरहरू लगायत कपडा र कार्पेटको लागि फाइबरको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यस्ता बिनहरूबाट डोको रिसाइक्लरले हालसम्म करिब २१९५ केजी  पीईटी बोतलहरू संकलन र रिकभर गरिसकेको छ । 

सन २०१८ मा कोकाकोलाले २०३० सम्ममा आफुले उत्पादन गर्ने सबै बोतल र क्यानहरू बराबरका खाली क्यान र बोतलहरू सङ्कलन र रिसाइकल गर्ने उद्देश्यका साथ वर्ल्ड विदाउट वेष्टको घोषणा गरेको थियो ।

यही विश्वव्यापी कार्यक्रमको उद्धेश्यलाई आत्मसात गर्दै कोकाकोला नेपालले पनि आगामी दशक सम्ममा वर्ल्ड विदाउट वेष्टको लक्ष्य प्राप्ति गर्ने उद्देश्यसहित नगरमित्र, रिसाइक्लर साथी, र रिफ्रेश एन्ड रिसाइकल जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x