×

NMB BANK
NIC ASIA

सत्तारुढ गठबन्धनको बैठक आज बस्दै, मन्त्रालय भागबण्डा र साझा कार्यक्रममा सहमति खोजिने

चैत १५, २०७९

NTC
फाइल फोटो
Premier Steels

सत्तारुढ गठबन्धनको बैठक आज बुधवार बिहान बस्दैछ । बैठकले मन्त्रालय भागबण्डा र सरकारको न्युनतम साझा कार्यक्रममा सहमति खोज्नेछ ।

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले मंगलवारको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमका साथै मन्त्रिमण्डल विस्तार र मन्त्रालय भागबण्डाबारे पनि छलफल भएको र बुधवार बिहानको बैठकबाट सबै विषय टुंग्याउने निर्णय भएको जानकारी दिइन् । 


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार न्यूनतम साझा कार्यक्रमको मस्यौदामा विस्तृत छलफल भएर बुधवार टुंगोमा पुगिनेछ । ‘बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भयो । यसमा विस्तृत छलफल गरेर पूर्णता दिने सहमति भएको छ,’ नेता लेखकले भने ।

Vianet communication

मंगलवारको बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका थिए । सरकारलाई चाडोभन्दा चाडो पूर्णता दिने विषयमा पनि सामान्य छलफल भएको नेता लेखकले बताए । उनले भने, ‘सरकार चाँडै विस्तार गर्नेबारे छलफल भयो, कुरो नमिल्ने केही कुरा छैन, सबै दलहरू अत्यन्त लचिलो हुनुहुन्छ, चाँडो सरकार विस्तार गर्ने र गठबन्धनलाई निरन्तरता र दीगो बनाउन सबै दल लचिलो र प्रतिबद्ध हुनुहुन्छ । बैठकमा त्यही किसिमले कुराकानी भएको छ ।’

मंगलवारको बैठकमा सत्ता साझेदार दलमा आबद्ध दलका शीर्ष नेताहरू सहभागी थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । साथै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभू साह लगायतका नेता सहभागी भएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x