×

NMB BANK
NIC ASIA

सरकार विस्तारमा सकस

भागबन्डामा सहमति नजुटेपछि किस्ता-किस्तामा मन्त्रीको शपथ गराउने तयारी

चैत १५, २०७९

NTC
Premier Steels

एक महिनादेखि १६ मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई चरणमा सरकार विस्तार गर्ने तयारी गरेका छन् ।

Muktinath Bank

सरकार विस्तारका क्रममा दलहरूबाट मन्त्रालयको संख्यामा आफ्नो प्रस्तावभन्दा बढी दाबी पर्न थालेपछि प्रधानमन्त्री प्रचण्डले तत्काल केही मुख्य मन्त्रालयमा मन्त्रीको सपथ गराउने र थप छलफल गर्दै अर्को चरणमा मन्त्रीहरू थप गर्ने नीति लिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो चरणमा गृह, अर्थ अन्य एक-दुई मन्त्रालयमा मन्त्री चयनको तयारी प्रधानमन्त्रीले गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

कांग्रेस नेता रमेश लेखकले दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल गरिरहेको जानकारी दिए । 

Vianet communication

‘तत्काल केही प्रभावशाली मन्त्रालयमा मन्त्री चयन गरेर बाँकी फेरि अर्को चरणमा गर्ने भन्नेमा छलफल भइरहेको छ’ लेखकले भने, ‘भोलिसम्म पहिलो चरणको सरकार विस्तार हुन्छ ।’ 

जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि तत्काल अर्थ, गृहसहित सबै दलका एक एक जनालाई मन्त्री बनाएर अर्को चरणमा फेरि सरकार विस्तार गर्नेमा मंगलवार नै छलफल भएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई ८, माओवादीलाई ५, रास्वपालाई ३, जसपा र नेकपा एसलाई २-२, लोसपा, जनमत, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट १-१ गरी मन्त्रालयको भागबन्डाको प्रस्ताव गरेका थिए । 
जसमा कांग्रेस, माओवादी र रास्वपालाई एक एक राज्यमन्त्री प्रस्ताव गरिएको छ ।

तर नेकपा एसले आफूहरूमा ३ वटा मन्त्रालय दिनुपर्ने अडान राखिरहेको छ । यतिमात्रै होइन प्रभावशाली मन्त्रालयमा पनि दलहरूले दाबी नछोडेपछि सरकार विस्तारमा भागबन्डामा सहमति जुट्न गाह्रो देखिएको हो । 

यसैले विकल्पस्वरुप प्रधानमन्त्रीले सपथ पनि गराउने र थप छलफल पनि गर्दै जाने नीति लिएका हुन् । 

यद्यपि पहिलो चरणमा नै छलफल गरी सहमति जुटाउने प्रयास पनि गर्ने तयारी प्रधानमन्त्रीको रहेको छ । 

यसैले आजै दिउँसो ३ बजे पुनः सत्तारुढ कांग्रेस, माओवादी, नेकपा एस, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्तिसहितका दलको बैठक बोलाइएको जानकारी लोसपाका नेता शरतसिंह भण्डारीले दिए ।

‘दल र नेताको दाबी कम नहुँदा बुधबार बिहान पनि सरकार विस्तारबारे ठोस सहमति भएन’, भण्डारीले भने, ‘तर सहमति नभए पनि आन्तरिक छलफल गरेर बुधबार दिउँसो ३ बजे फेरि बस्ने तयारी भएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x