×

NMB BANK
NIC ASIA

मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन : महामन्त्री शर्मा

चैत १६, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरूलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताएका छन् ।

Muktinath Bank

बुधवार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी पीडितहरूलाई भेट्न ढिलो गर्नु नहुने बताए । उनले मिटरब्याजी पीडितहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अविलम्ब भेट गर्न आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महामन्त्री शर्माले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरूको मुद्दा सम्बोधनको प्रक्रिया शुरू हुनु रहेको बताए । उनले मिटरब्याजी पीडितहरूले उठाएका मुद्दाको सम्बोधनका लागि आवश्यक कानून निर्माण गर्न र संसदमा छिटोभन्दा छिटो कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए । उनले मिटरब्याजी पीडितहरू कुनै पनि राजनीतिक दलको छत्रछायाँमा रहेको भए पनि उनीहरूको माग सम्बोधन गर्नु सरकारको दायित्व भएको बताए ।


Advertisment
Nabil box
Kumari

महामन्त्री शर्माले वर्तमान अवस्थामा लोकतन्त्र भनेको कतिले बोल्न पाए भन्ने नभई बोलेका कुरा राज्यले कति सम्बोधन गर्‍यो भन्ने कुरा मुख्य रहेको उल्लेख गरे ।

Vianet communication

महामन्त्री शर्माले भने, ‘मिटरब्याजीसँग सरकारले २–३ वटा कुरा क्रमशः गर्नुपर्छ । मिटरब्याजीहरूले जो कोही गएर संवाद गर्दा पनि उहाँहरूले प्रधानमन्त्रीसँग भेट्न चाहन्छौं भन्नुभएको छ । प्रधानमन्त्रीज्यूलाई म के आग्रह गर्छु भने मिटरब्याजीहरूको संघर्षका लागि १३ दिन लगाएर तराईबाट हिँडेर आएका नागरिकलाई हिजो घरमा पुगेर २ हात जोडेर मत माग्न सक्थ्यौं, आज पैदल हिँडेर आएका नागरिकलाई प्रधानमन्त्रीले भेट दिन ढिलो गर्नु हुँदैन । प्रधानमन्त्रीले अविलम्ब भेट दिनुपर्छ । त्यसले उहाँको आन्दोलनमा उठाएको मुद्दाको सम्बोधनको प्रक्रिया प्रारम्भ हुन्छ । दोस्रो उहाँहरूले उठाएको मुद्दाको सम्बोधन गर्न आवश्यक कानून बनाउने, संसदबाट प्रक्रिया अघि बढाउने, तेस्रो कुरा मिटरब्याजीहरू जुनसुकै राजनीतिक दलको छत्रछायाँमा होऊन्, कांग्रेस, एमाले, माओवादी वा अरु दलका उनीहरूलाई कुनै पनि झमेलामा नराखी काम गर्नुपर्छ । प्रधानमन्त्रीले अविलम्ब भेट्नुपर्छ । हामी उहाँहरूको आन्दोलनको समर्थन गर्न र संसदमा लैजान तयार छौं । लोकतन्त्र कति धेरैले बोल्न पाए होइन, उनीहरूले बोलेका कुरा कति सरकारले सम्बोधन गरेको छ, त्यो अहिलेको लोकतन्त्र हो । उहाँहरूको मुद्दालाई हल गर्नु यो बेलामा राजनीतक दल, राज्य सबैको कर्तव्य हो ।’

महामन्त्री शर्माले अहिलेको परिस्थितिमा मिटरब्याजी पीडितहरूको मुद्दा सम्बोधन गर्नु नै राजनीतिक दल र राज्यको कर्तव्य भएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x