×

NMB BANK
NIC ASIA

अर्थतन्त्र सुधारको पहल

अर्थतन्त्रका संयन्त्र बुझ्दै अर्थमन्त्री, एकैदिन लिए ५ वटा प्रस्तुतीकरण

चैत १९, २०७९

NTC
Premier Steels

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले अर्थमन्त्री नियुक्त भएसँगै अर्थतन्त्रका संयन्त्र बुझ्न थालेका छन् । शुक्रवार साँझ अर्थमन्त्रालय प्रवेश गरेका महतले आइतबारदेखि औपचारिक रूपमा मन्त्रालयको नियमित काम गर्न थालेका हुन् । उनले पहिलो दिन मन्त्रालय अन्तर्गका ५ वटा महाशाखाबाट प्रस्तुतीकरण लिएका छन ।

Muktinath Bank

अर्थ मन्त्रालयका सूचना अधिकारी वसन्तराज तिवारीका अनुसार मन्त्री महतले आइतबार मन्त्रालय अन्तर्गत विभिन्न महाशाखा प्रमुखसँग बसेर प्रस्तुतीकरण लिएका छन् । मन्त्रालय र मातहतका  महाशाखाबाट हुने कामकारवाही, कामको अवस्था, प्रगति, चुनौती, समस्या र समाधानका उपयुक्त विकल्पसहितको प्रस्तुतीकरण मन्त्री महतले लिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो प्रस्तुतीकरणमा अर्थमन्त्रीले आ–आफ्नो कामको प्रकृतिको बारेमा जानकारी लिएको तिवारीले बताए । उनले भने, ‘मन्त्रालयका ९ वटा महाशाखामध्ये ५ वटाको एकैदिन प्रिजेन्टेसन भएको छ । मन्त्रीलाई ब्रिफिङ गराउने क्रममा मन्त्रालय अन्तर्गतका बजेट तथा कार्यक्रम, राजस्व व्यवस्थापन, अन्तर्राष्ट्रिय आर्थिक सञ्चालन समन्वय, वित्तीय क्षेत्र सञ्चालन तथा समन्वय र आर्थिक नीति विश्लेषण महाशाखाले आ–आफ्नो कार्य प्रकृतिको जानकारी मन्त्रीलाई गराएका छन् ।


Advertisment
Nabil box
Kumari

अझै अर्थ मन्त्रालय भित्रैकै प्रशासन, वित्तीय संघीयता समन्वय, कानुन तथा न्याय कार्यान्वयन महाशाखा, र योजना अनुगमन तथा मूल्यांकन महाशाखाको प्रस्तुतीकरण बाँकी रहेको छ । ‘अर्थमन्त्री आएको दोस्रो दिन भएकोले ध्यानपूर्वक सुन्ने काम गर्नुभएको छ । अहिलेसम्म कुनै औपचारिक निर्देशन वा निर्णय भएको अवस्था भने छैन’, सूचना अधिकारी तिवारीले भने । 

Vianet communication

अर्थमन्त्री महतले आइतबार नै निजी क्षेत्रको अगुवा संगठन नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग भेट गरेका छन् । भेटमा महासंघले अर्थतन्त्रको संकट टार्न बजारमा पर्याप्त तरलता प्रवाह गर्न र बैैंक तथा वित्तीय संस्थाले लिइरहेको चर्को ब्याजदर घटाउन सुझाव दिएका छन । निजी क्षेत्रले अर्थतन्त्रमा देखिएको शिथिलता हटाउन र बजारलाई चलायमान बनाउन अर्थ मन्त्रालयले केन्द्रीय बैंकको सहकार्यमा तरलता सहज तरलता सहज बनाउनुपर्ने सुझाव महासंघका अध्यक्ष शेखर गोल्छाले दिए । 

अर्थतन्त्र सुधारमा निजी क्षेत्रले सबैभन्दा बढी जोड बैैंकहरूमा तरलता बढाउन र बैँकहरूले निजी क्षेत्रबाट लिने ब्याजदर घटाउनमा छ । ब्याजदर घटाए लागत सस्तो पर्ने र उद्योगी व्यवसायीले बजारको बढी माग सिर्जना गराउने गरी काम गर्न सक्ने दाबी उनीहरूको छ । पछिल्लो समय बजारमा माग सिर्जना नभएको, महंगोमा प्रयोग गर्न नसक्ने अवस्थामा सर्वसाधारण पुगेको र लागत खर्च बढी हुँदा धान्न सक्ने अवस्थामा उद्योगी व्यवसायी नहुनुको असर अर्थतन्त्रमा परेको बुझाइ पनि निजी क्षेत्रको छ । 

निजी क्षेत्रले सकारलाई खर्च बढाउन र बजारमा माग सिर्जना हुने गरी काम गर्न पनि सुझाव दिएका छन् । अहिले सरकारको विकास खर्च जम्मा २५ प्रतिशत पुगेको छ । चालू आर्थिक वर्षको ९ महिना पूरा हुन लागि नसक्दासम्म एक चौथाइ मात्रै खर्च भएकोले अवको तीन महिनामा एक तिहाइ खर्च गर्न मुश्कील पर्ने अवस्थामा छ । 

सकारले चालू आर्थिक वर्षको कुल १७ खर्ब ९३ अर्बको जम्मा ४६ प्रतिशत अर्थात् ६ खर्ब ५५ अर्ब रूपैयाँ मात्रै खर्च भएको छ । यस्तो खर्चमा चालू खर्च ५५ प्रतिशत भएपनि  विकास खर्च भने न्यून भएको गुनासो निजी क्षेत्रले गरिरहेका छन । 

अर्थमन्त्री महतले भने समस्याग्रस्त अर्थतन्त्र सुधार गर्ने मन्त्रालयको पहिलो प्राथमिकता पर्ने बताएका छन् । उनले निजी क्षेत्रका छाता संस्थाको सुुझाव र सहकार्यबाट मन्त्रालय अगाडि बढ्ने बताए । महतले निजी क्षेत्रको मनोबल घट्न नदिने र निरन्तर संवादमा रहेर आवश्यक सुझाव लिँदै अर्थतन्त्रका समस्या समाधान गर्दै जाने समेत बताए ।

 


hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x