कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
गण्डकी प्रदेशमा एकै वर्षमा १ हजार ७३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा ७ हजार ६०५ हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा ५ हजार ८७० हेक्टरमा चैते धान लगाएका थिए ।
चैते धानखेतीको क्षेत्रफल घटेसँगै उत्पादनमा पनि गिरावट आएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार आव २०७८/७९ मा ३२ हजार ७७३ मेट्रिक टन धान फलेकामा चालू आवमा उत्पादन घटेर २७ हजार ४३७ मेट्रिक टन पुगेको छ । वर्ष दिनको अन्तरमा १६ दशमलव २८ प्रतिशतले चैते धानको उत्पादन घटेको हो ।
धानको उत्पादकत्वमा भने अघिल्लो आवको तुलनामा ८ दशमलव ४६ प्रतिशतले वृद्धि भएको पाइएको छ । आव २०७८/७९ मा प्रतिहेक्टरमा ४ दशमलव ३१ मेट्रिक टन उत्पादन भएकामा चालू आवमा चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ६७ छ । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जिल्लामा जम्मा १० हेक्टर क्षेत्रफलमा मात्र चैते धानखेती हुने गरेको बताए ।
पछिल्लो समय चैते धानप्रति किसानको आकर्षण घट्दै गएको उनको भनाइ छ । प्रदेशका अरु जिल्लामा पनि चैते धानखेतीमा ह्रास आइरहेको छ ।
‘चैते धान भित्र्याउने बेला वर्षातको याम पर्ने भएकाले पनि किसानलाई मर्का पर्ने गरेको छ, पानीमा भिजेको धान बेच्न समस्या हुन्छ, पराल पनि बिग्रन्छ,’ प्रमुख भट्टराईले भने, ‘किसानले पछिल्लो समय चैते धानको सट्टा तरकारी लगायत नगदे बाली लगाउन थालेका छन् ।’
चैते धानमा ‘सीएच’ ४५, चैते–२, चैते–६ लगायतका जातको खेती हुँदै आएको उनको भनाइ छ । बाह्रैमास सिँचाइ सुविधा भएको ठाउँमा मात्र किसानले चैते धान लगाउने गरेका छन् । तराईदेखि उच्च पहाडसम्म चैते धान फल्छ । किसानले चैतमा रोपेपछि असारमा धान भित्र्याउँछन् ।
चैते धानको उत्पादन बर्खेको भन्दा दोब्बर हुने भए पनि बर्सेनि खेती हुने क्षेत्रफल भने घट्दै गएको छ । सिँचाइ असुविधा, गुणस्तरीय बीउ, मलको अभाव, किसानले धानको उचित मूल्य नपाउनु, हावापानीको समस्या, घरघडेरीका नाममा उब्जाउ जग्गा नासिनु आदि कारणले चैते धानखेती घट्दै गएको हो ।
निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले चैते मात्र नभएर समग्र धानखेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको उल्लेख गरे । ‘प्लटिङ’, तीव्र बजारीकरण, ठुल्ठूला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जग्गा खुम्चिँदै गएको उनको भनाइ छ ।
जग्गा बाँझिने क्रम पनि बढ्दै गएको निर्देशनालयका प्रमुख रेग्मीले बताए । धान कम फल्नुमा क्षेत्रफल घट्नु मुख्य कारण भए पनि अन्य कुराले पनि उत्पादनमा प्रभाव पार्ने उनको भनाइ छ । बेलैमा मल, बीउ नपाउँदा पनि धानखेतीमा असर पर्ने गरेको किसान बताउँछन् ।
धानमा फूल खेल्ने समयमा वर्षात् हुँदा पनि उत्पादनमा क्षति पुग्ने गरेको छ । रोग, कीरा नियन्त्रण, उन्नत बीउ, मल व्यवस्थापनमा किसानले सधैं चुनौती व्यहोर्दै आएका छन् ।
निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा समग्र धान (बर्खे र चैते) उत्पादनमा गत वर्षको तुलनामा ३ दशमलव ७४ प्रतिशतले कमी आएको छ । गत वर्ष ४ लाख ६ हजार ३३६ मेट्रिक टन धान फलेकामा चालू आवको उत्पादन जम्मा ३ लाख ९१ हजार १२१ मेट्रिक टन छ ।
अघिल्लो वर्ष १ लाख १२ हजार २२७ हेक्टरमा धान लगाइएकामा यस वर्ष क्षेत्रफल घटेर जम्मा १ लाख ६ हजार ३८० हेक्टर धानखेतीले ओगटेको छ । गण्डकी प्रदेशमा बागलुङको गलकोट, बलेवा, ग्वालीचौर, गोरखाको पालुङटार, कास्कीको लेखनाथ, स्याङ्जाको आँधीखोला किनार, वालिङ, तनहुँको भिमाद, नवलपपुरको त्रिवेणी, मध्यविन्दु, पर्वतको फलेवास लगायत बढी धान उत्पादन हुने क्षेत्र हुन् । – रामबहादुर थापा/रासस
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...