×

NMB BANK
NIC ASIA

फिल्म संख्या घटेको र व्यापार बढेको वर्ष

वर्ष २०७९ : नेपाली फिल्म उद्योगभित्र स्टारडम, ब्राण्ड र कन्टेन्टमा के बिक्यो ?

४ दर्जन फिल्म रिलिज हुँदा ८ वटा ‘हिट’

चैत २५, २०७९

NTC
Premier Steels

वर्ष २०७९ सकिन अब केही दिन मात्रै बाँकी छ । आगामी शुक्रवारबाट नयाँ वर्ष २०८० सँगै नयाँ दशक पनि एकसाथ शुरू हुँदैछ । 

Muktinath Bank

कोरोना महामारीका कारण झण्डै २ वर्ष सुस्ताएको फिल्म क्षेत्र यो वर्ष चलायमान रह्यो । प्रतिशतका हिसाबले हेर्दा ‘हिट’ हुने फिल्मको संख्या पनि झण्डै तेब्बरभन्दा बढी बढेको देखियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवारदेखि प्रदर्शनमा आएको ‘बहाव’ वर्षको पछिल्लो नेपाली फिल्म हो । यससँगै वर्ष २०७९ मा घरेलु बक्स अफिसमा प्रदर्शनमा आउने नेपाली फिल्मको संख्या ४९ रह्यो, जुन कोरोनाअघिका वर्षको तुलनामा आधा हो । 


Advertisment
Nabil box
Kumari

वर्षको शुरूआतमा वैशाख १ गते प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ४’ घरेलु बक्स अफिसबाट निकै सकसका साथ लगानी उठाउँदै केही नाफामा गएको बताइन्छ । 

Vianet communication

त्यसपछि प्रदर्शनमा आएका ‘मन्त्र’, ‘लक्का जवान’, ‘षट्कोण’, ‘लाइफ इन एलए’ जस्ता फिल्महरू पूर्णतः असफल सावित भए ।  

जेठको १३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’ले भने हलमा दर्शकको मेला नै लगाइदियो । लामो समयसम्म यो फिल्म हाउसफूल दर्शकका साथ प्रदर्शन भयो । फिल्मले घरेलु बक्स अफिसबाट २३ करोड हाराहारी कलेक्सन गर्दै सर्वाधिक कमाइको रेकर्ड कायम गर्‍यो । 

null‘कबड्डी ४’यता भने फेरि लामो समयसम्म नयाँ नेपाली फिल्मले दर्शक तान्न सकेनन् । असारमा ‘चिसो मान्छे’, ‘घनचक्कर’, ‘दोख’, ‘सम्झना बिर्सना’ र ‘सिल्ली फो’ प्रदर्शनमा आए तर यी कुनै फिल्मले पनि लगानी उठाउन सकेनन् ।

साउनमा ‘पानी फोटो’, ‘म’सँगै पुनः प्रदर्शनमा आएको ‘चपली हाइट ३’ असफल भए । भदौमा ‘प्रेमगञ्ज’, ‘माइकल अधिकारी’, ‘कृष्ण लीला’, ‘प्रकाश’, ‘राधा’, ‘सम्हालिन्छ कहिले मन’, ‘झिंगे दाउ’, ‘ऐना झ्यालको पुलती’, ‘गोर्खा विनिथ द ब्रेभरी’ र ‘शिवानी’ गरी १० फिल्म प्रदर्शनमा आए । यीमध्ये ‘झिंगे दाउ’ लगानी उठाउँदै नाफामा जान सफल रह्यो भने ‘ऐना झ्यालको पुतली’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाउन सफल रह्यो । यता ‘प्रकाश’ हिट नभए पनि अभिनेता प्रदीप खड्काले प्रशंसा कमाए । 

असोजमा प्रदर्शनमा आएका ‘प्रेम गीत ३’ र ‘दुई नम्बरी’ले राम्रो व्यापार गर्दा ‘बाबरी’ र ‘हिजो आजका कुरा’ घाटामा गए । कात्तिकमा प्रदर्शनमा आएका ‘के घर के डेरा’ र ‘महापुरुष’ नाफामा गए भने ‘नालापानी’, र ‘लाखे’ले घाटाको व्यापार गरे । 

मंसिरमा प्रदर्शनमा आएका ‘चोर र पुलिस’, ‘मिलन’, ‘पासो’ र ‘डेसान’ ४ वटै फिल्मले लगानीको सानो हिस्सा पनि हलबाट उठाउन सकेनन् । पुसमा ‘डिसेम्बर फल्स’, ‘चि मुसी चि’, ‘गुञ्जन’, र ‘तिम्रो मेरो साथ’ले दर्शक तान्न सकेनन् भने माघमा प्रदर्शनमा आएका ‘जीवनसाथी’, ‘ह्यारीकी प्यारी’, ‘आँधी तूफान २’ र ‘मनसँग मन’ पनि सफल हुन सकेनन् ।

फागुनको पहिलो हप्ता प्रदर्शनमा आएको मल्टिस्टारर फिल्म ‘फूलवारी’ले एक खालको दर्शक ताने पनि अपेक्षित भने चलेन । महंगो लगानीमा निर्माण भएका कारण यस फिल्मले घरेलु बजारबाट लगानी सुरक्षित गर्न नसकेको बताइन्छ । 

फागुन तेस्रो हप्ताबाट प्रदर्शनमा आएकामध्ये ‘छड्के २’ केही दिनमै हलबाट उत्रिँदा ‘छक्का पञ्जा ४’ अहिलेसम्म पनि प्रदर्शन भइरहेको छ । फिल्मले घरेलु बक्स अफिसमा २० करोड हाराहारी कलेक्सन गरिसकेको वितरकको भनाइ छ । चैतमा प्रदर्शनमा आएको ‘प्रेमा’ हलमा केही दिन पनि टिक्न सकेन भने ‘बहाव’ दोस्रो दिनमा प्रदर्शनरत छ ।

कोरोनाअघि १०० हाराहारी नेपाली फिल्म रिलिज हुँदा ४–५ वटा फिल्म मात्र हिट हुन्थे । त्यसको अनुपातमा यसवर्ष आधा संख्यामा फिल्म रिलिज हुँदा नाफामा जाने फिल्मको संख्या बढेको छ ।

‘यस वर्ष अलि धेरै फिल्महरू सफल भए,’ नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का भन्छन्, ‘फिल्म क्षेत्रका लागि विगतमा भन्दा यस वर्ष धेरै हिसाबले सकारात्मक मान्नुपर्छ ।’ 

स्टारडम, ब्राण्ड र कन्टेन्टमा के बिक्यो ?

यस वर्ष ‘छक्का पञ्जा ४’ जस्तो ब्राण्ड फिल्म र युवा स्टार भनिएका अनमोल केसीको फिल्म ‘छड्के २’ एकैदिनबाट प्रदर्शनमा आए । 

यद्यपि इनिसियल व्यापारमा अगाडि मानिएको अनमोलको फिल्मको दयनीय कलेक्सनले भने सिंगो फिल्म क्षेत्रलाई स्तब्ध बनायो । 

उनको फिल्मको मात्र होइन, दर्शक तान्न सक्ने भनिएका अन्य अभिनेता एवं अभिनेत्रीका फिल्म पनि असफल रहे । धिरज मगर अभिनित ‘बाबरी’ अपेक्षित चलेन । साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘ह्यारीकी प्यारी’ पनि अपेक्षित चलेन । आकाश श्रेष्ठ र पूजा शर्माको ‘सम्झना बिर्सना’ र ‘सम्हालिन्छ कहिले मन’ दुवै फिल्म असफल भए । आर्यन सिग्देल र उपासना सिंहको ‘डिसेम्बर फल्स’ पनि चलेन । मल्टिस्टारर फिल्म ‘लाखे’ पनि बक्स अफिसमा नराम्ररी पछारियो ।

nullसफल फिल्महरूलाई हेर्ने हो भने, ‘ए मेरो हजुर ४’, ‘कबड्डी ४’ र ‘छक्का पञ्चा ४’ ब्राण्ड नाम हुन् । यीमध्ये ‘कबड्डी ४’ र ‘छक्का पञ्चा ४’लाई बलियो टीमको फिल्म समेत मान्न सकिन्छ । ‘झिंगेदाउ’ भने कन्टेन्टका कारण चलेको बुझ्न सकिन्छ । ‘दुई नम्बरी’ चल्नुमा दयाहाङ राई र सौगात मल्लको सहकार्य, निर्देशक रहेका दीपेन्द्र लामासँगै फिल्मको रमाइलो कथावस्तुलाई मान्न सकिन्छ ।

‘के घर के डेरा’ चल्नुमा दयाहाङ राई र विपिन कार्कीजस्ता कलाकारको अभिनयसँगै निर्देशक दीपेन्द्र के खनालको भूमिका महत्त्वपूर्ण मान्न सकिन्छ । 

‘महापुरुष’ चल्नुमा फिल्मको कन्टेन्टसँगै निर्देशक प्रदीप भट्टराई र अभिनेताद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको योगदान उल्लेखनीय मान्न सकिन्छ । 

मौलिक भनिएका फिल्मको निराशाजनक व्यापार

वर्ष २०७९ मा केही आशा गरिएका र मौलिक फिल्मले अपेक्षित दर्शक तान्न सकेनन् । जसमध्ये स्वस्तिमा खड्का अभिनित ‘चिसो मान्छे’, खगेन्द्र लामिछानेको ‘पानीफोटो’, प्रदीप खड्का स्टारर ‘प्रकाश’ इत्यादिलाई लिन सकिन्छ । यी दुवै फिल्मले राम्रो हाइप बनाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x