×

NMB BANK
NIC ASIA

दण्डपाणि–नन्दकुमारी अज्र्याल पुरस्कार प्रभातलाई

चैत २८, २०७९

NTC
Premier Steels

नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्‍याएबापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ ।

Muktinath Bank

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमवार उनलाई दोसल्ला ओढाइ नगदसहित सम्मान गरेका हुन् । पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समारोहमा केन्द्रको वार्षिक प्रकाशन ‘ज्ञानविन्दु’ समेत लोकार्पण गरिएको थियो । कार्यक्रममा कोषका संस्थापक, एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष एवम कवि हरिहर अर्यालले विगतका वर्षमा पुरस्कृत व्यक्तित्वबारे तथा साहित्यकार राजेन्द्रप्रसाद अर्यालले २०७९ सालमा पुरस्कृत प्रतिभा प्रभातको जीवनी, व्यक्तित्व र कृतिबारे प्रकाश पारेका थिए ।


Advertisment
Nabil box
Kumari

ज्ञानविन्दुबारे सम्पादकीय मन्तव्य केन्द्रका सदस्य तिलकप्रसाद लुइँटेलले राखेका थिए भने सभामा प्रा. शिवहरि मरहठ्ठा, प्रा.डा. सुरेन्द्र केसी, सीमाविद् बुद्धिनारायण श्रेष्ठ र ईश्वरचन्द्र देवकोटाले शुभकामना मन्तव्य राखेका थिए ।

Vianet communication

यसअघि उक्त पुरस्कारबाट ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, प्रा.डा. तुलसीराम वैद्य, प्रा. दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा.डा. सुरेशराज शर्मा, प्रा.डा. सुरेन्द्र केसी, पुण्यरश्मी खतिवडा लगायत पुरस्कृत भइसकेका केन्द्रले जनाएको छ ।

स्व. दण्डपाणि अज्र्याल इतिहास, ज्योतिष, धर्मशास्त्र, समाजशास्त्र लगायत विषयका ज्ञाता थिए । दण्डपाणि र उनकी धर्मपत्नी नन्दकुमारीको नाममा उक्त पुरस्कार स्थापना गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x