×

NMB BANK
NIC ASIA

नयाँ वर्षको पूर्वसन्ध्या

नयाँ वर्षमा लुम्बिनी सुनसान– होटल बूकिङ ४० प्रतिशतको हाराहारीमा सीमित !​

चैत ३०, २०७९

NTC
Premier Steels

कोभिडभन्दा अगाडिसम्म लुम्बिनीका शत प्रतिशत होटल नयाँ वर्षमा १५ दिन अगाडि नै ‘बूकिङ’ हुन्थे । गत वर्ष पनि लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भनेपछि नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटक खचाखच थिए ।

Muktinath Bank

तर, आउँदो नयाँ वर्ष २०८० मा लुम्बिनीमा पुग नपुग ४० प्रतिशत मात्र होटल बूकिङ भएका छन् । बूकिङ गर्नेहरू पनि आन्तरिक पर्यटक मात्र छन् । लुम्बिनी विश्वभरका पर्यटकहरूको धार्मिक तथा पर्यटकीय गन्तव्य हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भैरहवामा सञ्चालित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले लुम्बिनीमा पर्यटक वृद्धि हुने आशा गरिए पनि त्यो पूरा हुन सकेको छैन ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

४० प्रतिशत होटल मात्र होटल ‘बूक’ 

विश्वका बौद्ध धर्माबलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा ‘स्टार लेभल’देखि ‘फाइभस्टार’सम्मका होटलमा आठ हजार कोठाहरू छन् । 

देशमा छाएको आर्थिक मन्दीले घुमफिरमा मानिसहरू निस्किन नसकेको व्यवसायीहरूको बुझाइ छ । नयाँ वर्षको पहिलो दिन आउँदो शुक्रबार हो । लुम्बिनी होटल एसोसिएसनका अध्यक्ष गोविन्द ज्ञवालीले यो नयाँ वर्ष लुम्बिनी कोरोनाकालमा जस्तै सुनसान हुने अवस्था देखिएको बताए ।

‘दुई वर्ष कोरोनाले लुम्बिनीलाई पूर्णरूपमा थला पार्‍यो,’ ज्ञवालीले लोकान्तरसँग भने, ‘गत वर्ष केही राहत हुने संकेत देखिएको थियो । अहिले लुम्बिनीका होटल बूकिङ छैनन् । ठूलो लगानी गरेका व्यवसायीहरूमा चिन्ता थपिएको छ ।’

दुई महिनाअगाडि मुरारी बापु आउँदा भारतीय पर्यटक आएका थिए । त्यही अनुसार लुम्बिनी विशेष चहलपल हुने व्यवसायीहरूको अपेक्षा थियो । तर, नयाँ वर्ष खल्लो हुने देखिएको ज्ञवालीको भनाइ छ । 

null

लुम्बिनीमा स्तरीय १४६ वटा होटल छन् । जहाँ निजी क्षेत्रले २० अर्ब रूपैयाँभन्दा बढी लगानी गरेको छ । लुम्बिनीमा नयाँ वर्ष गर्मीको ‘पिक’ आवर पनि हो । पर्यटकका लागि भनेर व्यवसायीहरूले विभिन्न प्याकेज ल्याएका छन् । 

पर्यटक भित्र्याउन भैरहवामा नयाँ वर्षको अघिल्लो दुई दिन सडक खाना महोत्सव समेत आयोजना गरिएको छ । 

सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश (सीपी) श्रेष्ठले अहिलेको सहज अवस्थामा पनि पर्यटक लुम्बिनी घुम्न आउने गरी ‘बूकिङ’ हुन नसकेको बताए । 

‘भारतीय पर्यटकका लागि सरकारी भन्सार प्रक्रियाले ठूलो झन्झट बनाएको छ,’ अध्यक्ष श्रेष्ठ लोकान्तरसँग भन्छन्, ‘भारतीय पर्यटकलाई सय रूपैयाँका नोट २५ हजारभन्दा बढी लिएर आउन दिँदैन । ५ सय र २ हजार नोट ल्याएको भेट्टाए जुवा खेल्न आएको भनेर पक्राउ गर्न समेत पछि पर्दैनन् । जसको डरले लुम्बिनी आएर खर्च गर्न चाहनेले पनि सकिरहेका छैनन् ।’

फेरि कोराना संक्रमण बढ्न थालेपछि नेपाल भारत सीमा नाकामा प्रहरीले कडाई गर्न थालेको छ । 

सन् २०२३ को तीन महिनामा ९० हजार पर्यटक

सन् २०२३ को तीन महिनामा ९० हजार बाह्य पर्यटकले लुम्बिनी घुमफिर गरेका छन् । जनवरी शुरू भए यता ६१ हजार १२२ भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । नेपाल र भारतबाहेक तेस्रो मुलुकबाट मात्र २८ हजार ८०६ जनाले लुम्बिनी भ्रमण गरे । सन् २०२२ मा जम्मा २३ हजार ९४२ तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए ।

null

लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको आगमन बढे पनि कोरोना शुरू हुनुअघिको अवस्थालाई पछ्याउन सकेको छैन । 

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा विभिन्न गतिविधि बढ्दै गए पर्यटकको आवागमन पनि बढ्ने अपेक्षा गरे । सन् २०१८ मा सबैभन्दा धेरै १६ लाख पर्यटकले घुमेका थिए । 

लुम्बिनीमा टिक्दैनन् पर्यटक

लुम्बिनी आउने पर्यटक लामो समयसम्म बस्दैनन् । व्यवसायीले पर्यटकहरूको बसाइ लम्ब्याउन अनेक उपायको खोजी गरे पनि अहिलेसम्म औसतमा लुम्बिनी घुमघाम ३० मिनेटको मात्र देखिएको छ ।

मायादेवी मन्दिरमा बिहानदेखि साँझसम्म चहलपहल भए पनि यहाँ आउने पर्यटकको बसाई अवधि निराशाजनक रहेको हो । लुम्बिनी आउने ९० प्रतिशत पर्यटक उही दिन नै फर्किने गरेको विभिन्न तथ्यांकले देखाउँछ ।

null

लुम्बिनी घुम्न आउनेमध्ये जम्मा ५ देखि ७ प्रतिशतले मात्र लुम्बिनीमा रात बिताउने गरेका छन् । लुम्बिनीको पर्यटन प्रबर्द्धन गर्ने भन्दै सरकारी स्तरबाट बेलाबेलामा कार्यक्रम र अभियान सञ्चालन भए पनि ती कार्यक्रम प्रभावकारी बन्न सकेनन् । 

लुम्बिनी आसपासको जनजीवन देखाउन लुम्बिनी वरपरका १३ वटा गाउँको भिलेज टूर, कपिलवस्तुको तिलौराकोट, कुदान, देवदह र रामग्रामको बुद्ध सर्किट यात्रा र मायादेवीलाई प्रसव पीडा शुरू भएदेखि सिद्धार्थ जन्मेर कपिलवस्तु फर्किंदासम्मको झलक प्रस्तुत गर्न सके लुम्बिनीमा पर्यटकको बसाई लम्ब्याउन सकिने पर्यटक पथ प्रदर्शक राजकुमार यादव बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x