×

NMB BANK
NIC ASIA

‘शेषराजगज’को स्याहारमै व्यस्त बिमला

बैशाख ८, २०८०

NTC
Premier Steels

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा विगत ५ वर्षदेखि ‘माहुत’ पदमा कार्यरत बिमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै व्यस्त छिन् ।

Muktinath Bank

कञ्चनपुरको शुक्लाफाँटासित जोडिएको भीमदत्त नगरपालिका–१४ वनकट्टटीमा हुर्किएकी ३० वर्षीया बिमला निकुञ्जकी पहिलो र एक मात्रै महिला माहुत हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जागिरमा प्रवेश गरेदेखि नै यहाँको पिपरिया हात्तीसारमा कार्यरत बिमलाले हात्तीसारमा रहेकी शारदाकलीको निधनपछि शेषराजगजको स्याहारसुहारको जिम्मेवारी प्राप्त गरेकी हुन् । ‘बिहान हात्तीलाई नुहाउनदेखि जंगलमा चराउने, खुवाउने र स्याहारलगायत काम गर्दै आएकी छु,’ बिमलाले भनिन्, ‘जागिरको शुरूआतमा जनावरसितको घुलमिल नहुँदा काम गर्न असहज भएको थियो, पछि बानी पर्दै जाँदा सहज बन्दै गयो ।’


Advertisment
Nabil box
Kumari

निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी ३ स्थानमा हात्तीसार छन् । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षाका लागि हात्तीद्वारा समेत गस्ती गरिन्छ । यहाँ रहेका ६ हात्तीबाट गस्ती लगायत निकुञ्जको कामकाज गरिँदै आएको छ । शेषराजगज छावा भने गत पुसमा मात्र पिपरिया हात्तिसारमा राखिएको बिमला बताउँछिन् ।

Vianet communication

हात्तीको स्याहारदेखि गस्ती लैजाँदासम्मका लागि माहुत, पछुवा र फणित खटिने गरेका छन् । यहाँ हात्तीका लागि २१ कर्मचारी खटिएका छन् । ‘बिमला’ एक मात्र महिला कर्मचारीका रूपमा कार्यरत छिन् । ‘शारदाकली हुँदासम्म एक्लै पनि चराउन धेरै टाढासम्म जंगल पसेकी छु,’ उनले भनिन्, ‘अहिले शेषराजगज सानै भएकाले हात्तीसारबाहेक अन्यत्र जानु परेको छैन ।’

शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका गोपाल चौधरीसित घरजम गरेकी बिमलाका एक वर्षीय छोरा पनि साथमै छन् । ‘छोरा सानै छ, उसको र शेषराजगजको स्याहारको जिम्मेवारी मेरै काँधमा छ,’ उनले भने, ‘दुवैका लागि समय व्यवस्थापन गरेर अघि बढेकी छु ।’ घरमा पशुचौपायाका लागि घाँस आहारा खोज्ने बिमलाको व्यस्तता हात्तिसारमा पनि उत्तिकै बढी छ ।

‘जनावरसितको काम चुनौतीपूर्ण नै हुन्छ, कति बेला कुन मूडमा हुन्छन् भर नै हुँदैन,’ बिमलाले भनिन्, ‘अहिलेसम्म विना डरत्रास काम गरेकी छु ।’ उनले आफ्नो ५ वर्षे जागिरकालका क्रममा शुक्लाफाँटामा शारदाकली र रतनकली उमेर पुगे निधन भएको देखेको बताइन् ।

‘आफूले रातदिन स्याहारसुसार गरेको जनावरको मृत्यु हुँदा निकै दुःख लाग्छ,’ बिमला भन्छिन्, ‘ठूला हात्तीसित काम गर्न धेरै सक्रियता चाहिने रहेछ ।’

विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख बासस्थान शुक्लाफाँटा ३६ पाटेबाघ, १७ गैंडा लगायत चराचुरुंगीका साथै वन्यजन्तुको महत्त्वपूर्ण बासस्थान हो । यहाँ आउने पर्यटकले हात्ती शयरको अवसर घरपालुवा हात्ती अभावकै कारण पाउन सकिरहेको छैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जर प्रयास केसीले शुक्लाफाँटामा १० हात्तीको दरबन्दी रहेको जानकारी दिए । ‘अहिले एउटा छावा (बच्चा) सहित ७ हात्ती मात्रै यहाँ छन्,’ उनले भने । 

विक्रम संवत् २०२६ सालमा शिकार आरक्षका रूपमा स्थापना भएको शुक्लाफाँटा २०७३ फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो । अभाव देखाउँदै निकुञ्ज प्रशासनले माथिल्लो निकायमा आवश्यकताअनुसार हात्तीको माग गरे पनि यसको सुनवाइ हालसम्म हुनसकेको छैन । चोरी शिकारी नियन्त्रणका लागि गस्ती गर्न हात्तीको प्रयोग गर्नुपर्ने हुन्छ । 

हात्तीमा गस्ती गर्दा ‘फणित’ले नेतृत्व गर्छन् । हात्ती हाँक्ने, चराउनेदेखि स्याहारसुसार गर्ने कार्यका लागि यहाँ फणित, पछुवा र माहुत गरी ३ पदमा कर्मचारी कार्यरत छन् । – शेरबहादुर सिंह/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x