×

NIC ASIA

यु–१६राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुवात

बैशाख १०, २०८०

Prabhu Bank
NTC
Premier Steels

धनगढीमा आजदेखि सुरु भएको ‘एनआईएमबी सुदूरपश्चिम मुख्यमन्त्री, १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’मा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ ।

Muktinath Bank

कप्तान नरेन भट्टको कप्तानीमा रहेको सुदूरपश्चिमले स्थानीय फाप्ला क्रिकेट मैदानमा भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ९७ रनले पराजित गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ३० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४७ रन बनायो । कप्तान नरेन भट्टले अर्धशतकीय पारी खेले । उनी ६६ बलमा ७१ रन बनाएर अविजित रहे । 


Advertisment
Nabil box
Kumari

सुदूरपश्चिमका लागि रीतिक थापाले १८, रविन भण्डारी र आशिष बलायरले १२/१२ रन तथा युवराज खत्रीले ११ रन बनाए । 

Vianet communication

कर्णाली प्रदेशका लागि दीप पौडेल र आदित्य विक्रम शाहले तीन÷तीन विकेट लिए । एक सय ४८ रनको विजय लक्ष्य पछ्याएर मैदान उत्रिएको कर्णाली प्रदेशले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ५० रनमा समेटियो ।  

उसका लागि आदित्य विक्रम शाहले २० रन बनाए । अन्य खेलाडीले दोहोरो रनको अङ्क बनाउन सकेनन् । सुदूरपश्चिमका भुपेश जोशी, अशोक धामी र सचिन मल्लले तीन÷तीन विकेट लिए । विक्रम साउँदले एक विकेट लिए । 

खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम प्रदेशका कप्तान नरेन भट्ट ‘म्यान अफ दी म्याच’ घोषित भई रु दुई हजारसहित ट्रफीबाट पुरस्कृत भए । प्रतियोगिताअन्तर्गत सोमबार लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच तथा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए  । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x