×

NMB BANK
NIC ASIA

जहाजमा समस्या

जहाज उडेको ३० सेकेन्डमै जब फ्लाइ दुबईका पाइलटले भने : 'मेडे मेडे...'

बैशाख १२, २०८०

NTC
Premier Steels

फ्लाइ दुबईको बोइङ जहाज जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट दुबईको लागि राति ९:२० मा 'टेक अफ' गर्यो  तब त्यसको ३० सेकेन्डमै पाइलटले एकाएक टावरसँग सम्पर्क गरी 'मेडे मेडे' भने । 'मेडे मेडे' को अर्थ हो, 'फुल इमर्जेन्सी' । 

Muktinath Bank

त्यसपछि टावरले सोध्यो, जहाजमा के समस्या भएको हो ?  चालकले जवाफ दिए- 'कम्प्रेसर इन्स्टल्ड' । अर्थात् जहाजको इन्जिन संचालन हुनका लागि बन्नुपर्ने कम्प्रेसरमा ठूलो आवाज आएको भनाइ चालकको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि विमानस्थलमा होहल्लाको स्थिति नै मच्चियो । विमानस्थल उच्च स्रोतले लोकान्तरलाई दिएको जानकारी अनुसार जब चालकले 'मेडे मेडे' भने काठमाडौं टावरले तत्काल इमर्जेन्सी डिक्लेयर गरेको थियो ।


Advertisment
Nabil box
Kumari

 ''मेडे मेडे'को अर्थ भनेको म अब खतरामा छु, सबै सिद्धिन लाग्यो । सबै सक्कियो भन्ने हुन्छ ।  एक किसिमले भन्ने हो भने चालकले इमर्जेन्सी माग्नु भन्दा पनि अब सिद्धियो नै भन्ने हुन्छ,' ती उच्च अधिकारीले लोकान्तरसँग भने,'चालकले काठमाडौंको टावरसँग 'मेडे मेडे' भनेपछि विमानस्थलमा तत्काल 'इमर्जेन्सी डिक्लेयर' गरिएको थियो ।'

Vianet communication

 विमानले टेक अफ गरेलगत्तै उचाई लिन लाग्दा ठूलो आवाजमा बम पड्किए जस्तो आवाज आएको थियो । सो क्रममा विमानमा आगोको झिल्का समेत देखिएको थियो ।  'तर विमान धादिङको धार्केतर्फ जाँदा अवस्था नर्मल भइसकेको थियो,' ती अधिकारीले लोकान्तरसँग भने,'ड्यासबोर्डको सबै 'प्यारामिटर' ठीक नै देखिएपछि 'डेस्टिनेसन' तर्फ 'कन्टिन्यु' गर्ने अनुमति चालकले मागे । सोहीअनुसार फ्लाई दुबईको सो जहाजलाई दुबईतर्फ उडाए ।'

स्थिति नर्मल भएको कुरा तत्काल जहाजको 'ड्यासबोर्ड'मा देखिएकाले चालक दलले विमान दुबईतर्फ लगेको उनको भनाइ छ । 'जसरी कहिलेकाहिँ मोटरसाइकल स्टार्ट गर्दा ठुलो आवाज आउने र साइलेन्सरबाट आगोको झिल्को निस्कने गर्छ त्यसै गरी कहिलेकाहिँ विमान 'टेक अफ' गर्दा पनि हुन्छ,' उनले थपे,'पछि विमानले आकाशमा उचाई लिँदै गर्दा नर्मल हुन्छ र उडान भर्छ ।' ठीक त्यसै गरी शुरुमा केही समस्या देखिएको भएपनि आकाशमा उडेकै बेला धार्केसम्म जाँदा विमान नर्मल अवस्थामा आइसकेको उनले खुलाए । 

'विमान नर्मल अवस्थामा नहुने हो भने विमानले आफ्नो उचाई नै प्राप्त गर्न सक्दैन,' उनले थपे,'काठमाडौंमै विमानले उचाई प्राप्त गरिसकेको थियो । धार्केसम्म पुग्दा त सब ठीक भइसकेको थियो ।'
विमानमा समस्या भएको भए काठमाडौंमा इमर्जेन्सी ल्याण्डिङ हुन्थ्यो । तर, कुनै समस्या नै नभए पछि विमान दुबईतर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले लोकान्तरलाई बताए । 

इमर्जेन्सी डिक्लेयर हुँदा विमानस्थलमा साइरन बज्छ । अत्यावस्यक सुरक्षाका सामग्रीहरूसहित सुरक्षाकर्मी र उद्धारकर्मीहरू परिचालित हुन्छन् । यसैगरी आकाशमा उडिरहेका जहाजहरू समेत होल्ड हुने व्यवस्था छ ।  विमानमा ४९ जना नेपाली तथा १२० जना विदेशीसहित कुल १६९ जना यात्रु सवार थिए । 

फ्लाइ दुबईका प्रवक्ताले विमान उड्नेबित्तिकै जहाजमा चरा ठोक्किन पुगेको दाबी गरेका छन् । फ्लाइ दुबईका प्रवक्ताले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्ने बित्तिकै चरा ठोक्किएको बताएका हुन् । तर नेपाली अधिकारीहरुले यसबारे केही बताएका छैनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x