×

NMB BANK
NIC ASIA

नयाँ मापदण्ड बनाउँदा पुराना ट्याक्सीको माग सम्बोधन गर्न उच्च अदालतको आदेश

बैशाख १३, २०८०

NTC
Premier Steels

सवारीसम्बन्धी नयाँ मापदण्ड तयार गर्दा मिटर जडित पुराना ट्याक्सीको समेत माग सम्बोधन गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । 

Muktinath Bank

उच्च अदालत पाटनका न्यायाधीश टेकबहादुर ढुंगाना र दीपेन्द्रबहादुर बमको इशलासले गत चैत १ मा ८०० सिसिका मिटर जडित ट्याक्सीहरूको माग सम्बोधन गरेर मात्रै नयाँ मापदण्ड जारी गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपाल सरकारले ट्याक्सीको रूपमा प्रयोग हुने सावरीसम्बन्धी मापदण्ड २०७९ को मस्यौदा तयार गरिसकेको छ । यसमा मिटर जडिट ट्याक्सीहरूले पटक–पटक उठाएको माग सम्बोधन गर्ने व्यवस्था नभएकाले मापदण्ड जारी गर्नुपूर्व अनिवार्यरूपमा उनीहरूको माग सम्बोधन गर्न आदेश दिएको छ । उक्त मापदण्ड जारी गर्दा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २० बमोजिम रिट निवेदकलगायत सरोकारवालाको परामर्श लिन र त्यसलाई उचित ध्यान दिन सकारकारका नाममा परमादेश जारी गरेको छ । 


Advertisment
Nabil box
Kumari

नुवाकोटका सन्तोष तामाङ, काठमाडौंका प्रेमबहादुर खड्गी र रामेछापका प्रेमकुमार लामाले नयाँ मापदण्ड नबनेसम्म पूरानैबाट ट्याक्सी दर्ता गर्न पाउनुपर्ने, पुराना ट्याक्सीको सट्टा नयाँ ट्याक्सी दर्ता गर्नु पाउनुपर्नेसहितको माग राखेर उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए ।

Vianet communication

निवदेकले प्रदेश र संघीय सरकारकै मापदण्ड बाझिएको, ट्याक्सी व्यवसायीले गरिखान पाउनुपर्ने हकलाई असहज बनाइएको सहितको माग राखेर रिट दिएका थिए ।

श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश सरकारले नयाँ ट्याक्सीको मापदण्ड २०७८ मा विधुतीय सवारी साधन मात्र दर्ता गर्ने व्यवस्थाको नियमन अनिवार्य गरी एउटै कम्पनीलाई मात्र बिक्री वितरण गराउने गरी प्रतिस्पर्धा हुन नदिइ एकलौटी फाइदा पुर्‍याउने कार्य गरिएको आरोप पनि रिट निवेदकको छ ।

सार्वजनिक सवारी ट्याक्सीको निमित्त कुनै अध्ययन नगरी आवश्यक पूर्वाधारसमेत तयार नगरी विद्युतीय ट्याक्सी दर्तालाई अनिवार्य गर्न खोज्नु व्यवसायीको हित विपरीत भएको उनीहरुको भनाइ छ । यसरी व्यवसाय नै धराशायी पारेर रोजगारसमेत गुमाउने अवस्था सृजना नगर्न सरकारलाई रिट निवेदकले माग गरेका छन् । 

सार्वजनिक  यात्रुवाहक सवारी (ट्याक्सी बाहेक)साना यात्रुवाहक सार्वजनिक सवारी गुणस्तर, संचालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ को अनुसूची ५ को बुँदा नम्बर ३ मा १४ सिटसम्मका सार्वजनिक सवारीलाई पेट्रोलियम पदार्थ र विद्युतीय शक्तिबाट संचालन गर्न पाउने सुविधा पाउने व्यवस्था गरिएको छ । यसले ट्याक्सीलाई मात्र विभेदपूर्ण व्यवहार गरेको उनीहरुको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x