×

फक्स न्युजबाट निकालिएपछिको तरंग

टकर कार्लसन : अमेरिकी ‘डीप स्टेट’लाई आच्छुआच्छु पार्ने एक पत्रकारको कथा

बैशाख १३, २०८०

अमेरिकाका सर्वाधिक लोकप्रिय टीभी पत्रकारमध्ये एक टकर कार्लसनलाई यसै साता फक्स न्युजले निकालेको छ । उनलाई निकाल्नमा च्यानलले कुनै कारण दिएको छैन ।

Laxmi Bank

फक्स न्युजको प्राइमटाइममा ‘टकर कार्लसन टुनाइट’ कार्यक्रमको औसत दर्शक संख्या ३० देखि ३५ लाख हुने गर्थ्यो । त्यतिधेरै दर्शकले एकैपटकमा हेर्ने न्युज कार्यक्रम अमेरिकामा निकै कम छन् । 


Advertisment

कार्लसनको कार्यक्रमको रेटिङ पनि निकै उच्च हुने गरेको थियो । उनी कुनै पनि राष्ट्रिय महत्त्वको घटनामा आफ्नो एकोहोरो टिप्पणी गर्ने गर्थे अनि कुनै गेस्टसँग दोहोरो कुराकानी पनि गर्ने गर्थे ।


Advertisment

कार्लसनले दक्षिणपन्थी कन्जर्भेटिभहरूलाई मन पर्ने विषय आफ्नो कार्यक्रममा उठाउने गरेका थिए । उनी अमेरिकी राजनीति, परराष्ट्रनीति, अपराध, समाज, जातीयता, आप्रवास, यौनिकता लगायतका विषयमा कन्जर्भेटिभ दृष्टिकोण प्रस्तुत गर्ने गर्थे । विशेषगरी उनी उग्रउदारवादी वोकहरूलाई गिल्ला गर्ने गर्थे । 

फक्स न्युज आफैं कन्जर्भेटिभ एजेन्डा बोक्ने च्यानल हो । तर त्यसमा पनि कार्लसन कन्जर्भेटिजमलाई तार्किकताका साथ प्रस्तुत गर्थे । उनको कन्जर्भेटिभ दृष्टिकोणलाई कन्जर्भेटिभ पपुलिजम वा नेशनल कन्जर्भेटिभजम भन्ने गरिन्थ्यो । आलोचकहरूले चाहिँ उनी श्वेत सर्वोच्चतवादी तथा षड्यन्त्र सिद्धान्तका प्रस्तोता भनी निन्दा गर्ने गरेका थिए ।

कार्लसनले रिपब्लिकन र डेमोक्रेटिक पार्टी दुवैलाई आलोचना गर्ने गर्थे । विशेषगरी उनले दुवै पार्टीद्वारा अपनाइएको युद्धवादी आक्रामक परराष्ट्रनीतिको उछित्तो काढ्ने गर्थे । 

उनको दृष्टिकोण निकै हदसम्म अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पसँग मिल्ने गर्थ्यो । व्यक्तिगत रूपमा ट्रम्पलाई मन नपराए पनि ट्रम्पले अमेरिका अब विश्वको प्रहरी बन्ने हैन भन्ने दृष्टिकोणलाई कार्लसनले पनि आफ्नो कार्यक्रममार्फत अभिव्यक्त गर्ने गरेका थिए । 

तर कार्लसन पहिलेदेखि नै यस्तो किसिमको दृष्टिकोण राख्ने गर्दैनथिए । सन् २०१६ मा ट्रम्पप्रति युद्धविरोधी कन्जर्भेटिभहरूको आकर्षण देखेपछि उनी पनि त्यस समुदायलाई चित्त बुझ्ने कुरा गर्दा दर्शकसंख्या बढाउन सकिने निष्कर्षमा पुगेका थिए । 

त्यसअघि चाहिँ उनी कन्जर्भेटिभहरूको संस्थापन पक्षकै आवाज बोल्ने गर्थे । त्यही क्रममा उनले इराकमाथि अमेरिकाले गरेको आक्रमणलाई पनि समर्थन गरेका थिए । तर पछि एउटा पडकास्टमार्फत उनले आफ्नो निर्णय गलत रहेको भनी पश्चात्ताप व्यक्त गरेका छन् ।

युद्धवादी डेमोक्रेटिक पार्टीलाई कार्लसनले आलोचना गरिरहने भएकाले पछिल्लो समयमा उनीमाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज समेत उठेको थियो । डेमोक्रेटिक पार्टीकी सांसद अलेक्जान्ड्रा ओकासियो कोर्टेज (एओसी) ले एमएसएनबीसी च्यानलमा जेन साकीसँग कुरा गर्दै कार्लसनमाथि प्रतिबन्ध लगाउनुपर्ने बताएकी थिइन् ।  

अभिव्यक्ति स्वतन्त्रतालाई पवित्र मानिने अमेरिकामा सत्तापक्षको विरोधी स्वरलाई यसरी प्रतिबन्ध लगाउन खोजिएको थियो । कार्लसन फक्स न्युजबाट निस्केपछि एओसीले खुशी व्यक्त गर्दै सामाजिक सञ्जालमा भिडियो अप्लोड गरेकी छन् । 

बाइडन प्रशासनले रुसलाई उत्तेजित बनाई युक्रेनमाथि आक्रमण गर्न बाध्य तुल्याएकोमा कार्लसनले कटु आलोचना गर्ने गरेका थिए । उनले युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई पनि निर्मम प्रहार गर्ने गरेका थिए । 

बाइडन प्रशासनले रुसलाई उत्तेजित बनाई युक्रेनमाथि आक्रमण गर्न बाध्य तुल्याएकोमा कार्लसनले कटु आलोचना गर्ने गरेका थिए । उनले युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीलाई पनि निर्मम प्रहार गर्ने गरेका थिए । 

उनी युक्रेनप्रति सहानुभूति नराख्ने अमेरिकी सेनाका पूर्व कर्नेल डग्लस म्याकग्रेगर जस्ता व्यक्तिहरूलाई आफ्नो कार्यक्रममा प्रायः बोलाउने गर्थे । अझ उनले ट्रम्पसँग गरेको अन्तर्वार्तामा नर्डस्ट्रीम पाइपलाइन कसले ध्वस्त पारेको हो भनी प्रश्न सोध्दा ट्रम्पले फलानोले हो नभने पनि रुसले चाहिँ हैन भनेका थिए । 

गत फेब्रुअरीमा कार्लसनले जिम्मी डोर नामक राजनीतिक टिप्पणीकारसँग कुराकानी गरेका थिए । त्यसमा डोरले अमेरिकीहरूको शत्रु चीन वा रुस नभएको, हतियार उद्योग भएको बताएका थिए । त्यही हतियार उद्योगले अमेरिकाको राजनीति चलाउने गर्छ । अत्यधिक दर्शकले हेर्ने उनको टीभी कार्यक्रममार्फत यसरी अमेरिकी परराष्ट्रनीतिको कठोर आलोचना हुँदा त्यहाँको संस्थापन पक्ष (डीप स्टेट) लाई सहन गाह्रो परिरहेको थियो । 

त्यतिले मात्र नपुगेर कार्लसनले आफ्नो एकालापमा युक्रेन युद्धका कारण अमेरिकामा एउटा सीमित समूह एकदमै धनी भइरहेको समेत बताएका थिए । त्यसरी धन आइरहेकाले वाशिङटनले युद्धलाई समर्थन गरिरहेको उनको भनाइ थियो । असंख्य युक्रेनीहरूको ज्यान जाने गरी भइरहेको युद्धलाई प्रवर्धन गरी थुप्रै मानिसले व्यक्तिगत लाभ उठाइरहेको तर आम अमेरिकीले त्यसको चर्को मूल्य उठाउनुपरेको उनले दाबी गरेका थिए ।   

त्यसबाहेक अमेरिकीहरूलाई महंगो औषधि र खोप बेचेर अकुत नाफा कमाउने ठूला कम्पनी (बिग फार्मा) हरूलाई उनले गरेको कठोर आलोचना पनि उनलाई फक्स न्युजबाट हटाइनुको कारण हुन सक्छ । गत साता मात्र उनले मूलधारे सञ्चारमाध्यमहरूमाथि बिग फार्माको पैसा खाने गरेको आरोप लगाएका थिए । 

हुन पनि बिग फार्माले अमेरिकाका सबैजसो सञ्चारमाध्यमलाई विज्ञापनमार्फत पैसा दिने गरेको छ । फक्स न्युजका मालिक रुपर्ट मर्डक पनि त्यसको अपवाद हैनन् । आफ्नो सञ्चारमाध्यममा त्यही बिग फार्माको आलोचना भएपछि मर्डकलाई कार्लसन राखिरहन असहज अनुभव भएको हुन सक्छ । 

अनि अमेरिकाको मूलधारे सञ्चारमाध्यममा कमै मात्र सुनिने गैरडलरीकरणको कुरा पनि कार्लसनले उठाएका थिए । यही अप्रिल महिनाको आरम्भतिर उनले रुसविरुद्ध अमेरिकी सरकारले लगाएको आर्थिक प्रतिबन्ध विश्व स्तरमा गैरडलरीकरण प्रयासको एक कारण भएको औंल्याएका थिए । अमेरिकाको एकध्रुवीय प्रभुत्वको सशक्त माध्यमका रूपमा रहेको डलर यसरी कमजोर हुँदै गइरहेको छ भनी अमेरिकी जनतालाई जानकारी दिएर कार्लसनले संस्थापन पक्षको नजरमा अक्षम्य अपराध गरेका थिए ।

त्यसैले कार्लसनलाई चुप लगाउन विभिन्न प्रयास भइरहेका थिए । कार्लसन हट्नुभन्दा केही दिनअघि फक्स न्युजले डोमिनियन नामक एक कम्पनीसँग मानहानिको मुद्दा ७८ करोेड डलरभन्दा बढी रकम तिरेर सल्टाएको थियो । उक्त कम्पनीले बनाएको भोटिङ मशिनले सन् २०२० को राष्ट्रपति निर्वाचनमा ट्रम्पविरुद्ध पूर्वाग्रह राखी गलत मत खसाइदिने गरेको भनी फक्स न्युजले खबर दिएको थियो । 

फक्स न्युजको उक्त आरोपका कारण आफूलाई व्यापारिक क्षति पुगेको भन्दै डोमिनियनले मुद्दा दायर गरेको थियो । त्यसक्रममा डोमिनियनले टकर कार्लसनको कार्यक्रममा अभिव्यक्त कुराको पनि जिकिर लिएको थियो । 

त्यसबाहेक एब्बी ग्रसबर्ग नामक एक महिलाले गत मार्च महिनामा कार्लसनलाई लिंगभेदी विचारधारा राख्ने गरेको आरोप लगाउँदै फक्स न्युजविरुद्ध मुद्दा दायर गरेकी थिइन् । उनले गलत मनसायले मुद्दा दायर गरेको भन्दै फक्सले प्रतिमुद्दा दायर गरेको छ । यी सबै प्रयासहरू कार्लसनलाई चुप लगाउने र बलियो सञ्चारमाध्यममा बस्न नदिने योजना अन्तर्गत ल्याइएको कार्लसनका समर्थकहरू आरोप लगाउँछन् । 

तर कार्लसन जस्ता लोकप्रिय टीभी पत्रकारलाई संस्थापन पक्षले यति सजिलै चुप लगाउन सक्दैन । अमेरिकाको विशाल युद्धविरोधी तथा कन्जर्भेटिभ जमातको भाषा बोल्ने कार्लसनले अर्को कुनै मञ्चको उपयोग गरी युद्धपिपासुहरूलाई आच्छुआच्छु पारिरहनेछन् । 

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x