×

NMB BANK
NIC ASIA

सरकारले नागरिकता विधेयक छिट्टै संसदमा पेश गर्नेछ : उपप्रधानमन्त्री श्रेष्ठ

बैशाख १३, २०८०

NTC
Premier Steels

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले नागरिकता विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन् ।

Muktinath Bank

राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक संविधान र कानूनअनुसार अघि बढाउन नमिल्ने भएकाले सरकारले नयाँ शिराबाट त्यो विधेयक छिट्टै संसदमा ल्याउने तयारी गरेको उनको भनाइ थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सांसदहरूले भनेजस्तो राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पुगेको विधेयकलाई कानून, संविधान र नियमावली अनुसार प्रमाणीकरण गरेर जान उपयुक्त र उचित नहुने निष्कर्षमा सरकार पुगेको पनि बताए । उनले नागरिकता विधेयकमा सरकारले राष्ट्रिय सहमतिमा जोड दिन चाहेको पनि स्पष्ट पारे । यदि राष्ट्रिय सहमति भएन भने पनि संसदबाट पारित गराएर संविधान अनुसार नागरिकता पाउनेहरूलाई नागरिकता दिन सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।


Advertisment
Nabil box
Kumari

उनले सरकारले अब संसदमा ल्याउने नागरिकता विधेयक संसदबाट छिट्टै पारित हुने विश्वास पनि व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नागरिकताको विषयमा केही माननीयजीहरूले भन्नुभयो, त्यो त प्रमाणीकरण गर्न राष्ट्रपति कहाँ गइसक्या हो । राष्ट्रपतिले प्रमाणीकरण नगर्‍या हो । अहिलेको राष्ट्रपतिले गरिदिए भइहाल्यो नि भन्नुभयो । त्यो हुन्थ्यो भने अस्ति नै गएर हामी ऐनले जारी गरिसक्या हुन्थ्यौं । त्यो स्थिति हामीले कानून, संविधान, नियमावली सबै हेर्दाखेरी त्यो उचित र उपयुक्त हँुदैन भन्ने कानूनी कोणबाट कुरा आइसकेपछि हामीले नयाँ शिराबाट विधेयक ल्याउनुपर्ने भयो । त्यसकारण नयाँ शिराबाट नै विधेयक आउँछ । त्यसमा दोस्रो प्रश्न छ– सहमति कहाँ हुन्छ र ? यो त हुन्छ बहादुरको कुरा हो भन्ने पनि मैले सुने । यो सहमति गाह्रो कुरा हो । डेमोक्रेसी नै गाह्रो कुरा हो । कहिलेकाहीँ विकास, निर्माण, काम, कुरो गर्ने कुरामा हाम्रै थुप्रै साथीहरूले कुरा गर्नुहुन्छ । झिज्यारलाग्दो, पट्यारलाग्दो यो प्रक्रिया भनेर । वाक्कदिक्क भइयो । ड्याड्याङी गर्नु नि ! संविधान, कानूनको प्रक्रिया भएर विधिसम्मत ढंगले नै डेमोक्रेसीमा अघि बढ्नुपर्ने हुन्छ । अलि झिज्यार लाग्छ । अघि ढिलाइ हुन्छ तर सही निष्कर्ष डेमोक्रेसीमै पुगिन्छ भन्ने मान्यताको आधारमा डेमोक्रेसी अपनाइएको हो । यसमा हामीले सहमतिको निम्ति प्रयत्न गर्नु आवश्यक छ । नागरिकता अत्यन्तै संवेदनशील विषय हो । नागरिकताको विषयमा राष्ट्र विभाजित हुनु, सकेसम्म नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्र विभाजित नहुनु नै राम्रो हुन्छ । त्यसको निम्ति अझै पनि अपिल गर्नु, त्यसको निम्ति छलफल गर्नु, सकेसम्म सहमतिमा ल्याउन प्रयत्न गर्नु राष्ट्रिय आवश्यकता हो तर म प्रस्ट पार्न चाहन्छु– सहमति भएन भने अनवरत रूपमा अनन्तकालसम्म यो सहमति भएन, त्यसकारण ल्याउन सकिएन भन्ने पक्षमा सरकार छैन । सरकार संविधान अनुसार नागरिकता पाउनेहरूलाई नागरिकता दिन प्रतिबद्ध छ र केही छोटो समयको सहमतिको पहलको बाबजुद सहमति भएन भने हामी नागरिकता विधेयक लिएर आउँछौं । त्यसलाई संसदमा ल्याउँछौं र संसदले पारित गर्नेछ भन्ने विश्वास छ र छिट्टै कानून बन्नेछ । नागरिकताविहीन कोही हुनुपर्ने स्थिति हुने छैन भन्ने कुरामा म विश्वस्त छु । नागरिकतासँग जोडिएको धेरै विषयहरू छन्, त्यसमा म अहिले चर्चा गर्न चाहन्न । नागरिकतासँग सम्बन्धित २ वटा विषय छन्– एउटा संविधान अन्तर्गत कानून बनाएर नागरिकता दिनुपर्ने सवालको विषय । अर्को संविधानमा नै नागरिकताको प्रावधानको बारेमा जे व्यवस्था गरेको छ, त्यसबारे नै स्वतन्त्र छलफलको विषय । अहिले म सरकारको तर्फबाट त्यतातिर जान चाहन्न । संविधान अन्तर्गत कानून बनाएर नागरिकता प्रदान गर्ने कुरामा सरकार प्रतिबद्ध छ । त्यस सम्बन्धमा चाहिँ सरकारले छिट्टै विधेयक ल्याउनेछ ।’

Vianet communication

उपप्रधानमन्त्री श्रेष्ठले संविधान अन्तर्गत कानून बनाएर नागरिकता प्रदान गर्ने कुरामा सरकार तयार रहेको पनि पटक–पटक दोहोर्‍याएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x