×

NMB BANK
NIC ASIA

राजनीति

लुम्बिनीमा आज नयाँ सरकार बन्दै, कांग्रेस र माओवादीबीच आलोपालो नेतृत्व गर्ने सहमति

बैशाख १४, २०८०

NTC
Premier Steels

लुम्बिनीमा आज बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार गठनको तयारी अगाडि बढेको छ ।

Muktinath Bank

चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै ५३ सांसदको हस्ताक्षरसहित दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गर्ने सत्तारुढ गठबन्धनको तयारी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलवार सरकार गठनको आह्वान गरेका थिए । 


Advertisment
Nabil box
Kumari

प्रदेश प्रमुखले आज बिहीवार अपराह्न ४ बजेसम्मका लागि समय दिएका छन् । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले दिउँसो १ बजे प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने तयारी रहेको जानकारी दिए । ‘कांग्रेस र माओवादीबीच आलोपालो प्रदेशको नेतृत्व गर्ने साझेदारी भएको छ,’ बरालले लोकान्तरसँग भने, ‘त्यहीँ सहमति अनुसार हामी अघि बढेका छौं ।’ 

Vianet communication

माओवादीभित्र एमाले सरकारमा सहभागी भएदेखि नै मन्त्री र मन्त्रालय बाँडफाँटमा निरन्तर विवाद देखिएको छ । यसपटक पनि माओवादीभित्र संसदीय दलको नेता फेर्ने भन्दै एक समूहले निरन्तर दबाब दिँदै आएको थियो । माओवादी संसदीय दलको नेता जोखबहादुर महरा छन् । 

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४/४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३/३ जना, राष्ट्रिय जनमोर्चाका १, नेकपा एकीकृत समाजवादी १ र स्वतन्त्र १ सांसद रहेका छन् । नेकपा एमालेले प्रदेश प्रमुखले १६८ को उपधारा २ अनुसार सरकार गठनको आह्वान गरेकोप्रति आपत्ति जनाएको छ । एमालेले संविधानको धारा १६८(३) अनुसार सरकार गठन हुनुपर्ने माग गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x