मंसिर ९, २०८०
सानैदेखि खानाका परिकार बनाउन शौखिन थिइन् रूपन्देहीको बुटवलकी शोभा पोखरेल । घरमा रहेका बेला फुर्सदको समयमा उनले बन्दा, मटर लगायतका तरकारीबाट अचार बनाउँथिन् । केही घरमा खाने र बाँकी इस्टमित्रदेखि छिमेकीलाई ...
पश्चिम नवलपरासीको बर्दघाटस्थित लालीगुराँस जडीबुटी कृषक समूहका सचिव मनकुमारी खत्री चिसापानी सामुदायिक वनमा जडीबुटी लगाउन तल्लिन हुन्छिन् । खत्री सहितको समूहले सिट्रोनेला र लेमन ग्रास जडिबुटी लगाएका छन् । यी जडीबुटीले निर्यातको प्रचुर सम्भावना बोकेका छन् ।
सिट्रोनेलाबाट सुगन्धित तेल बन्छ भने लेमनग्रासबाट भिक्स लगायत विभिन्न हर्बलका सामग्री बनाइन्छ । मनकुमारी सहित समूहका १६ जना महिलाले उत्पादन गरेको जडीबुटी युरोप/अमेरिकामा महंगो वास्नादार ‘वेयल’ बनाउन निर्यात हुन्छ ।
उनीहरूले झण्डै १० वर्षअघिदेखि यो जडीबुटी लगाउन थालेका थिए । ‘केही बाँझो जग्गा भाडामा लिएर र चिसापानी सामुदायिक वनको केही जग्गा लिएर जडीबुटी लगाएका छौं,’ मनकुमारी भन्छिन्, ‘तर मौसमले राम्रो साथ नदिँदा सोचेजस्तो अझै उत्पादन गर्न सकेका छैनौं ।’
सिट्रोनेला र लेमन ग्रासबाट लालीगुराँस समूहले वर्षमा १७० लिटर तेल उत्पादन गर्छ । सिट्रोनेला प्रतिलिटर २ हजार ५०० र लेमनग्रास प्रतिलिटर २ हजार २०० रुपैयाँमा विक्री हुँदै आएको छ । सहज र उर्वर भूमिको आवश्यकता नपर्ने भएकाले सिट्रोनेला खेती गरिएको उनी बताउँछन् ।
बिरूवा रोपेको ६ महिनादेखि १ वर्षमा उत्पादन शुरू हुन्छ । वर्षको ३ पटकसम्म उत्पादन लिन सकिने यो जडीबुटीको आयु २५ वर्षसम्म हुन्छ । अहिले सिट्रोनेला खेतीका लागि आवश्यक पूर्वाधार निर्माण र खेती विस्तारका लागि धेरैलाई प्रोत्साहन पनि गरिएको छ ।
चिसापानी सामुदायिक वनमा अहिले २० हेक्टरमा सिट्रोनेला लगाइएको छ । वनका अध्यक्ष होमबहादुर गुरूङका अनुसार सिट्रोनेलाबाट ३/३ महिनामा उत्पादन लिइन्छ । उपभोक्ताको आर्थाेपार्जनका लागि वनले सिट्रोनेला जडीबुटीको खेती शुरू गरेको हो ।
सिटोनेला सिरू घाँस जस्तै हुन्छ । यसलाई बफाएर (स्टीम) गरेर तेल निकालिन्छ । महिला र वनले उत्पादन गरेको कच्चा तेल हिमालयन ट्रेड लिमिटेड (एचबीटीए) ले खरिद गरी युरोप/अमेरिकातिर निर्यात गर्छ ।
‘हामीलाई बजारको समस्या छैन,’ अध्यक्ष गुरूङ भन्छन्, ‘तर क्लाइमेट चेन्ज (जलवायु परिवर्तन) ले गर्दा यो हिउँदमा पानी परेर वर्षमा ३ पटक उत्पादन गर्न सक्ने भए पनि अहिले १ पटक मात्र काट्न पाइयो ।’ यो जडीबुटी जंगली जनावरले पनि खाँदैनन् ।
वातावरणलाई हरियाली राख्ने, ग्रामीण जीवनस्तरमा सुधार ल्याउन र राष्ट्रिय समृद्धिको लक्ष्य हाँसिल गर्नका लागि टेवा पुर्याउन जडीबुटी उत्पादन गर्ने समूहलाई राज्यका ३ तहकै सरकारबाट प्रोत्साहन हुनुपर्ने अध्यक्ष गुरूङ बताउँछन् । सिट्रोनेला खेती गरेबापत सामुदायिक वनले महिलाहरूसँग कुनै शुल्क लिँदैन, बरू सामुदायिक वन उपभोक्ता समूहले विभिन्न संघसंस्थासँग सहकार्य गरेर महिलाहरूले उत्पादन गरेको प्रशोधित तेललाई बजारसम्म पुर्याउन सहयोग गरेको छ ।
त्यति मात्र नभई प्रशोधनका लागि आवश्यक उपकरणको व्यवस्था पनि गरिदिएको छ । सामुदायिक वन परिसरमै प्रशोधन उपकरण जडान गरिएको छ ।
समूहका अध्यक्ष सरस्वती सुनार खाद्य बाली उत्पादन गर्नुभन्दा जडीबुटी खेती गर्दा राम्रो रहेको बताउँछिन् । सिट्रोनेला एक बाह्रमासे सुगन्धित जडीबुटी हो । यसको पातबाट सुगन्धित तेल निकालिन्छ । यो एक यस्तो व्यावसायिक बाली हो, जसले कम लागतमा उच्च प्रतिफल दिने अध्यक्ष सुनार बताउँछिन् । यसको खेतीले जमिन सुधारमा महत्त्वपूर्ण भूमिका निभाउँछ भने बालीमा कीरा र रोगको प्रकोप कम हुन्छ । सिट्रोनेला बाली लगाएपछि यसले राम्रो घाँस उत्पादन र ५ वर्षसम्म पर्याप्त तेल दिन्छ । त्यसपछि तेलको मात्रा कम हुने सरस्वती बताउँछिन् ।
कार्बन्डाइअक्साइड ग्यासको संश्लेषण गर्ने एक मात्र विकल्प रूख भएकाले संरक्षणबाटै आर्थिक उपार्जन पनि गर्न सामुदायिक वनलाई सहयोग गरिरहेको छ । ‘प्राकृतिक चिकित्सा क्षेत्रमा पनि यसको उच्च मूल्य छ । शुरूशुरूमा धेरै आम्दानी गर्न नसके पनि यो विशेष बालीबाट दीर्घकालसम्म राम्रो लाभ लिन सक्ने गरी हामी काममा जुटेका छौं,’ सरस्वती भन्छिन् ।
उचित माटोको छनोट, मौसमी अवस्था, बिरूवा रोप्ने विधि, सिट्रोनेला प्रजातिको प्रकार, मलको उचित प्रयोग र फसल काट्न विचार गर्नु आवश्यक रहेको गुरूङ बताउँछन् । ‘सिट्रोनेला खेती गर्ने तरिका र उपायहरूले राम्रो उत्पादन र पातहरूबाट राम्रो तेल ‘रिकभरी’ दिन्छ,’ उनले भने । सुगन्धित तेलमा सिट्रल पाइने भएकाले कागती जस्तो गन्ध आउने अध्यक्ष गुरूङको भनाइ छ ।
‘देश तथा विदेशमा यी जडीबुटीको माग उच्च रहेको छ,’ सुनार भन्छिन्, ‘प्रशोधन गरेको पदार्थ विभिन्न उच्चस्तरका अत्तर तथा परफ्युम निर्माणमा प्रयोग हुने गरेको छ ।’
जडीबुटीलाई सुगन्धका लागि उच्च ब्राण्डका पेय पदार्थमा पनि प्रयोग गर्न विदेशमा ठूलो माग रहेको छ तर लक्ष्य अनुसार पनि उत्पादन हुन सकेको छैन । मल, बिउ, सिँचाइको उचित प्रबन्ध गरी खेती गर्न सकेमा वार्षिक लाखौं कमाइ गर्न सकिने सुनार बताउँछिन् ।
रोजगारी सिर्जना हुने र आम्दानी हुने यस्ता क्षेत्रमा सरकारको ध्यान जान सकेको देखिँदैन । वन भन्ने बित्तिकै काठ उत्पादनलाई मात्र हेर्ने चलनलाई बदलेर खेती सोच पनि राख्नुपर्ने सुनारको भनाइ छ । नेपालबाट उत्पादित यस्ता वस्तु ब्राण्डका रूपमा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग गर्ने उनी बताउँछिन् ।
चिसापानीमा जस्तै नवलपरासीका थप १० वटा सामुदायिक वनमा पनि वन उद्यमको काम शुरू गरेका छन् । त्यसमध्ये बर्दघाटस्थित सीतापोखरी सामुदायिक वनका महिलाले वनमा लेमनग्रास लगाउन शुरू गरेका छन् ।
सानैदेखि खानाका परिकार बनाउन शौखिन थिइन् रूपन्देहीको बुटवलकी शोभा पोखरेल । घरमा रहेका बेला फुर्सदको समयमा उनले बन्दा, मटर लगायतका तरकारीबाट अचार बनाउँथिन् । केही घरमा खाने र बाँकी इस्टमित्रदेखि छिमेकीलाई ...
नागरिक उड्डयन प्राधिकरणमा जागिर खानुअघि प्रदीप अधिकारी काठमाडौंका इन्जिनियरिङ कलेजहरूमा अध्यापन गराउँथे । अध्यापन गराइरहेका अधिकारीलाई एकैपटक दुइटा अवसर आए– एउटा सरकारी जागिर र अर्को विदेशमा पीएचडीक...
काठमाडौं महानगरपालिका–१५ पुरानो बानेश्वरका उद्योगी शत्रुधनप्रसाद ढकाल बजारमा ‘एसपी ढकाल’का नामले परिचित छन् । दुई दशकको ‘ट्रेडिङ बिजनेस’को अनुभवपछि ढकालले पश्चिम नवलपरासीमा ड...
सिधै ‘अफिसर’ (अधिकृत)बाट निजामती सेवामा प्रवेश गरेकी राधिका अर्याल लुम्बिनी प्रदेश सरकारको बहालवाला प्रमुख सचिव हुन् । निजामती सेवामा प्रवेश गरेको १९ वर्षमै प्रशासनतर्फबाट नेपाल सरकारको विशिष्ट श्र...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
‘मेरो किड्नी बिकाउमा छ । कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला । मलाई व्यवहार चलाउन धेरै गाह्रो भएको हुनाले किड्नी बेच्न खोजेको हो । नेपाल सरकारसँग पनि मेरो अनुरोध छ, नरोक्नका लागि । ब्लड ग्रुप ए,’ ...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...