×

NMB BANK
NIC ASIA

बजेट तयारीको मुखमा अर्थसचिवको सरुवा, अर्थ मन्त्रालयमा ल्याइए अर्जुन पोखरेल

बैशाख २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले बजेट तयारीको मुखैमा अर्थसचिव सरुवा गरेको छ ।

Muktinath Bank

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्जुन पोखरेललाई अर्थसचिवमा सरुवा गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थसचिव तोयम रायलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।


Advertisment
Nabil box
Kumari

अर्थमन्त्री डा. प्रकाशशरण महतको दबाबमा बजेट तयारी गर्दैगर्दा र बजेट अधिवेशन आह्वान भएकै दिन अर्थसचिव सरुवा भएका छन् । अर्थमन्त्री महतले अर्थतन्त्र सुधारमा चासो दिएर काम गर्नेभन्दा पनि आफू अनुकूल व्यक्तिलाई जिम्मेवारी दिनमै रुचि देखाएका छन् । 

Vianet communication
Laxmi Bank

रायलाई तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अर्थसचिवको जिम्मेवारी दिएका थिए । अर्थमन्त्रीमा डा. प्रकाशशरण महत आएसँगै अर्थसचिव कसलाई ल्याउने भन्ने बहसमै भए पनि बजेट ल्याउन २५ दिन मात्रै बाँकी हुँदा अर्थसचिव सरुवा गरेका छन् ।

पोखरेल लेखा समूहका अधिकृत हुन् । सहसचिव हुँदा पोखरेलले अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभाग र भन्सार विभागमा काम गरेको अनुभव छ ।

उनले कपिलवस्तु र रुपन्देहीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएर पनि काम गरेका छन् । 

पोखरेलले यसअघि मधेश प्रदेशको प्रमुख सचिव भएर काम गरेका थिए भने उनले उद्योग सचिव र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव भएर पनि काम गरेको र अर्थसचिवको जिम्मेवारी पूरा गर्नसक्ने भएकैले बजेट तयारीकै बेला ल्याउनुपरेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x