×

NMB BANK
NIC ASIA

नक्कली शरणार्थी प्रकरण : अन्य हाई-प्रोफाइल समेत तानिँदा कहाँ लुकेका छन् टोपबहादुर ?

बैशाख २५, २०८०

NTC
Premier Steels

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा नयाँ–नयाँ तथ्यहरू खुलासा भएका छन् ।

Muktinath Bank

पछिल्लो समय पूर्व गृहमन्त्री बालकृष्ण खाण, कांग्रेस नेत्री एवं सांसद आरजू राणा तथा मञ्जु खाण पनि तानिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ परेका गिरोहका सदस्यहरूको बयान तथा आरजू र मञ्जुलाई पैसा दिएको भनी दाबी गरिएको अडियो सार्वजनिक भएपछि उनीहरूको संलग्नताको विषय चर्चामा आएको हो ।


Advertisment
Nabil box
Kumari

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका अडियोका सम्बन्धमा सत्य तथ्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Vianet communication

तर, बुधवार पक्राउ पुर्जी जारी भएर फरार रहेका पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । टोपबहादुर पक्राउ नपर्दै अन्य हाई–प्रोफाइलहरू समेत तानिएपछि यो विषयमा चर्चा र चासो बढेको छ ।

आईजीपी वसन्त कुँवरलाई फोन गरेर ‘म आउँदै छु’ भनेको भनी दाबी गरेका टोपबहादुर अहिलेसम्म प्रहरीको सम्पर्कमा आएका छैनन् ।

प्रहरीले भैरहवाबाट टोपबहादुरका छोरा सन्दीपलाई पक्राउ गरेर म्याद थप गरी अनुसन्धान गरिरहेको छ । 

अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहमा सभामुख देवराज घिमिरेसँगै देखिएका टोपबहादुर काठमाडौं जाँदैछु भनेर त्यहाँबाट बाहिरिएका थिए ।

‘काठमाडौं परिसरलाई उहाँले जानकारी गराउनुभएको छैन । उहाँ सांसद हो, कानून बनाउने व्यक्तिले कानूनका कुरा बुझ्नुपर्ने हो,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले भने ।

अर्घाखाँचीबाट भैरहवा हुँदै काठमाडौं आउन लागेको भनेर प्रहरी पनि ढुक्क साथ बसेको थियो । तर, चालक मात्र काठमाडौं आएको पाइएको प्रहरी अधिकारीहरू बताउँछन् ।

‘हामीले खोजी गरिरहेका छौं । उहाँ (टोपबहादुर रायमाझी)को फोन १९ बेलुकादेखि नै अफ छ,’ काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले भने ।

प्रहरीका अर्का एक अधिकारी रायमाझी भैरहवामै लुकेर बसेको दाबी गर्छन् । ‘१९ गते काठमाडौं आए भन्ने सूचना थियो, तर उनी आएनन्, अहिले पनि उनी भैरहवामा हुन सक्छन् भन्नेछ तर यकिन कहाँ छन् भन्ने पत्ता लगाउन नसकेकाले पक्राउ गर्न सकेका छैनौं,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले लोकान्तरलाई बताए । 

सांसद रायमाझीले पुरानो फोन अफ गरेर नयाँ फोन प्रयोग गरेकाले को–कोसँग सम्पर्क गरेका छन् भन्ने विषयमा पत्ता लगाउन प्रहरीलाई हम्मे–हम्मे छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसद समेत रहेका रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गर्नु शंकास्पद गरेको अभिव्यक्ति दिएका थिए । ‘तानिएको हो कि तनाइएको हो भन्ने विषयमा हामीले अध्ययन गर्दैछौं त्यसपछि मात्रै हामी निष्कर्षमा पुग्छौं,’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भनेका थिए ।

‘निर्दोष पर्नुहुँदैन, दोषी उम्कनु हुँदैन, दोषी उम्काउने हाम्रो प्रयास होइन तर निर्दोष फसाउन खोजियो भने हामी छाड्दैनौं,’ ओली भनेका थिए । 

गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, टेकनारायण पाण्डे र सन्दीप रायमाझी प्रहरीको हिरासतमा छन् । 

प्रहरीका अनुसार अहिलेसम्म १५४ जनाबाट २० वटा जाहेरी परेको छ । एक जनाबाट ४५ लाखसम्म ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी केसीका अनुसार अहिलेसम्म २३ करोड रुपैयाँ ठगिएको भन्दै जाहेरी आएको छ । अन्य जाहेरी पनि थपिन सक्ने भएकाले यो रकम बढ्न सक्ने देखिन्छ ।

‘अहिलेसम्मका जाहेरी र प्रमाणका आधारमा २३ करोडभन्दा धेरै कारोबार भएको देखिएको छ,’ डा. केसीले भने, ‘हाम्रो अनुमान ३४ करोडभन्दा धेरै कारोबार भएको भन्ने छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x