×

NMB BANK
NIC ASIA

नक्कली शरणार्थी प्रकरण

खाँण पक्राउको दृश्य : १० नबज्दै पुर्जी कहाँबाट आयो भन्दै प्रतिवाद, आफ्नै गाडीमा टेकुसम्म

बैशाख २७, २०८०

NTC
खरानी रंगको कोट र निलो क्यापमा बालकृष्ण खाँण
Premier Steels

नक्कली शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि अहिले सबैको ध्यान यसैतर्फ केन्द्रित छ ।

Muktinath Bank

खाँणको पक्राउ आकस्मिक जस्तो देखिए पनि यसको पृष्ठभूमि भने केही दिनदेखि बनिरहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस प्रकरणमा खाँणको समेत संलग्नता हुनसक्ने देखिएपछि प्रहरीले पछिल्ला दिनहरूमा उनलाई नै केन्द्रित गरेर अनुसन्धान अगाडि बढाएको थियो ।


Advertisment
Nabil box
Kumari

यसबीचमा गिरोहका सदस्यहरूले बालकृष्णपत्नी समेत रहेकी कांग्रेस सांसद मञ्जु खाँणलाई ६ करोड बुझाएको दाबी गरिएको अडियो समेत सार्वजनिक भयो ।

Vianet communication

तर, उक्त अडियो मात्र पक्राउका लागि पर्याप्त नभएपछि प्रहरी थप प्रमाणको खोजीमा लाग्यो ।

'अडियोमा आरोपित व्यक्तिको आवाज थिएन, अरू नै बोलेको प्रसंग थियो, त्यसैले यसलाई मात्र प्रमाण मान्न सकिने अवस्था रहेन,' प्रहरी स्रोत भन्छन्, 'त्यसकारण पनि अर्को प्रमाण खोज्नुको विकल्प हामीसँग थिएन ।'

प्रहरीले बालकृष्णविरुद्ध प्रमाण स‌ंकलनसँगै उनी आबद्ध प्रमुख सत्ता साझेदार दल कांग्रेसको सम्भावित 'मुभ' समेत विचार गरिरहेको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठ 'प्रकाश'को स्पष्ट अडान र दरिलो साथ एव‌ं कांग्रेसबाट समेत 'ग्रीन सिग्नल' पाएपछि प्रहरी खाँणलाई पक्राउ गर्न कस्सियो ।

यसबीचमा खाँणविरुद्ध 'सोलिड प्रमाण' भेटिएपछि पक्राउ गरिएको प्रहरीको दाबी छ । खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

खाँण मैजुबहालमा रहेको जानकारी पाएपछि प्रहरीले बिहान सबेरैदेखि रेकी गर्न थालेको थियो । सामान्य अवस्थामा कसैलाई पक्राउका लागि अदालतबाट अनुमति लिनुपर्ने व्यवस्था छ । तर, खाँणको सम्बन्धमा प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिने समय कुरेन ।

मुलुकी फौजदारी कार्यविधि नियमावलीको व्यवस्थाअनुसार 'विशेष पुर्जी' लिएर प्रहरी अधिकारीहरू खाँणको निवासमा छिरे । प्रहरी पुगेपछि आत्तिएका खाँणले शुरूमै पक्राउ पुर्जीबारे चासो राखेको विश्वस्त स्रोतको दाबी छ ।

'हिजो साँझसम्म त पक्राउ पुर्जी जारी भएको थिएन, आज १० बज्दैछ, कसरी ल्याउनुभयो भनेर उहाँले चासो राख्नुभयो,' प्रहरी स्रोतले लोकान्तरसँग भन्यो ।

प्रहरीले 'विशेष पक्राउ पुर्जी' ल्याएको भनी जानकारी गराएपछि खाँण एकछिन भन्दै कोठामा छिरेका थिए ।

भित्र पुगेर कसैलाई फोन गरेका खाँणलाई नियन्त्रणमा लिन बल नै प्रयोग गर्नुपर्ने स्थिति बन्यो । 'उहाँले गृहमन्त्री हुँदाको रवाफ देखाउनुभयो । सामान्य धक्कामुक्की पनि भयो,' प्रहरी स्रोतले भन्यो ।

खाँणलाई निवासबाट उनकै गाडीमा काठमाडौं प्रहरी परिसर टेकु लगिएको छ । त्यहाँ उनीसँग सोधपुछ चलिरहेको छ ।

खाँण र केसी पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ । शुरूमा ८ जना पक्राउ परेकोमा मंगलवार र बुधवार २/२ जना पक्राउ परेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x