×

NMB BANK
NIC ASIA

एमाले केन्द्रीय कमिटी बैठक : युवालाई पार्टीमा सहभागी गराउन नयाँ शिराबाट अधिवेशन गरिने

बैशाख २८, २०८०

NTC
Premier Steels

नेकपा एमालेको जारी केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सम्पन्न भएको छ ।

Muktinath Bank

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पहिलो दिन ४ निकाय र ९ प्रदेश कमिटी (दुई गैरभौगोलिक) ले ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा प्रतिवेदन पेश गरेको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।


Advertisment
Nabil box
Kumari

केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्रतिवेदन पेश गरे ।

Vianet communication

अभियानको समीक्षा प्रतिवेदन अभियानमा खटिएका नेताहरूले पेश गरे । कोशी प्रदेशको राजेन्द्र गौतम, मधेश प्रदेश सचिव रघुवीर महासेठ, बागमती प्रदेशको सचिव गोकर्ण विष्ट, गण्डकी प्रदेश सचिव पदमा अर्याल, लुम्बनी प्रदेश सचिव छविलाल विश्वकर्मा, कर्णाली प्रदेश सचिव योगेश भट्टराई र सुदूरपश्चिम प्रदेशको सचिव लेखराज भट्टले अभियानको समीक्षा प्रतिवेदन पेश गरे ।
 
उपत्यका विशेष प्रदेशको समीक्षा प्रतिवेदन पोलिटब्यूरो सदस्य सुजिता शाक्य र सम्पर्क समन्वय समितिको प्रतिवेदन स्थायी कमिटी सदस्य लालबाबु पण्डितले प्रस्तुत गरेका छन् ।

बिहीवार पेश गरिएका प्रतिवेदनमाथि शुक्रवार बिहान ८ देखि १२ बजेसम्म ८ समूहमा छलफल हुनेछ । सोही ८ समूहले निकालेको निष्कर्षलाई आधार मानेर प्रदेश कमिटी अध्यक्षले वार्षिक कार्ययोजना प्रस्तुत गर्ने नेता गुरुङले जानकारी दिए । शुक्रवार नै स्थायी कमिटी बैठकले समीक्षा प्रतिवेदनलाई आधार बनाएर वार्षिक कार्यक्रम बनाउने उनको भनाइ थियो । 

मिसन ग्रासरुट अभियानले पार्टीले उठाउने काम तथा नेता र जनताबीचको सम्बन्धलाई पुनःजागरण गर्ने काम गरेको उपमहासचिव समेत रहेका नेता गुरुङले जानकारी दिए । ‘अभियानले जुन रूपमा हाम्रो आचारण, व्यवहार शुद्ध हुनुपर्दथ्यो त्यो नभएको पाइयो,’ उनले भने, ‘पार्टीभित्र शुद्धीकरण अभियान पनि सञ्चालन गर्नुपर्दछ । वार्षिक योजनामा समावेश गर्नेछौं ।’

प्रचार विभाग प्रमुख गुरुङका अनुसार अभियानको सबैभन्दा राम्रो प्रभाव लुम्बिनी, गण्डकी र कोशी प्रदेशमा देखिएको छ । ती प्रदेशमा अभियानका क्रममा ६० प्रतिशत सदस्य नवीकरण भएको उनले बताए । नवीकरण हुन बाँकी रहेका असार मसान्तसम्म हुने जनाइएको छ । पार्टीले गणपूरक संख्या नपुगेका तल्लोस्तरका कमिटीलाई अधिवेशन गर्नुपर्ने उनको भनाइ छ ।

युवालाई पार्टीमा सहभागी गराउनका लागि नयाँ शिराबाट अधिवेशन गर्ने बैठकले निष्कर्ष निकालेको जनाइएको छ । पार्टीको वैचारिक कामलाई व्यवस्थित गर्न पार्टी स्कूल विभागले तयार पारेको पाठ्यक्रम केन्द्रीय कमिटीदेखि तल्लो तहको कमिटीसम्म पठाउने निर्णय गरेको छ । पार्टी प्रवेश गरेकालाई जेठ मसान्तभित्र नवीकरण गर्ने र जेठ महिनाभित्र नै तल्लो कमिटीको सिफारिसमा जिम्मेवारी दिइनेछ ।

बैठकले यसअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले गरेका निर्णयको अनुमोदन गरेको छ । बैठक वैशाख ३० गतेसम्म चल्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x