×

Dabur
MG

सातै प्रदेशमा फाइभजी परीक्षणको तयारी, एक महिनापछि व्यावसायिक प्रयोग

बैशाख २९, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

नेपाल टेलिकमले सातै प्रदेशमा द्रुत गतिको मोबाइल इन्टरनेट फाइभजी परीक्षणको तयारी गरेको छ । हाल काठमाडौंको सुन्धारा, बबरमहल, कास्कीको पोखरा र पर्साको वीरगन्जमा परीक्षण गरिरहेको र छिट्टै सातै वटा प्रदेशमा फाइभजी परीक्षण गर्ने टेलिकमले जनाएको छ ।

yONNEX
Sagarmatha Cement

टेलिकमका प्रवक्ता शोभन अधिकारीले हाल परीक्षण भइरहेको स्थानमा व्यावसायिक प्रयोग गर्ने र थप क्षेत्रमा परीक्षण गर्ने विषयमा आन्तरिक तयारी व्यापक भएको छ । टेलिकमले गरिरहेको आन्तरिक परीक्षण एक महिनामा सकिने र त्यसपछि थप निर्णय गरेर जाने टोलिकमको तयारी छ ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

नेपाल दूरसञ्चार प्राधिकरणले परीक्षण भएको ठाउँमा ग्राहकले प्रयोग गर्न पाउनु शर्त राखेकोले त्यसको पनि तयारी टेलिकमले गरिरहेको जानकारी दिएको छ । टेलिकमले अब परीक्षण सकिएको स्थानमा ग्राहकले प्रयोग गर्न पाउने सुविधा दिने गरी थप क्षेत्रमा परीक्षणको काम अगाडि बढाउने भएको छ ।


Advertisment
Kumari
Saurya island
Pardeshi

टेलिकमले थप क्षेत्रमा परीक्षण गर्न फाइभजीको डिभाइस आयातका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग फाइभजी डिभाइसको आयात अनुमतिको इजाजतपत्रसमेत मागेको छ । उक्त इजाजतपछि टेलिकमले थप ठाउँमा परीक्षण र भएको परीक्षणमा व्यावसायिक गर्ने विषयमा आन्तरिक गृहकार्य गरिरहेको छ । 

Vianet communication
Laxmi Bank

टेलिकमले विगत साढे २ महिनादेखि जीएसएम मोबाइलमा फाइभजी परीक्षण गरिरहेको छ । टेलिकमले आन्तरिक रूपमा गरिरहेको यस्तो परीक्षणलाई थप क्षेत्रमा विस्तार गर्न पनि थप फाइभजीका सामान आयात गर्न दूरसञ्चार प्राधिकरणसँग इम्पोर्ट लाइसेन्स मागिएको टेलिकमको भनाइ छ । 

टेलिकमले सातै प्रदेशमा परीक्षण गर्न टेलिकमले यसको लागि आवश्यक डिभाइस आयात गर्ने प्रक्रियामा नै रहेको छ । थप डिभाइस ल्याएर नयाँ नयाँ ठाउँमा परीक्षण गर्न सकिने भनाइ टेलिकमको छ ।

टेलिकमका अनुसार हाल फाइभजी जम्मा २०० मिटरको क्षेत्रभित्र मात्रै परीक्षण गर्न सकिने क्षमताको छ । अहिले टेलिकमले २६०० मेगाहर्जमा परीक्षण गरिरहेको यो प्रविधि व्यावसायिक प्रयोगमा आउँदा ठूलो क्षमता तथा कम ब्यान्डविथमा गराउने विषयमा पनि आन्तरिक गृहकार्य गरिरहेको छ ।

अहिले सरकारले टेलिकमलार्ई मात्रै फाइभजीको परीक्षण अनुमति दिएको छ । सरकारी संस्थाले सफल प्रयोग गरेपछि मात्रै अन्य कम्पनीलाई दिने सरकारको योजना छ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १२, २०८०

नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्...

असोज १०, २०८०

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राका विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ ।  यसैगरी युरो एकको खरि...

असोज १२, २०८०

एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरबीच छुट सम्झौता भएको छ । सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूले वेलनेस सेन्टरबाट प्रदान गरिने विभिन्न सेवामा २५ प्रतिशतसम्मको आ...

असोज १२, २०८०

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा जम्मा २ अर्ब ६० करोड रूपैयाँ मात्र आन्तरिक आम्दानी गर्‍यो । प्रदेशको आय तथा व्ययको हिसाबकिताब राख्ने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय लुम्बिनीको तथ्यांकअनु...

असोज १०, २०८०

अब बैंकहरूले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न पाउने भएका छन् । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै एक दिनमा २० किलो सुन आयात गर्न सकि...

असोज १२, २०८०

विराटनगर महानगरपालिकाले व्यापारिक कम्प्लेक्स बनाउने भनेर ३ वर्षअगाडि नै पुरानो गुद्री (तरकारी तथा फलफूल बजार)को जग्गा खाली गराए पनि हालसम्म निर्माण प्रक्रिया थालिएको छैन । महानगर गौरवको आयोजना मानिएको कम्प्ल...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x