×

NMB BANK
NIC ASIA

वीरगन्ज युनाइटेडद्वारा एपिएफ पराजित

बैशाख ३०, २०८०

NTC
Premier Steels

धनकुटामा जारी १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा वीरगन्ज युनाइटेड क्लबले साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको छ । वीरगन्जले एपिएफलाई टाइबेकरमा हराएको हो । 

Muktinath Bank

    निर्धारित खेल खेल २–२ गोलको बराबरीमा टुङ्गिएपछि  वीरगन्जले टाइबेकरमा एपिएफलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । जितसँगै वीरगन्ज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफको २३औँ मिनेटमा वीरगन्जका नीरज थापाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको दोस्रो हाफमा  वीरेन्द्रप्रसाद यादवले रेडकार्ड पाएपछि एपिएफ १० खेलाडीमा सिमित बनेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    आक्रामक शैलीमा उत्रिएको एपिएफका तर्फबाट खेलको ६३औँ मिनेटमा सन्तोष कटवालले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याएका थिए । खेलको ८४औँ मिनेटमा प्रवीनकुमार स्याङदेनले थप एक गोल गर्दै एपिएफलाई २–१ गोलको अग्रता दिलाए । वीरगन्जका विवेक चौधरीले खेलको ८६औँ मिनेटमा गोल गरेपछि खेल बराबरीको अवस्थामा पुग्यो । टाइबेकरमा वीरगन्जका तर्फबाट श्याम चौधरी, सिसस थापा, उमेश कार्की र नीरज थापाले गोल गरेका थिए । यस्तै एपिएफका तर्फबाट एकमात्र गोल प्रवीनकुमार स्याङ्देनले गरे । 


Advertisment
Nabil box
Kumari

    प्रतियोगिताअन्तर्गत आइतबार पेमा युवा क्लब विराटनगर र प्लानिङ ब्वाइज क्लब काठमाडौँबीच समिफाइनल खेल हुनेछ । पेमाले आयोजक धनकुटालाई टाइबेकरमा हराउँदै तथा प्लानिङ ब्वाइजले भारत,  सिलिगुडीको कञ्चनजङ्घा फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x