मंसिर ११, २०८०
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
लोकप्रिय टेलिभिजन सिरियल ‘सक्किगोनि’को तेस्रो सिजन यही जेठको दोस्रो साताबाट प्रसारणमा आउँदैछ ।
निर्माण टिमले केही दिनअघि मर्मस्पर्शी टिजर सार्वजनिक गर्दै जेठ ११ गतेबाट सिरियल प्रसारणमा आउने घोषणा गरेको थियो ।
प्रसारण मिति नजिकिँदै गर्दा अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ यतिबेला सिरियलको स्क्रिप्ट लेखनमा लागिपरेका छन् ।
कमेडी जनराको यो सिरियलमा अर्जुन र कुमारको लेखन, निर्देशन एवं शीर्ष भूमिकामा अभिनय समेत रहँदै आएको छ ।
लोकान्तरसँग कुरा गर्दै अर्जुन घिमिरेले यतिबेला आफूहरू दिनरात नभनी स्क्रिप्ट लेखनमा लागिपरेको बताए ।
सिरियल परिस्कृत हुने/नहुने भन्नेबारे स्क्रिप्ट लेखन सकिएपछि मात्रै तय हुने उनले जानकारी दिए ।
‘अहिले स्क्रिप्ट लेख्दै भएकाले सिरियल परिमार्जित हुने वा नहुने यसै भन्न सक्दैनौँ’ उनले भने ‘कलाकारहरू थपिने वा नथपिने पनि स्क्रिप्ट सकेपछि मात्रै निर्णय हुन्छ ।’
तेस्रो सिजनमा अघिल्ला सिजनका कलाकारहरूको भने निरन्तरता रहनेछ ।
सिरियललाई दर्शकले रुचाउने खालको बनाउने र राम्रा विषयवस्तु समेट्ने प्रयास आफूहरूको रहने अर्जुनले बताएका छन् ।
हिमालय टेलिभिजनमा बिहीबार बेलुका ८ बजे सिरियल प्रसारण हुनेछ । टेलिभिजनमा प्रसारण सुरु भएको १ घण्टापछि सिरियल युट्युबमा प्रसारणमा आउनेछ ।
यो सिरियलमा अभिनय गर्ने अधिकांश पात्रहरू दर्शकमाझ चर्चित छन् ।
‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ । ...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...