×

NMB BANK
NIC ASIA

कस्तो चल्यो पलको कमब्याक म्युजिक भिडियो ?

जेठ १, २०८०

NTC
Premier Steels

एक वर्षको कारागार जीवन बिताएर फर्किएको साढे २ महिनापछि अभिनेता पल शाहले आफ्नो कमब्याक म्युजिक भिडियो सार्वजनिक गरे । 

Muktinath Bank

गत बिहीवार सार्वजनिक ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनको उक्त भिडियो एक पात्रको कारागार जीवनमा आधारित छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारागार लगिएदेखि रिहा भएपछिको कथावस्तुसम्म भिडियोमा समावेश गरिएको छ । सोहीकारण पलले आफ्नै कथामा भिडियो बनाएको टिकाटिप्पणीहरू समेत यतिबेला भइरहेका छन् । कतिपयले कारागार जानु अगाडिको कथा खै ? भनेर पललाई प्रश्न समेत गरेका छन् । 


Advertisment
Nabil box
Kumari

यस सन्दर्भमा पलले आफूले आफ्नो कथामा भिडियो नबनाएको बताएका छन् । एक कार्यक्रममा उपस्थित उनले आफूले कैदीबन्दीको परिवारको आँखाबाट भिडियो बनाएको जवाफ दिएका छन् । 

Vianet communication

उक्त भिडियोले यतिबेला युट्युबमा राम्रो भ्युज पाइरहेको छ । ४ दिनमा सोमवार दिउँसोसम्म भिडियोलाई झन्डै १५ लाख दर्शकले हेरेका छन् । १२ हजार बढीले भिडियोमा प्रतिक्रिया जनाएका छन् । 

भ्युजको हिसावले पलको डेब्यू भिडियो राम्रो चलेको मान्नुपर्छ । यद्यपि, हिजोआज प्रायः टिकटकमा चलेका गीतहरूले युट्युबमा राम्रो भ्युज पाउने गरेको पाइन्छ ।

टिकटकको सन्दर्भमा भने पलको यो गीत राम्रो चलेको देखिएन । 

अनु चौधरीले स्वर दिएको ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनको भिडियोलाई पल आफैले निर्देशन गरेका हुन् ।

डेढ वर्षअघि पुष्पन प्रधानको स्वरमा सार्वजनिक गीतको भिडियोलाई पनि पलले आफै निर्देशन गरेका थिए ।

यतिबेला पलले एकपछि अर्को म्युजिक भिडियोमा अभिनय गरिरहेका छन् ।

चाँडै फिल्ममा पनि फर्किने तयारी उनको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x