×

NMB BANK
NIC ASIA

माओवादीको लडाकु शिविरभित्र खुलेआम लुट र डकैती भएको हो : शंकर पोखरेल

जेठ ५, २०८०

NTC
फाइल फोटो
Premier Steels

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीको लडाकु शिविरभित्र खुलेआम लुट र डकैती भएको आरोप लगाएका छन् ।

Muktinath Bank

शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबूकमा लेख्दै महासचिव पोखरेलले नेपाली जनताले शान्तिका नाममा ती सबै कुरालाई आजसम्म सहँदै आएको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले लेखेका छन्, ‘लडाकु शिविरको खुला सत्य ! लडाकु शिविर प्रकरणमा ७–८ हजारको हाराहारीमा रहेका लडाकुहरूलाई ३२–३३ हजार पुर्‍याएको कुरा प्रचण्ड आफैंले हुंकारका साथ बोलेको अडियो सामाजिक सञ्जालमा सुरक्षित छ । वास्तविक लडाकु ७–८ हजारमध्ये केहीलाई शिविरमा राखेर अरु बाँकीलाई वाइसीएलका रूपमा राजनीतिक रूपमा परिचालित गरेको तथ्य अहिले माओवादीबाट बाहिरिएका धेरैले बोल्ने गर्दछन् । शिविरमा रहेकाहरूले बुझ्ने गरेको भत्ताको चेक उनीहरूका कमाण्डरले खोसेर राख्ने गरेको कुरा त्यहाँ बस्ने लडाकुहरू धेरैले धेरैपटक उठाउँदै आएको कुरा हो । अनमिनले प्रमाणीकरण गरेकाहरूमध्ये धेरैजसो समायोजनमा नगएर स्वेच्छिक अवकाश रोजेर राज्यबाट ठूलो रकम प्राप्त गरेकै हुन् । यी सबै तथ्यहरूबाट राज्यले कति अनुचित आर्थिक भार बोक्नुपर्‍यो र लडाकुको नाममा राज्यले उपलब्ध गराएको सहयोग कसरी उनीहरूका कमाण्डरहरूले लुटे र कसकसलाई बुझाए भन्ने कुरा खोजी गर्दा लुक्न सक्ने कुरा होइन । तर पनि प्रचण्डजीहरू अझै पनि ठूलो स्वरमा हुँकार दिई नै रहेका छन् – लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन, अनियमितता भएको छैन । हो नि ! लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्य माथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रिमोहरूलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ र ?  तर पनि नेपाली जनताले शान्तिका नाममा ती सबै कुरालाई आजसम्म सहँदै आएका छन् । सत्य यही हो ।’


Advertisment
Nabil box
Kumari

बिहीवार प्रतिनिधिसभा बैठकमा भएको प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिविरमा कुनै भ्रष्टाचार नभएको र त्यसमा आफू दोषी भए जेल जान तयार रहेको बताएका थिए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x