×

NMB BANK
NIC ASIA

शरणार्थीका नाममा ठगी धन्दा

शरणार्थी प्रकरण: १७८ पेजको प्रहरी प्रतिवेदन, ३० जनालाई ३ किसिमका मुद्दा चलाउनुपर्ने राय

जेठ ८, २०८०

NTC
प्रहरी प्रतिवेदन र प्रमाणका रूपमा रहेका सम्बन्धित कागजात
Premier Steels

नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध करीब २७ करोड बिगो कायम गरी मुद्दा चलाउनुपर्ने रायसहितको प्रहरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पुगेको छ ।

Muktinath Bank

पक्राउ परेर हिरासतमा रहेका १६ र पक्राउ पर्न बाँकी १४ गरी ३० जनालाई प्रतिवादी बनाउनुपर्ने निष्कर्ष प्रतिवेदनमा रहेको प्रहरी र सरकारी वकिलको कार्यालय दुवैले पुष्टि गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि ३२ जना प्रतिवादी रहेको भन्ने सूचना प्रहरीबाटै आएकोमा ३० जनालाई मात्र प्रतिवादी बनाउन राय पेश गरेको पाइएको हो । 


Advertisment
Nabil box
Kumari

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले पनि प्रहरी प्रतिवेदनमा ३० जनालाई प्रतिवादी बनाउनुपर्ने निष्कर्ष रहेको लोकान्तरसँग बताए ।

Vianet communication

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले  पनि ३० जनालाई प्रतिवादी बनाउनुपर्ने निष्कर्ष रहेको बताए ।

फरार रहेकामध्ये केहीको नाम/बतन समेत नखुलेको जिल्ला सरकारी वकिलको कार्यालयका एक वकिलले जानकारी दिए ।

उनका अनुसार प्रहरीले बुझाएको प्रतिवेदन कुल १७८ पृष्ठको छ ।

आरोपीहरूलाई संगठित अपराध, ठगी र राष्ट्रहित प्रतिकूलको कामसम्बन्धी कसूरमा मुद्दा चलाउन प्रहरीको राय छ ।

नक्कली शरणार्थीको परिचय पत्र बनाएको तथा शरणार्थी प्रतिवेदनको अनुसूची समेत संशोधन गरेकाले सरकारी लिखत कीर्ते मुद्दा चलाउनुपर्ने आवाज उठिरहेका बेला प्रहरीले त्यसलाई भने बेवास्ता गरेको पाइएको छ ।

प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन र मुद्दा अभियोजनका लागि काम भइरहेको सहन्यायाधिवक्ता नेउपानेले लोकान्तरसँग बताए ।

'प्रहरीले बुझाएको मिसिल अध्ययन गर्ने क्रममै छौं । को कतिसम्म जिम्मेवार छन्, मुद्दा नै चलाउनुपर्ने अवस्था हो वा होइन, को केमा संलग्न हो भन्ने विषय विस्तृतरूपमा हेर्न बाँकी नै छ,' नेउपानेले लोकान्तरसँग भने, 'अहिले केही पनि भन्न सकिने अवस्था छैन । मुद्दाको गहिराइमा पुग्न र विश्लेषण गर्न बाँकी नै छ ।'

उनका अनुसार प्रहरीले प्रमाणका लागि केही बहालवाला र अवकाशप्राप्त कर्मचारीसहित २० भन्दा बढी मानिससँग कागज समेत गराएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै चलेको ठगी धन्दामा संलग्न भएको आरोपमा २ पूर्वमन्त्री, बहालवाला सचिवसहित १६ जना पक्राउ परिसकेका छन् ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x