×

NMB BANK
NIC ASIA

रिलिजको तीन दिनअघि फिल्म ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर [तस्वीर/भिडियो]

काठमाडाैं | जेठ २३, २०८०

NTC
Premier Steels

रिलिजको तीन दिनअघि नै फिल्म ‘वेलकम टु हेम्जाकोट’को ग्राण्ड प्रिमियर गरिएको छ । शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्मको मंगलवार बेलुका राजधानीको चाबहिलस्थित ‘एफक्यूब सिनेमाज’मा प्रिमियर गरिएको हो । 

Muktinath Bank

कास्ट एण्ड क्रिउसहित अन्य निम्तालु सेलिब्रिटी र सञ्चारकर्मीले प्रिमियरमा कमेडी–सामाजिक जनरामा बनेको यस फिल्म हेरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्देशक एवं अभिनेत्री दीपाश्री निरौला, निर्देशक शोभित बस्नेत, दिनेश डिसी, अभिनेता सलोन बस्नेत, मुकुन भुषाल, मनिष राउतलगायतका फिल्मकर्मी प्रिमियरमा देखिए । 


Advertisment
Nabil box
Kumari

null

Vianet communication

त्यस्तै, फिल्मका लेखक एवं निर्देशक सरोज पौडेल, शीर्ष कलाकारहरू बुद्धि तामाङ, विनोद न्यौपाने, सन्दीप सिग्देल, अम्बिका तामाङ, प्रबिल कंडेलसहितको टिम प्रिमियरमा सहभागी रहे । प्रिमियरपछि सञ्चारकर्मीसँग कुरा गर्दै निम्तालु सेलिब्रिटीहरुले फिल्म मन परेको बताए ।

निर्देशक शोभित बस्नेतले हेरुञ्जेल फिल्म रमाइलो लाग्ने बताए । ‘रमाइलो लाग्छ । मज्जाले हाँस्न पाइन्छ । दुई/सवा दुई घण्टा हलमा बस्दा इन्जोय गरेर दर्शकहरू निस्कन पाउनुहुन्छ’ बस्नेतले भने ।

अभिनेता सलोन बस्नेतले हाम्रो गाउँघरमा भइरहेको घटनालाई फिल्ममा समावेश गरिएको पाएको बताए । उनले भने, ‘राम्रोसँग प्रस्तुत गर्ने प्रयास गरिएको छ । मलाई त फिल्म मनपर्‍यो । दर्शकले पनि पक्कै रुचाउनुहुनेछ ।’ 

फिल्मका निर्देशक पौडेलले विभिन्न आरोह–अवरोहपछि फिल्म प्रदर्शनमा आउन लागेको भन्दै खुशी व्यक्त गरे । धेरै ठूलो अपेक्षा नराखी फिल्म हेर्नेहरूलाई मनपर्ने उनले बताए । 

फिल्मका कलाकारहरूले प्रिमियरमा पाएको प्रतिक्रियाले आफूहरूलाई उत्साहित बनाएको बताए । 

२ घण्टा १५ मिनेट अवधिको ‘वेलकम टु हेम्जाकोट’ले ग्रामीण भेगका तीन युवाहरूको कथालाई पेस गरेको छ । अन्तरजातीय प्रेमको कथा पनि फिल्मले वाचन गरेको छ । 

तेज प्रसाद दाहाल प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा जितेन्द्र गिरी र बाबुराम कार्की छन् । 

तस्वीर/भिडियो : विश्वास खनाल/लोकान्तर डटकम

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x