×

NMB BANK
NIC ASIA

नदीमा खसेर बेपत्ता गाडी निकालियो, २ शवको पहिचान

काठमाडाैं | जेठ २४, २०८०

NTC
Premier Steels

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा खसेर बेपत्ता सीटीईभीटीका कर्मचारी चढेकोे गाडी र २ जनाको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले फेला पारेको छ ।

Muktinath Bank

बेपत्तामध्ये १ जना भने फेला परेका छैनन् । उनको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा खटिएको गोताखोर टोलीले गाडी भेट्टाएर नदीबाट बाहिर निकालेको हो।  


Advertisment
Nabil box
Kumari

फेला परेका शव तनहुँ जिल्लाको भानु नगरपालिका–९ बस्ने सीटीईभीटीका प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्ण केसी र ईलाम जिल्लाको सूर्योदय नगरपालिका–५ बस्ने ३२ वर्षीय विद्युत् प्रशिक्षक भानु पौडेलको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Vianet communication

null

पूर्वी नवलपरासी जिल्लाको प्रगतिनगर नगरपालिका–७ बस्ने योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल अझै बेपत्ता रहेका छन् । दुर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण सिनामंगल काठमाडौं र तालिम शिक्षालयबाट गोताखोर टोली खोजीकार्यको लागि खटिएको थियो ।

प्रदेश नम्बर ३–०१–००२ झ ४९८५ (इम्बोस्ड नम्बर बीएबी ७४६७) को स्कार्पियो गाडी जेठ १९ गते शुक्रवार भक्तपुरबाट खोटाङ जाने क्रममा घुर्मी–खुर्कोट सडकखण्ड अन्तर्गत सो ठाउँबाट सुनकोशी नदीमा खसेको थियो । दुर्घटनापश्चात् गाडीका चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैं पौडिएर नदीबाट बाहिर निस्कन सफल भएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x