×

NMB BANK
NIC ASIA

सानेपाको हाल

उपेक्षामा कांग्रेस मुख्यालय : युवा महामन्त्रीहरू समेत जाँदैनन्, दिनभर सुनसान

काठमाडाैं | जेठ ३२, २०८०

NTC
Premier Steels

‘महामन्त्रीको ढोका बन्द छ, छिर्नै मिल्दैन,’ कांग्रेस केन्द्रीय कार्यालयका कर्मचारीले यस्तो भनिरहँदा आश्चर्य मान्दै अन्य नेताहरूले सोधे किन ? जवाफमा ती कर्मचारीले भने, ‘छिर्नै हुन्न, भित्र धुलैधुलो छ ।’

Muktinath Bank

कर्मचारीले धुलो सफा गरेपछि तत्कालीन महामन्त्री प्रकाशमान सिंह कार्यालयभित्र छिरे । त्यतिबेला एकपटक सफा गर्दा पनि तत्कालीन महामन्त्री श्रेष्ठको हातभरि धुलैधुलो लागेको राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल सम्झन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो वर्षौं अगाडिको कुरा हो । देशकै ठूलो र पुरानो पार्टी कांग्रेसको केन्द्रीय कार्यालयको हालत अहिले पनि उस्तै छ । प्रभावशाली नेता कति कार्यालय जान्छन् भन्ने बुझ्न यो घटना काफी हुन्छ । 


Advertisment
Nabil box
Kumari

करोडौं खर्चिएर ललितपुरको सानेपामा सुविधासम्पन्न केन्द्रीय कार्यालय बनाइएको छ । नेताहरू कार्यकर्ता भेटका लागि आफ्ना निजी निवास र मन्त्री क्वार्टरमै बस्छन् । सभापतिसहितका पदाधिकारी र जिम्मेवार महामन्त्री नै नियमित कार्यालय जाँदैनन् । 

Vianet communication

पार्टीको केन्द्रीय समिति बैठक बस्दा केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताको भीडले उत्सव जस्तै हुन्छ । तर, केन्द्रीय समिति बैठक नबसेकै एक वर्ष पुग्न लागिसक्यो । बैठक नबस्दा नेतालाई कार्यालय नजान उपयुक्त बहाना मिलेको छ । कहिलेकाहीँ कामविशेषले केन्द्रीय कार्यालय पुग्ने बाध्यताबाहेक नेताले घरलाई नै भेटघाटको केन्द्र बनाएका छन् । 

‘पहिले–पहिले पार्टी सरकारमा भए पनि, नभए पनि नेताहरू कहिलेकाहीँ कार्यालय आउनुहुन्थ्यो । अहिले बैठक बस्दा मात्र आउनुहुन्छ । तर, पछिल्लो १० महिनायता त्यो बैठक पनि नबसेपछि केन्द्रीय कार्यालय सुनसान छ,’ केन्द्रीय कार्यालयका एक सचिव भन्छन्, ‘नेताहरू नियमित कार्यालय नआउँदा हामी कर्मचारी फुर्सदिलो बनेका छौं ।’

६ रोपनी क्षेत्रफलमा ४२ कोठा भएको तीन तले भव्य भवन छ, जहाँ सभापतिसहित उपसभापति र महामन्त्रीद्वय, नेता डा. शेखर कोइराला, पूर्व पदाधिकारी, प्रवक्ता, अनुशासन समितिका संयोजकलाई एसीसहितका सुविधासम्पन्न कार्यकक्ष छन् । २६ जना कर्मचारी रहेको कार्यालयमा पुस्तकालय, इन्टरनेट, चमेना गृहसहितका सुविधा छन् ।

null

केन्द्रीय समितिको बैठक गर्ने ठूलो हलबाहेकका दुईवटा सभा हल पनि छन् । यी हलमा पार्टी र नेता विशेषले गर्ने कार्यक्रम पनि गर्न सकिन्छ । तर नेताहरूको रोजाइमा यी हल कहिल्यै पर्दैनन् । महंगो मूल्य तिरेर होटल र पार्टी प्यालेसमा कार्यक्रम हुँदै आएका छन् । नेताहरूले पत्रकार सम्मेलन गर्नुपर्‍यो भने पनि रोजाइमा पार्टी कार्यालय पर्दैन । 

हामीले नेताहरूका निम्ति असुविधा नहोस् भनेर केन्द्रीय कार्यालयमा एसीसहितको कार्यकक्ष तयार गरेका छौं । तर अत्यावश्यकबाहेक नेताहरू कमै मात्र कार्यालय आउनुहुन्छ,’ सचिव प्रेम केसीले भने, ‘कोही मन्त्री र सांसद भएकाले फुर्सद नभएर पनि नआउनुभएको हो कि के हो, जे होस्, नेताहरूको उपस्थिति ज्यादै न्यून छ ।’

केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार पार्टी पदाधिकारी मात्रै हुँदा उपसभातिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ प्रायः केन्द्रीय कार्यालय पुग्थे । तर मन्त्री भएपछि उनीहरू पनि व्यस्तताले कार्यालय जाँदैनन् ।

सरकारको कामले फुर्सदिलो हुँदा नेताहरू जिल्ला भ्रमणमा व्यस्त हुन्छन् । पदाधिकारीबाहेकका सिनियर केन्द्रीय नेता पनि पार्टी कार्यालय जाँदैनन् । पदाधिकारी मात्रै होइन केन्द्रीय सदस्यको घरमै बिहानदेखि विभिन्न काम लिएर आउने नेता कार्यकर्ताको भीड लाग्छ । 

सभापति नै जाँदैनन् कार्यालय

सभापति शेरबहादुर देउवा नै कार्यालय पुग्दैनन् । बरु धुम्बाराहीको निजी निवासमा आउने जतिसँग भेट्ने र फोटो खिचाउनेमा समय खर्चिन्छन् । कहिलेकाहीँ बस्ने केन्द्रीय समितिको बैठक र केही बाध्यात्मक कार्यक्रममा बाहेक देउवा पार्टी कार्यालय पुग्दैनन् ।

कांग्रेसको अघिल्लो केन्द्रीय समिति बैठक गत वर्षको साउन ४ मा बसेको थियो । त्यसपछि एकपटक कार्यसम्पादन समितिको बैठकमा पुगेबाहेक सभापति देउवा केन्द्रीय कार्यालय पुगेका छैनन् । 

युवा नेताले पनि गरे बेवास्ता 

डेढ वर्ष अगाडि भएको १४ औं महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । यी कार्यकर्ताले अति भरोसा र विश्वास गरेका नेता हुन् ।

विधानले केन्द्रीय कार्यालयदेखि देशभरका कार्यालयलाई व्यवस्थित गर्ने जिम्मेवारी महामन्त्रीद्वयलाई दिएको छ । तर सांसदसमेत रहेका महामन्त्रीद्वय कहिलेकाहीँ मात्रै केन्द्रीय कार्यालय पुग्ने गरेको एक कर्मचारी बताउँछन् ।  

‘पदाधिकारी मात्रै हुँदा महामन्त्रीद्वय कार्यालय आउनुहुन्थ्यो, अहिले सांसद भएपछि उहाँहरूको आउने क्रम पनि पातलिएको छ,’ ती कर्मचारी भन्छन्, ‘केन्द्र र देशभरका कार्यालय चलाउनुपर्ने महामन्त्रीहरू कार्यालय आउने क्रम साह्रै पातलो छ ।’

यद्यपि आलोचना बढ्न थालेपछि महामन्त्रीद्वयले विधानले दिएको अधिकारलाई प्रयोग गर्दै सक्रिय हुने तयारी गरेको बताइन्छ ।  

null

‘जिम्मेवार नेता पदाधिकारी हुँदा पनि पार्टीले व्यवस्थित काम देखाउन सकेन भन्दै आलोचना बढेको छ । यसले महामन्त्रीद्वयलाई पनि दबाब बढाएको पाएका छौं,’ एक कर्मचारी भन्छन्, ‘यसैले योजना बनाएरै विधानले दिएका कार्यभार पूरा गर्नेगरी महामन्त्रीहरू अघि बढ्नुभएको छ ।’ 

केन्द्रीय कार्यालयमा भेटिएका अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगाना पार्टी बलियो बन्न पनि नेता नियमित कार्यालय आउन आवश्यक रहेको बताउँछन् । 

‘जब नेता केन्द्रीय कार्यालय आएर भेटघाट गर्नुहुन्छ, त्यसले नेता कार्यकर्ताबीचको दूरी छोट्याउँछ । पार्टी हितमा थप योगदान पनि दिन्छ,’ ढुंगाना भन्छन्, ‘तर नेताहरूले घरलाई नै भेटघाटको केन्द्र बनाउँदा नेताको परिक्रमा देखिन्छ, पराक्रम देखिँदैन । त्यसले चाकरी चाप्लुसीलाई नै बढाउँछ ।’

कसरी तोडियो परम्परा ?

जनमतसंग्रहपछि ३६ सालमा कांग्रेसले पार्टी कार्यालय शुरूआत गर्दा पार्टीमा जीवन्त रहेको दाहाल बताउँछन् ।

‘पार्टी अफिस खाली छ, तर नेताको घरमा दिनहुँ मेलामा लाग्छ । एकथरी सभापतिलाई भेट्न जान्छन् । फेरि क्रमशः शेखर, शशांक, सिटौला, प्रकाशमान, विमलेन्द्र र गगन थापासम्म पुग्छन्,’ राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल भन्छन्, ‘भीड घुमिरहन्छ । फरक–फरक नेताकोमा धाएर सबैको मुख सुँघ्दै कसले च्याप्छ, उसैसँग रहन्छ । अनि गुटबन्दीको विकास हुन्छ । कांग्रेसमा २०४७ सालयता भएको नै यही हो । यसले गणेश प्रवृत्ति बढायो । पार्टीमा विकृत बढ्यो ।’ 

गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टाराई प्रधानमन्त्री हुँदासमेत समय निकालेर केन्द्रीय कार्यालय जान्थे । तर अहिले नेतालाई घरमै बिहान ८ बजेदेखि नेता कार्यकर्ताले घेरा हाल्छन् । २०३६ सालको जनमतसंग्रहपछि कांग्रेसले केन्द्रीय कार्यालय खोलेको थियो ।

२०४७ सालसम्म पार्टी कार्यालय बहस गर्ने थलो भए पनि अहिले प्रक्रिया पुर्‍याउने थलोका रूपमा मात्र सीमित भएको छ । अन्तिम निर्णय गर्नुपर्ने औपचारिकता दिनमात्रै केन्द्रीय कार्यालयमा बैठक बस्छ । अरू भेटघाटका केन्द्र नेताकै घर बनिरहेका छन् ।’

‘बीपी काठमाडौं भएको बेला गणेशमान, किसुनजीलाई लिएर हप्ताको केही दिन कार्यालय आउनुहुन्थ्यो । उहाँहरू तीनजना बसेर परिस्थिति आकलन र मूल्यांकन गर्ने, कसरी विचार प्रवाह गर्ने भन्ने धारणा बनाउनुहुन्थ्यो अनि बल्ल अरू नेतासँग पार्टी कार्यालयमा सामूहिक छलफल गर्नुहुन्थ्यो,’ दाहाल भन्छन्, ‘यसले असन्तुष्टि त्यहीँ राख्ने र समाधान गर्ने ठाउँ हुन्थ्यो । गुटबन्दी गरेर पार्टीलाई बिथोल्ने अवस्था हुन्थेन ।’ 

२०४७ सालसम्म यो परम्परा रहे पनि त्यसपछि ‘पावर पोलिटिक्स’ हुन थालेका उनी बताउँछन् ।

‘बीपीको निधनपछि गणेशमान, किसुनजी, गिरिजाले पहिले जसरी नै छलफल गर्नुहुन्थ्यो । त्यसमा बेनीबहादुर कार्की, बासु रिसालसहितका नेतासँग छलफल गरेर विवाद आए कसरी मिलाउने भन्ने टुंगोमा पुग्नुहुन्थ्यो,’ दाहाल भन्छन्, ‘०४८ सालमा चुनाव भएपछि पावर पोलिटिक्स शुरू भयो । पार्टी कार्यालय गौण बने भने नेताका घर भेटघाटका केन्द्र बने । त्यसले स्थायी गुटबन्दी गराएर कांग्रेसको स्थिति आजसम्म यसरी नै आइरहेको छ ।’

null

केन्द्रीय कार्यालयको सञ्चालक बन्नुपर्ने युवा महामन्त्रीहरू पनि यसमा चुकिरहेको उनको विश्लेषण छ । ‘महामन्त्री कार्यालयको मूल सञ्चालक हो । महामन्त्रीहरूको क्षमताले कार्यालय कसरी चलेको छ भन्ने देखाउँछ,’ दाहाल भन्छन्, ‘विद्रोह गर्छौं भन्दै त हिँड्नुभएको छ, तर पार्टी कार्यालय बलियो बनाउन उनीहरूको भूमिका देखिएको छैन ।’

केन्द्रदेखि टोलसम्मको संरचना सञ्चालन र माथिदेखि तलसम्म सूचना प्रवाह गर्ने काम महामन्त्रीको भए पनि परम्परागत शैलीमै पार्टी कार्यालय चलेको उनी बताउँछन् । सूचना राख्ने संयन्त्र चुस्त र प्रभावकारी नभएको उनको विश्लेषण छ ।

पार्टीले राख्नुपर्ने पर्याप्त रेकर्ड समेत राख्न सकेको छैन । कांग्रेसको वेबसाइट छ, तर त्यो व्यवस्थित र अपडेटेड छैन । प्रभावशाली नेतालाई कार्यकक्षसहितका सुविधा भए पनि केन्द्रीय सदस्य, सांसद र आगन्तुकका लागि कार्यालयमा बस्ने ठाउँको समेत व्यवस्था छैन । केन्द्रीय सदस्य र सांसदहरू कुन नेताको कार्यकक्ष खाली छ भन्दै खोज्दै बस्नुपर्ने बाध्यता छ ।

अघिल्लोपटक केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रहेका दाहाल कार्यालयमा निरन्तर खट्ने र तलबमात्रै खाने दुईथरी कर्मचारी रहेको बताउँछन् । 

‘केन्द्रीय कार्यालयमा एकथरी कर्मचारी २४ घण्टा घोटिइरहेका छन् । अकल्पनीय मेहनत गर्छन्,’ दाहाल भन्छन्, ‘अर्काथरी हावाको भरमा तलब खाने पनि छन् । तर, यस्तो भद्रगोल पाटोलाई कहिल्यै मिलाउन सकेको देखिएन ।’

सभापति, उपसभापति र महामन्त्रीरू कम्तीमा हप्ताको एक दिन केन्द्रीय कार्यालय पुगेर भेटघाट गर्न थालेमात्रै पनि पार्टीमा नयाँपन र उत्साह देखिने दाहालको विश्वास छ ।

के भन्छन् प्रचार विभाग प्रमुख ? 

पार्टी प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेपछि कांग्रेसले मीन विश्वकर्मालाई प्रचार विभाग प्रमुख बनाएको छ । जेठ १२ विभाग प्रमुख बनेका विश्वकर्मा त्यसयता दिनको एकपल्ट केन्द्रीय कार्यालय पुगिरहेका छन् । प्रमुख विश्वकर्मा मन्त्री क्वार्टर र नेताको घर भेटघाटको थलो हुने रोगलाई अन्त्य गर्नुपर्ने बताउँछन् । 

‘कांग्रेस सरकारमा नहुँदा केन्द्रीय कार्यालय केही चलायमान जस्तो देखिन्छ । तर, पार्टी सरकारमा गएपछि मन्त्री क्वार्टर भेटघाटका केन्द्र बन्ने गरेका छन् । देशभरका कार्यकर्ता नेताको घर खोज्दै गल्ली-गल्ली हिँड्नुभन्दा केन्द्रीय कार्यालयलाई भेटघाटको थलो बनाउनु उपयुक्त हुन्छ,’ विश्वकर्मा भन्छन्, ‘हामी यो पुरानो अभ्यासलाई बदल्नेगरी अघि बढ्ने तयारीमा छौं । पार्टीले अब विभाग गठन गर्ने, भ्रातृ संस्थालाई पूर्णता दिएपछि पार्टीलाई सक्रिय बनाउनुपर्ने हुन्छ । यस्तो हुँदा सबै गतिविधि गर्न बाध्य भएर नेता कार्यालय आउनुहुन्छ । यहीँबाट काम गर्नुहुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x