×

NMB BANK
NIC ASIA

कर फर्छ्यौटमा भ्रष्टाचार प्रकरण

चुडामणि शर्मासहित ३ जनालाई ९ वर्ष कैद र जनही ४ अर्बभन्दा बढी जरिवाना

काठमाडाैं | असार ५, २०८०

NTC
Premier Steels

कम कर निर्धारण गरी राजस्व चुहावट गरेको सम्बन्धी मुद्दामा कर फर्छ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महतसहित ३ जनालाई ९ वर्ष कैद र ४ अर्बभन्दा बढी जरिवानाको फैसला भएको छ ।

Muktinath Bank

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले राजस्व चुहावट मुद्दामा तत्कालीन अध्यक्ष महत तथा सदस्यहरू चुडामणि शर्मा र उमेशप्रसाद ढकाललाई दोषी ठहर गर्दै उक्त सजाय र जरिवाना तोकेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार महत र शर्मालाई ९ वर्ष तथा ढकाललाई ९ वर्ष १ महिना कैद सजाय तोकिएको छ भने तीनैजनालाई जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँ जरिवानाको फैसला भएको छ ।


Advertisment
Nabil box
Kumari

उनीहरू तीनैजनाले कर निर्धारण गर्दा १० अर्ब २ करोड १९ लाख रुपैयाँ राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।​

Vianet communication

अख्तियारले यस्तो दाबी गरेपनि तीनैजनाविरुद्ध जम्मा बिगो ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४७ रुपैयाँ कायम भएको थियो । त्यसबाट जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९४९ रुपैयाँ जरिवाना कायम भएकोमा भ्रष्टाचार निवारणसम्बन्धी ऐनको दफा ३ अनुसार बिगोको दोब्बर जरिवाना तोकिएको योगीले बताए ।

राजस्व चुहावट गर्दा बिगोको दोब्बर जरिवाना हुने व्यवस्था उक्त दफामा छ ।​

बिगो र जरिवाना गरेर हरेकको भागमा ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ पर्नेछ ।

प्रतिवादीमध्ये चुडामणि शर्माले गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा भने सफाइ पाएका छन् । उनी तत्कालीन अवस्थामा आन्तरिक राजस्व विभागका डीजी समेत थिए । 

२०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले गठन गरेको कर फर्छ्योट आयोगले बक्यौता (नउठेको कर)का रूपमा रहेको ३० अर्ब ५२ करोड रुपैयाँ फर्छ्योट गरी ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै असुल गर्ने निर्णय भएको थियो ।

यति ठूलो परिमाणमा कर छूट दिँदा राज्यलाई ठूलै नोक्सानी परेको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले २०७४ साउन १ गते विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको थियो ।

करिब ६ वर्षपछि मुद्दाको फैसला आएको हो ।​

चुडामणिविरुद्ध ३ करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियारले छुट्टै मुद्दा दायर गरेको थियो ।

तर, यो मुद्दामा भने चुडामणि शर्माले सफाइ पाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x