×

NMB BANK
NIC ASIA

फाजिल कर्मचारीको भीड

सिंहदरबारमै कर्मचारी बेरोजगार, हाजिर मात्र गरेर तलब, 'टाइम पास' गर्नै धौ-धौ

काठमाडाैं | असार ६, २०८०

NTC
Premier Steels

निजामती सेवाअन्तर्गतका ५० जना कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगी हाजिरी मात्र गरेर जागिर पकाउने गरेका छन् ।

Muktinath Bank

११ जना उपसचिव, ११ जना शाखा अधिकृत र २८ राजपत्र अनंकित तथा सहायकस्तरका कर्मचारीहरू २ महिनादेखि बेकामे बनेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाजिर गर्ने मात्र उनीहरूको काम हो । मन्त्रालयले कुनै जिम्मेवारी नै नदिएका कारण ती कर्मचारी हाजिर गरेर घर फर्किने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

उपसचिवहरू गीता आचार्य, किसान न्यौपाने, नरेशकुमार यादव, सुदीपविक्रम भट्ट, राजेन्द्रप्रसाद कँडेल, मुकेश रेग्मी, मोहन घिमिरे,भागीरथा गैरे, नवराज ढकाल, दिनेश त्रिपाठी र पवनराज कोइराला अतिरिक्त कर्मचारी (फाजिल) हुन् ।

Vianet communication

त्यसैगरी शाखा अधिकृतहरू सुवास रिजाल, अभिलाषा महर्जन, प्रकाश दुलाल, प्रभा पोखरेल, रामबहादुर यादव, तीर्थराज निरौला, उदयराज भट्टराई, निरञ्जन पाख्रिन, शालिग्राम देवकोटा, वीरबहादुर बस्नेत, सिन्धुकुमारी पाण्डे पनि मन्त्रालयको दरबन्दीभन्दा बाहिर रहेका अतिरिक्त कर्मचारी हुन् ।

नायब सुब्बा, खरदार र सहायक स्तर गरी २८ जना कर्मचारीहरू पनि दरबन्दीभन्दा बाहेकका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आन्तरिक प्रशासन फाँटका एक कर्मचारीका अनुसार विगत २ महिनादेखि ती कर्मचारीहरू हाजिर गरेर घर फर्किने गरेका छन् ।

'तीमध्ये केही लोक सेवा आयोगको परीक्षा पास गरी नयाँ पदस्थापन भएका कर्मचारी हुन्, केही बढुवा भएर आएका कर्मचारी पनि छन्,' ती कर्मचारीले लोकान्तरसँग थपे, 'केही कर्मचारीहरू आफू बिरामी भएकाले उपचार गर्नका लागि भन्दै हाजिर भएका छन् ।'

३ जना शाखा अधिकृत र ५ जना उपसचिव बिरामी भएर उपचार गर्नका लागि भन्दै हाजिर भएको उनले बताए । तीमध्ये एक जनाको 'ब्रेन ह्यामरेज' भएको तथा ७ जना क्यान्सरका बिरामी रहेको उनले खुलाए ।

केही भने निलम्बन फुकुवा भएर आएका कर्मचारी समेत रहेको उनले बताए ।

'केहीदिन अघिसम्म उक्त मन्त्रालयमा झन्डै १ सयजना जति अतिरिक्त कर्मचारीले हाजिर गर्थे,' उनले थपे, 'लामो समयदेखि हाजिरी गरी जागिर पकाउने ती कर्मचारीहरूलाई पछिल्लो समय विभिन्न स्थानीय तह तथा प्रदेशमा समेत सरुवा गरी पठाइएको छ ।'

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमल भट्टराई भने लामो समयदेखि बिरामी रहेका १० जना जति कर्मचारीहरूको उपचारका लागि यहाँ अतिरिक्त समूह नै कायम गरिएको बताउँछन् । त्यसबाहेकका कर्मचारीहरूको व्यवस्थापन हुँदै आएको उनले बताए ।

'अतिरिक्त समूहमा रहेका कर्मचारीहरूको व्यवस्थापन गर्दै आएका छौं । त्यो संख्या कहिले घट्ने, कहिले बढ्ने भइरहेको हुन्छ,' भट्टराईले लोकान्तरसँग भने ।

सिंहदरबारभित्र अन्य मन्त्रालयहरू समेतमा कतिजना जिम्मेवारीविहीन कर्मचारी छन् भन्ने अद्यावधिक तथ्यांक संघीय मामिला मन्त्रालयसँग नरहेको उनले बताए ।

'अन्य मन्त्रालयमा अतिरिक्त समूह छैन । हाम्रोमा मात्र अतिरिक्त समूह छ,' उनले थपे, 'अन्य मन्त्रालयमा कहिलेकाहीँ जिम्मेवारी नपाएका कर्मचारीहरू हुन्छन्, तर तिनलाई सम्बन्धित मन्त्रालयले आन्तरिक व्यवस्थापन गर्ने गर्छन् ।'

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मात्र नभएर अन्य मन्त्रालयहरूमा पनि त्यही समस्या छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लोकसेवा पास गरी पदस्थापन गरिएका ६ जना उपसचिवहरू १३ दिनदेखि कामविहीन छन् ।

उपसचिवहरू अमितकुमार शर्मा, क्षितिज जोशी, शुभाञ्जन दाहाल, तेजस्वी शर्मा, ज्ञानेन्द्रप्रसाद कलौनी र आशिका पोखरेललाई विगत १० दिनदेखि कुनै जिम्मेवारी प्रदान गरिएको छैन ।

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख समेत रहेका सहसचिव रघुराम विष्ट भने मन्त्रालयका सचिव बाहिर रहेका कारण जिम्मेवारी दिन नसकिएको बताउँछन् ।

'सचिवज्यू, बाहिर हुनुहुन्छ । उहाँ आउनेबितिकै नयाँ पदस्थापन भएका ६ जना उपसचिवहरूले जिम्मेवारी पाउनुहुन्छ,' उनले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयजस्तै अन्य मन्त्रालयहरूमा पनि दर्जनौंको संख्यामा कर्मचारीहरू जिम्मेवारीविहीन छन् । उनीहरूले हाजिरी गरेर मात्र तलब पकाउने गरेका छन् । बाहिर सरुवा गर्दा समेत रमाना लिएर नजाने, सिंहदरबार वरपर बसेर नै गफ गर्ने गरेका हुन्छन् ।

पूर्व सचिव गोपीनाथ मैनाली उक्त प्रवृतिलाई प्रशासनिक तदर्थवादको संज्ञा दिन्छन् । 'यो त प्रशासनिक तदर्थवादजस्तै भयो,' मैनालीले लोकान्तरसँग भने,'कर्मचारीलाई लामो समयसम्म जिम्मेवारीविहीन बनाएर राख्न नै हुँदैन ।'

लोकसेवा आयोगबाट नियुक्त भएर पदस्थापन हुँदा तालिमका लागि र एकदमै छोटो अवधिका लागि विशेष परिस्थितिमा मात्र अतिरिक्त समूहमा राख्नुपर्ने उनको कथन छ ।

'विनाकारण ठूलो संख्यामा अतिरिक्त समूहमा कर्मचारीलाई राख्नु कर्मचारी व्यवस्थापनको दृष्टिकोणमा राम्रो हुनै सक्दैन,' मैनालीले थपे, 'लामो समय जिम्मेवारीविहीन हुँदा विस्तारै कर्मचारीको मनोबल समेत गिर्न जान्छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x