×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशमा आगामी आवमा ६८ सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट विनियोजन

कास्की | असार ९, २०८०

NTC
Premier Steels

गण्डकी प्रदेश सरकारमार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ म्याग्दीका ६८  सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट विनियोजन भएको छ । 

Muktinath Bank

प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत म्याग्दीमा आगामी आवमा ६८ वटा सडक, ३ वटा झोलुङ्गे पुल र ७ वटा सडक पुलसम्बन्धी आयोजना कार्यान्वयन हुने भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती सबै आयोजनाका लागि ७३ करोड बजेट विनियोजन भएको गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको वार्षिक योजना पुस्तिकामा उल्लेख छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सडक आयोजनामा विनियोजन भएको बजेट कालोपत्र, नाली निर्माण, ढलान, सोलिङ र स्तरोन्नतिमा लगानी गरिने बताए । 


Advertisment
Nabil box
Kumari

‘म्याग्दीमा प्रदेश सरकारमार्फत सञ्चालित ३ वटा पुराना सडक आयोजना सम्पन्न गराउन बजेट विनियोजन भएको छ,’ उनले भने, ‘म्याग्दीका ८–१० वटा शीर्षकबाहेक सबै नयाँ सडक आयोजना भित्रिएका छन् ।’ क्रमागत रूपमा सञ्चालनमा रहेका बेनी–दरवाङ सडकलाई ४ करोड, गलेश्वर–पिप्ले–भगवतीलाई ३ करोड, ठेक्का प्रक्रियामा रहेका अदिभारा र अर्जेखोला सडक पुललाई १ करोड ५० लाख/१ करोड ५० लाख, दरवाङ–दाङखोला–धारापानी–ताकम सडकलाई १ करोड, दाङखोला सडक पुललाई ७५ लाख, अर्कला मोटरेबल पुललाई ३० लाख र छ्यारछ्यारे सडक पुललाई ६० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । 

Vianet communication

बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला सडकलाई ५ करोड, दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नतिलाई ५ करोड, दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नतिका लागि ४ करोड, बेनी–तोरीपानी हुँदै पाखापानी सडकलाई ४ करोड बजेट विनियोजन भएको छ । यी आयोजनाको डीपीआर बनाएर बहुवर्षे ठेक्का लगाइने भएको छ । 

दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तिवाङ, पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला, हाँडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोलेमुसुङ–बागलुङ, लुलाङ–गुर्जा सडक र पखेर–बरङ्जा–बुकेनी–धापुङ सडकलाई २/२ करोड विनियोजन भएको छ । 

१ करोडका दरले बजेट विनियोजन भएका सडकमा बिम–मराङ–मल्कवाङ–कुहिने–ठाडाखानी–पाखापानी, रघुगङ्गा गाउँपाकिलाको केन्द्र मौवाफाँटदेखि फूलबारी–मतारे–अक्षेत–सिजलगाउँ–धुपीचौरा हुँदै रुइसे सडक स्तरोन्नति, अन्नपूर्ण गाउँपालिकाको महभिर–दोसल्ले–काफलडाँडा नागी सडक, मङ्गलाको पोक–पिपलबोट–छिस्वाङ–छ्यारछ्यारे सडक, दर्वाङ–देवीस्थान, दरवाङ–देवीस्थान–ताकम सडक रहेका छन् । 

१/१ करोड बराबरको ठेक्का आह्वान भइसकेको सिङ्गा सिस्नेरी–डाडाखेत–पुलाचौर–गान्धे–जगन्नाथ हँुदै ढोलथान र पोक–नेटा–अर्मन–किमचौर–देउराली सडकलाई ५०/५० लाख विनियोजन भएको छ । ५० लाख रुपैयाँका दरले बजेट विनियोजन भएका अन्य सडकमा डल्लेपिपल–राहुवडा–फोहटे–जामुनाखर्क, भगवती अधेरीखोला–खहरेखोला सडक स्तरोन्नति, घारखोला–पाउदुर–किन्दु–स्वाँता, मालिकाको घाङ्लेपानी–दुर्लेक, कल्लेनी–मराङ–राम्चे सडक आयोजना रहेका म्याग्दी क्षेत्र (१) बाट निर्वाचित प्रदेश सांसद हरि भण्डारीले बताए ।

बेनपा–९ को कानेखोर तिनमाने–हटिया–पुलाश्रम, बेनी–ठुलोखबरा–अर्जम, खबरा–अर्जम मोटरबाटो, मौवाफाँट–घट्टेखोला–माछेखोला–दुलेपानी, रघुगङ्गाको रिजाल कुलमन्दिरदेखि हुमेनटोल–डढेकोट– सिजलगाउँ, बेनपा–१ को पिपलडाडाँ–दमाह–चौतारो मोटरबाटो स्तरोन्नति, बेनपा ६ र ५ को देउराली–भराले–पुत्लेढुङ्गा–पुला–भिरमुनि हुँदै कुहुँ सडक, अन्नपूर्ण–६ को पोखरेबगर–बैसरी सडक स्तरोन्नतिका लागि ३०/३० लाख रुपैयाँका दरले बजेट विनियोजन भएको छ । 

मङ्गला–२ को हिदी र मालिका–६ को दुखु सडक स्तरोन्नतिका लागि ८० लाख, मालिका–४ को चिउरीबोट–सिस्नेरी सडक र बेनपा–९ गलेश्वर मन्दिरदेखि कालीगण्डकी नदी बाटो स्तरोन्नतिमा ४०/४० लाख तथा मालिका–६ दरवाङको जनप्रिय माविदेखि उपल्लो दरवाङ सडक स्तरोन्नतिका लागि ६५ लाख रुपैयाँ विनियोजन भएको छ ।  

बेनपा–६ को अवैचौरको घुम्तीदेखि नेपाने राममन्दिर सडक स्तरोन्नति, अन्नपूर्णको घारखोला–नेपाने–किन्दु सडक स्तरोन्नति, गलेश्वर मन्दिरदेखि पुलाश्रम मन्दिर जगन्नाथ मन्दिर भएर बेनी बजार जोड्ने सडक, मालिका–५ को पन्थोक सडक स्तरोन्नति, मङ्गलाको कुहुँ सडक स्तरोन्नति, थाइवाङ सडक र नाली योजना, मुदी सडक र नाली निर्माण, बिम तल्लोगाउँ डाडागाउँ बाटो स्तरोन्नति तथा नाली बनाउन, सिम–डडुवा–टोड्के सडक, आनन्दबगर–ढोडेनी सडक, कास्कीको उल्लेरी र म्याग्दीको घोडेपानी वैकल्पिक सडक, चित्रे–घोडेपानी, बेनपा–१० को दीपक मावि पछाडिको वाइ चोकदेखि हिलासम्मको सडक स्तरोन्नति, घ्याँसीखर्क मुस्ताङ लेते सडक, पोक भोर्लेनी, कोटगाउँ–रायखोर, धौलागिरिको सोलवाङ सडकलाई ३०/३० लाख रुपैयाँका दरले विनियोजन भएको छ । 

मालिकाको शिवरात्रीखोला पुललाई ५० लाख, रघुगङ्गाको कालावाङ सडक पुललाई ३० लाख र धौलागिरिको गुर्जा जोड्ने सडकको दरखोला मोटरेबल पुल बनाउन ८० लाख रुपैयाँ विनियोजन भएको छ । झोलुङ्गे पुलको निर्माणका लागि १ करोड, पाउद्वार तातोपानी झोलुङ्गे पुललाई ७५ लाख र धौलागिरिको जापानीज आधार शिविरमा झोलुङ्गे पुल बनाउन ३२ लाख रुपैयाँ विनियोजन भएको छ । 

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने गरी मालिका–७ को प्रभुचेला ध्यान आश्रममा पूर्वाधार बनाउन ५० लाख, पुँजीगत अनुसन्धान तथा परामर्श शीर्षकमा ५० लाख, प्रादेशिक सडक सुरक्षा कार्यक्रमलाई ५० लाख सालबसाली रूपमा सम्पन्न गर्ने गरी शुरू भएका तर सम्पन्न हुन नसकी दायित्व सिर्जना भएका योजनाको भुक्तानीका लागि १ करोड, कालोपत्र/ग्राभेल/माटे सडक सतहको नियमित आवधिक र आकस्मिक मर्मतमा ३३ लाख, बाढी पहिरोबाट क्षतिग्रस्त सडक, पुल र झोलुङ्गे पुलको आकस्मिक पुनःस्थापनामा १ करोड, सरकारी भवन मर्मतसम्भार तथा निर्माण शीर्षकमा ५० लाख विनियोजन भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x