मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
काठमाडाैं | असार २६, २०८०
बुधवारदेखि बस्न लागेको प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकलाई कांग्रेस कार्यकर्ताले व्यग्रताका साथ हेरिरहेका छन् ।
नीति महाधिवेशनको मिति तोक्ने, क्रियाशील सदस्यता र तथा विभागलाई पूर्णता दिने, पार्टी अभियान चलाउनेजस्ता औपचारिक एजेन्डा भए पनि बैठकमा मुख्य चासोचाहिँ अनौपचारिक विषयमा छ ।
महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर तीव्र आलोचना गरिरहेका छन् । नेतृत्वको कार्यशैली र आन्तरिक समीक्षा कांग्रेस केन्द्रीय समितिको चासोको विषय हो ।
२०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा समेत नगरेको कांग्रेसभित्र केन्द्रीय समितिको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको हो ।
मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई चुनौती दिँदै नयाँ दलको उपस्थिति भएपछि त्यो बेला नै केन्द्रीय समितिको बैठक माग गरिएको थियो ।
पुस १० गते गठबन्धन तोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि देउवाको चर्को आलोचना पनि भयो ।
राष्ट्रपति निर्वाचनमा देउवाले नै कम्युनिस्टबहुल गठबन्धन भत्काएर पुरानै गठबन्धन ब्यूँताएपछि आलोचना मत्थर भएको थियो ।
राष्ट्रपतिसहित सत्तामा पुनरागमन भए पनि पार्टी संस्थागत ढंगले चल्न नसकेको भन्दै नेतृत्वको आलोचना पूर्ण रूपमा रोकिन सकेको छैन ।
प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक राख्नुपर्ने विधानको व्यवस्था भए पनि देउवाले बैठक टार्दै आएका थिए । गत वर्ष असार २७ देखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक राखेका थिए । त्यसपछि बैठक बस्न सकेको थिएन ।
केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै केन्द्रीय सदस्य मधु आचार्यले पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र समेत दर्ता गराएका थिए । गुरुराज घिमिरे लगायतले चलाइरहेको कांग्रेस रूपान्तरण अभियान बारे पनि बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।
मंसिरको चुनाव र वैशाखको उपचुनावको नतिजापछि कांग्रेसमा ‘सच्चिने कि सक्किने’ भन्ने बहस शुरू भएको थियो । चुनाव सकिएलगत्तै त्यो बहस फेरि सेलाएको छ ।
नेतृत्व परिवर्तनको बहस चर्काउने गगनको तयारी
राष्ट्रिय स्वतन्त्र पार्टीलगायत नयाँ दल तथा स्वतन्त्र उम्मेदवारको पक्षमा जनलहर देखिएपछि कांग्रेसको साख जोगाउन नेतृत्व परिवर्तन गरेर जानुपर्छ भन्ने महामन्त्री गगन थापालगायत नेताको मत छ ।
मतदातामा आएको परिवर्तनको चाहनालाई देउवाले सम्बोधन गर्न नसक्ने गगनपक्षको विश्लेषण छ ।
महामन्त्री थापाले नेतृत्व परिवर्तनका लागि महाधिवेशन कुर्न नसकिने बताउँदै आएका छन् ।
एउटै व्यक्ति पाँचपटक प्रधानमन्त्री बनिसकेको र उनैलाई फेरि प्रधानमन्त्री बनाउनु आवश्यक नरहेको भन्दै गगनले संसदीय दलको नेता परिवर्तन गर्ने विषयमा समेत गृहकार्य गरिरहेका छन् ।
गगनले एकोहोरो ढंगले नेतृत्व परिवर्तनको बहस गरिरहे पनि कांग्रेसभित्र अन्य नेताहरू चुप छन् ।
पुस ८ गते भएको कांग्रेस संसदीय दलको चुनावमा गगनलाई साथ दिएका अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने नेतृत्व परिवर्तनबारे बोलेका छैनन् ।
कांग्रेसकै कतिपय नेताहरू महाधिवेशनबाट आएको नेतृत्वलाई महाधिवेशनभन्दा फरक ढंगले हट भन्नु लोकतान्त्रिक नहुने बताउँछन् ।
सोमवार मात्र पूर्वमहामन्त्री डा. शशांक कोइरालाले महाधिवेशन नआई देउवालाई हटाउन नसकिने बताएका थिए । ‘उहाँबाट काम धेरै भएन भनेर गगन थापालगायतले बोल्दै छन्, त्यो पनि केही हदसम्म सत्य हो । तर हामीले अर्को महाधिवेशनसम्मका लागि पर्खनुपर्यो । बीचैमा उहाँलाई अपदस्त गर्न सकिने अवस्था मचाहिँ देख्दिनँ,’ कोइरालाले भनेका थिए ।
२०६७ सालमा रामचन्द्र पौडेल कांग्रेस संसदीय दलको नेता रहेको समयमा देउवाले आफूलाई प्रधानमन्त्री बनाउन संसदीय दलको नेता नभएको व्यक्ति पनि प्रधानमन्त्री बन्न पाउने निर्णय गराएका थिए ।
रामचन्द्रले प्रधानमन्त्रीका लागि १७ पटक प्रयास गर्दा पनि निर्वाचित हुन नसकेपछि सहमतीय प्रधानमन्त्री अरू पनि हुन सक्ने भन्ने निर्णय गराएका थिए ।
संस्थापनइतर समूहका नेताहरू देउवा संस्थापनइतर समूहमा रहेका बेला गरेका कमजोरीको फेहरिस्त लिएर बैठकमा जाने तयारीमा छन् ।
सुशील कोइराला सभापति बनेको समयमा केन्द्रीय विभाग र अञ्चल संयोजकमा आफूले खोजे जति भाग नपाएको भन्दै देउवाले राजीनामा गरेका थिए ।
‘त्यो बेला देउवाले कोइरालालाई बौलाहासम्म भन्नुभएको थियो, अहिले आफूले पार्टीमा मनोमानी गर्न मिल्छ ?’ संस्थापनइतर समूहका एक नेताले भने ।
तर, यसबारे संस्थापनइतर समूहमा छलफल हुन सकेको छैन । शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाएको संस्थापनइतर समूहले केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गरेको छैन ।
गगनलाई एक्ल्याउने संस्थापनको रणनीति
सभापतिको कार्यशैलीलाई लिएर निरन्तर टिप्पणी गर्दै हिँडिरहेका महामन्त्री गगन थापाको शैलीप्रति संस्थापन पक्षका केन्द्रीय सदस्यहरू रुष्ट छन् ।
पार्टीमा सुधारका लागि काम गर्नुपर्ने महामन्त्री थापाले नेतृत्वको आलोचना गर्दै हिँडेको भन्दै संस्थापन पक्षका केन्द्रीय सदस्यहरू गगनलाई कर्नरमा पार्ने दाउमा छन् ।
संस्थापन पक्षका एक केन्द्रीय सदस्यले देउवालाई हटाउने प्रस्ताव केन्द्रीय समितिमा ल्याउन चुनौती दिए ।
‘कांग्रेसमा सुधार गर्नुहोला भनेरै उहाँलाई महाधिवेशन प्रतिनिधिले पत्याएका थिए, तर उहाँ नेविसंघको नेताबाट माथि उठ्न सक्नु भएन,’ संस्थापन पक्षका एक सदस्यले लोकान्तरसँग भने, ‘उहाँको कामको मूल्यांकनचाहिँ गर्नु नपर्ने ?’
संस्थापन पक्षकै केही नेताहरू भने अहिले पार्टीमा आन्तरिक विवाद बल्झाउन नहुने बताउँछन् ।
केन्द्रीय सदस्य रामहरि खतिवडाले कांग्रेस आन्तरिक विवादमा फस्ने समय नभएको भन्दै जनतालाई विश्वास र भरोसा दिन सक्ने गरी पार्टीमा नयाँ बहस शुरू गर्नुपर्ने बताए ।
‘हामी विभाजित मनस्थितिमा जाँदा पार्टी फेरि कमजोर हुन्छ । कांग्रेसले युवालाई आशा र भरोसा दिन सक्नुपर्छ,’ खतिवडाले भने, ‘एकले अर्कालाई खुइल्याउने कुरा कांग्रेसको भविष्यका लागि घातक छ ।’
प्रतिनिधिसभा सदस्य समेत रहेका खतिवडा अन्य दलले मिसन– २०८४ को कुरा गर्दा कांग्रेसले ०८४ मात्र नभएर मिसन– २१०० सम्म चलाउनुपर्ने बताउँछन् ।
पार्टी कार्यालयमा रूपान्तरण अभियान
केन्द्रीय समिति बैठकमार्फत पार्टी रूपान्तरणका लागि केही निर्णय होस् भन्ने अपेक्षासहित ‘कांग्रेस रूपान्तरण अभियान’ले पार्टी सभापति देउवालाई भेट्न खोजेको थियो ।
तर, देउवाले समय नदिएपछि अभियानले केन्द्रीय कार्यालयमा दर्ता गराएर र पत्रकार सम्मेलनमार्फत आफ्ना सुझावहरू केन्द्रीय सदस्यसमक्ष पुर्याउने भएको छ ।
रूपान्तरण अभियानको नेतृत्व गरिरहेका युवा नेता गुरुराज घिमिरेले पार्टीको दूरावस्थाबारे केन्द्रीय समितिमा गम्भीर समीक्षा हुनुपर्ने बताए ।
‘नेपाली कांग्रेस इतिहासकै गम्भीर मोडमा छ । मंसिरको संसदीय निर्वाचनमा अपेक्षित मत ल्याउन सकेनौं । नयाँ मतदाता थपिँदा पनि कांग्रेसको लोकप्रिय मत साढे ४ लाखले घट्यो । उपनिर्वाचनमा परम्परागत गढमा पनि जित्न सकेनौं, धेरै मतान्तरले हार्यौं,’ घिमिरेले लोकान्तरसँग भने, ‘यसको गम्भीर समीक्षा भएन । पार्टीका अवयवहरू क्रियाशील र गतिशील छैनन् । केही नेताको व्यक्तिगत क्रियाशीलता देखिन्छ । नेतृत्व गतिशील देखिँदैन । पार्टीका भ्रातृ संगठन तदर्थवादी ढंगले चलेका छन् । पार्टीको यस्तो अव्यवस्था टुलुटुलु बसेर हेर्नुपर्ने अवस्था भएन, बोल्नुपर्ने भयो र हामीले दबाब अभियान शुरू गरेका थियौं । अभियानका सुझाव सभापतिले लिन समेत नमानेपछि पार्टी सुधार्ने उहाँको योजना नरहेको प्रस्ट भयो ।’
केन्द्रीय समितिको बैठक हेरेर अर्को चरणको अभियान शुरू गर्ने घिमिरेले बताए ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...