×

NMB BANK
NIC ASIA

विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी : सबै प्रदेशमा गोताखोर र मोटरबोटसहित ‘अलर्ट’

काठमाडाैं | असार २८, २०८०

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

सशस्त्र प्रहरी बल नेपालले हुनसक्ने सम्भावित मनसुनजन्य क्षति न्युनीकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण ‘अलर्ट’ राखेको छ ।

Muktinath Bank

जसअन्तर्गत डोजर, लोडर गरी १३ वटा हेभी इक्युपमेन्टलाई प्रधान कार्यालयसहित कोशीको नम्बर १ बराह बाहिनी सुनसरी, कर्णालीको नम्बर ६ महेश्वरी बाहिनी सुर्खेत, सुदूरपश्चिमको नम्बर ७ वैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, बागमतीको नम्बर २० विपद् उद्धार उपत्यका गण काठमाडौं र गण्डकीको नम्बर २४ कालिका गण कास्कीमा तयारी हालतमा राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोशी प्रदेशको सुनसरीदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलासम्म गरी ३१ जिल्लाका ४४ वटा सशस्त्र प्रहरी बल नेपालका युनिटहरूमा १०७ वटा मोटरबोट र र्‍याफ्टबोट तथा १४ जिल्लाका १७ वटा सशस्त्र प्रहरी बल नेपालका युनिटहरूमा ३३ वटा डिजास्टर रिलिफ सिस्टम (डीआरएस) कन्टेनरहरू समेत तयारी हालतमा राखिएको छ ।


Advertisment
Nabil box
Kumari

८ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स तथा जनशक्ति नम्बर १ बराह बाहिनी सुनसरी, नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरी, नम्बर ४ मुक्तिनाथ बाहिनी कास्की, नम्बर ५ विन्ध्यावासिनी रुपन्देही, नम्बर ६ महेश्वरी बाहिनी सुर्खेत, नम्बर ७ वैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २० विपद् उद्धार उपत्यका गण काठमाडौंमा तयारी हालतमा राखिएको छ ।

Vianet communication

डीएसपी थापाका अनुसार ए क्लासका ८ वटा एम्बुलेन्स नम्बर १ बराह बाहिनी महोत्तरी, नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरी, नम्बर ४ मुक्तिनाथ बाहिनी कास्की, नम्बर ६ महेश्वरी बाहिनी सुर्खेत, नम्बर ७ वैद्यनाथ बाहिनी कैलाली, नेपाल एपीएफ अस्पताल बलम्बु, क्षेत्रीय अस्पताल बाँके र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा तयारी हालतमा राखिएको छ ।

सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापन तालिम प्राप्त गोताखोर आवश्यक उपकरणसहित सातै वटा प्रदेशमा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरू, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २० विपद् उद्धार उपत्यका गण काठमाडौंमा परिचालित रहेका समेत उनले बताए  ।

सशस्त्र प्रहरी बल नेपालका सातै प्रदेशमा रहेका बाहिनी मुख्यालयहरू, नम्बर ९ पशुपतिनाथ बाहिनी काठमाडौं, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नम्बर २० विपद् उद्धार उपत्यका गण काठमाडौं, रेस्क्यु टावर फेवाताल कास्की र रेस्क्यु टावर नारायणी नदी किनार चितवन, विपद् व्यवस्थापन बेशहरू मुलघाट धनकुटा, निजगढ बारा, आदमघाट धादिङ, बेनी म्याग्दी, भालुवाङ दाङ, चिप्ले सुर्खेत र अमरगढी डडेलधुरामा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन टोली आवश्यक उपकरणसहित खटिएको छ । 

मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले ७ वटै बाहिनी मुख्यालयहरूमा १/१ प्लाटुन आवश्यक सामग्रीसहित तयारी हालतमा राखेको छ । 

बाढीका कारण पानीका स्रोतहरूमा क्षति भएमा तत्काल खानेपानी व्यवस्थापनको लागि उपत्यकामा ७, कास्कीमा २, बर्दघाटमा १, बाँके र कैलालीमा १/१ गरी १२ वटा स्थानमा डिप ट्यूबेलसहित सशस्त्र प्रहरीको टोली तयारी हालतमा रहेको छ । सशस्त्र प्रहरी बल खराब मौसम, अप्ठ्यारो ठाउँ र २४ सै घण्टा उद्धार र राहतमा जुट्न तयार रहेको जनाइएको छ ।

अप्ठ्यारो पर्दा निःशुल्क रूपमा संगठनको हटलाइन नम्बर १११४ मा फोन गर्न तथा आफू नजिकको युनिटमा खबर गर्न सकिने समेत डीएसपी थापाले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x