×

NMB BANK
NIC ASIA

सन्दर्भ : तोसिमाको अभिव्यक्ति

तोसिमा, राजनीतिक अपरिपक्वता र भावनात्मक बुद्धिको गलत प्रयोग !

काठमाडाैं | असार २९, २०८०

NTC
Premier Steels

हुन त सामाजिक सञ्जालको चरम उपयोग या भनौं दुरूपयोग भइरहेको वर्तमान समयमा कुनै पनि कुरालाई लिएर बजार तात्नु नयाँ विषय होइन । र, पनि कतिपय कुरा कुन समयमा बोल्ने र कुन विषयलाई लिएर बहस गर्ने भन्ने सम्बन्धमा सामान्य चेतना हरकोहीमा हुनुपर्छ । त्यसमा पनि राष्ट्रिय राजनीतिमा हुने हरकोही यो मामलामा चेतनशील हुनु जरुरी छ ।

Muktinath Bank

अभिव्यक्ति स्वतन्त्रताको नाममा कहाँ के बोल्ने ? मानवीय संवेदनालाई त्यसले कस्तो असर पार्छ भन्नेजस्ता निकै नै सामान्य विषयसँग पनि जानकार नभएका आलाकाँचा (उमेर मात्र नभएर व्यावहारिक पाटोमा)हरूसँग जनताले कस्तो अपेक्षा राख्न सक्छन् ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको अन्त्येष्टिमा दिइएको एउटा अन्तर्वार्ताको अभिव्यक्तिलाई लिएर माननीय तोसिमा कार्कीले एकचोटी बजार तताउनुभएको छ । हुन त कार्की मात्र नभएर अरू थुप्रै राजनीतिज्ञहरूले बेलाबेलामा आफ्नो भावनात्मक बुद्धि सही तरिकाले प्रयोग गर्न नसकेको उदाहरण प्रशस्तै छन् ।


Advertisment
Nabil box
Kumari

सामाजिक सञ्जालको कुनै पनि पृष्ठभूमिमा प्रवेश गर्नुहोस्, त्यहाँ राजनीतिक व्यक्तित्वहरूको बारेमा बहस, छलफल, प्रशंसा, आलोचना सजिलै भेटिन्छन् ।

Vianet communication

द्रुत गतिमा विकास गर्न नसक्नु, जनताका भावनालाई बेवास्ता गर्नुजस्ता समस्याबाट जनतालाई जतिसुकै निराश पारे पनि जनताले पचाउँदै आएका छन् । तर, यस्तो तल्लो स्तरको विचार, अभिव्यक्ति र आचरणले जनतालाई त्रसित बनाउने काम मात्रै नगरेर उदासीन पनि बनाउने काम गर्छ । वास्तवमा भन्ने हो भने भावनात्मक बुद्धिको कमीले मानिसहरूलाई अनुपयुक्त व्यवहारमा संलग्न हुन प्रेरित गर्छ । यो ठूलो समस्या हो ।

औसत नेपाली राजनीतिज्ञ भावनात्मक रूपमा निरक्षर छन् । उनीहरू आत्मकेन्द्रित छन्, जसले अज्ञानतालाई प्रतिविम्बित गर्दछ । उनीहरूले जनभावना बुझ्न र जनताप्रति सहानुभूतिको अनुभूति दिन सकेका छैनन् । उनीहरू वास्तविकताबाट धेरै टाढा छन् । जनताको दुःख, पीडा उनीहरूका लागि पराई समान छ, जसका कारण उनीहरू राजनीतिज्ञ कम र विपक्षी दल ज्यादा भएका छन् । 

नेपाली राजनीतिमा राजनीतिक चेतना र परिपक्वताको कमी छ । चाहे त्यो राजनीति गर्नेमा होस् या जनतामा नै किन नहोस् । विशेषगरी सामाजिक सञ्जालमा उफ्रने, जनताको हितलाई सम्बोधन नगर्ने, संस्कृति र संस्कारको वास्ता नगर्नेहरूलाई नै अझै पनि जनताले पत्याइरहनु भनेको यसको गतिलो उदाहरण हो । युवा राजनीतिज्ञहरू पाको उमेरको नभएका कारणले अपरिपक्व व्यवहार गरेका हुन् जस्तो टिप्पणी आउनु भनेको सबैभन्दा लाजको विषय हो, किनभने परिपक्वता उमेर होइन । यो त व्यावहारिक पाटो हो, जुन कुरा राजनीतिक यात्रा तय गर्ने समयमा नै विचार गर्नुपर्छ ।

स्वदेश वा विदेशबाट डिग्री हासिल गरे पनि नेपाली राजनीतिज्ञ भावनात्मक रूपमा धेरै नै अशिक्षित छन् । उनीहरूको औपचारिक शिक्षाको तालमेल संस्कार, संस्कृति र भावनासँग छैन । सोही दूरीले उनीहरू अपरिपक्वताको दासी भएका छन् । कुनै नेता विश्लेषणात्मक टिप्पणी गर्न सक्ने हुन सक्छ । राजनीतिसँग जानकार हुन सक्छ, तर जनतासँग भावनात्मक रूपमा जोडिएन भने जनताले लामो समयसम्म सोही नेतालाई पत्याउँदैनन् । चुनावी अभियान राजनीतिज्ञको सामाजिक कौशलतामा केन्द्रित हुन्छ‌ । राजनीति गर्ने नेताले जनतालाई सबैभन्दा पहिले अनुभूति गराउनुपर्ने विषय भनेको सामाजिक शान्ति हो ।

जनताले जब कुनै व्यक्तिको राजनीतिक छवि, उनीहरूका मूल्यमान्यता, सिद्धान्त र प्रतिक्रियाहरू अवलोकन गर्छन्, तब मात्र उसलाई एक प्रामाणिक नेताको जस्तो व्यवहार गर्छन् ।

गैरजिम्मेवार, रूपान्तरण वा सामाजिक परिवर्तनको क्षमता नभएको, अर्काको विचारधारामा आश्रित नेतालाई जनताले रुचाउँदैनन् । तर, हाम्रो विडम्बना हामी माझ यस्ता राजनीतिज्ञहरू आज पनि थुप्रै छन् । 

न्यूरोपोलिटिक्स एक विज्ञान हो‌ जसले मष्तिष्क र राजनीतिबीचको अन्तरक्रियाको अनुसन्धान गर्दछ । न्यूरोपोलिटिक्सले हामीलाई राजनीतिक नेतृत्व विकास गर्न राजनीतिमा कसरी भावनात्मक बुद्धिमत्ता लागू गर्न सकिन्छ भन्ने सल्लाह दिन्छ । नेपाली राजनीतिमा अहंकारको दबदबा, आत्मविश्वासको कमी, अव्यवस्थित कार्यशैली, नकारात्मक विचार हावीजस्ता अवगुण भएका र आफ्नै हठको दास बनेका नेताहरू थुप्रै छन्, जसले यस्ता समस्या निम्त्याउने गर्छ ।

भावनात्मक बुद्धि भनेको आफ्नै भावनाहरू बुझ्न सक्ने र नियन्त्रण गर्ने क्षमता हो । आफ्नो अभिव्यक्तिले जनभावनाहरूलाई व्याख्या र व्यवस्थापन गर्ने क्षमता हो । उच्चस्तरको भावनात्मक बौद्धिकता भएकाहरूलाई तिनीहरूको भावना र अरूको भावनाबीचको अन्तर राम्ररी थाहा हुन्छ‌ । आफ्नो प्रतिक्रियाले जनभावनामा कस्तो चोट पुग्छ, त्यसले कसरी असर गर्न सक्छ भन्नेबारेमा पनि सचेत हुन्छन्  ।

आवेगले हामीलाई आफूप्रति कम ध्यान दिन र अर्को व्यक्तिले के भन्छ त्यो सुन्न सक्ने क्षमतालाई सीमित गर्छ । यसमा हाम्रो शिक्षा प्रणाली पनि दोषी छ । हाम्रो शिक्षा प्रणालीमा संज्ञानात्मक र ज्ञान प्राप्तिमा केन्द्रित शिक्षाबाहेक भावनात्मक क्षमता सिकाउनका लागि कुनै ठाउँको विकास गरिएको छैन । हामीले भावनात्मक सीपहरू विकास गर्न आवश्यक छ । जीवनका लागि आधारभूत सीपहरू सह–अस्तित्व र लोककल्याण निर्माणका लागि हुनुपर्छ ।

समग्र नेता मात्र नभएर सम्पूर्ण नेपाली जनतासँग पनि नै भावनात्मक र आध्यात्मिक व्यवस्थापनमा धेरै नै कमी-कमजोरी छन् । राजनीतिक संकटले सामूहिक निर्णय गर्दा परिपक्वताको अभाव देखाउँछ । यसले आत्मसम्मान र पहिचानको कमीलाई देखाउँछ, किनभने निकै नै महत्त्वपूर्ण मुद्दाहरूमा हाम्रो ध्यान पुगेको नै हुँदैन । जुन कुरामा नपुगे पनि हुन्छ, त्यसमा भने हामी टाउकोले टेकेर लागि पर्छौं ।

हामीभित्र आउने प्रत्येक भावनाले फरक प्रकारको प्रतिक्रियाको पूर्वाधार निर्माण गर्दछ । रिसले बलियो कदम चाल्न आवश्यक ऊर्जा उत्पन्न गर्दछ । डरले तत्काल खतरा पहिचान गर्ने र सबैभन्दा उपयुक्त प्रतिक्रियाको मूल्याङ्कन गर्छ । खुशी र उत्साहले शरीरलाई विचलित भावनाहरूबाट पुन: प्राप्ति गराउँछ । प्रेमले प्यारासिम्पेथेटिक स्नायु प्रणालीलाई नियन्त्रण गर्छ । तसर्थ: हाम्रा निर्णय तथा कार्यहरू हाम्रा विचार र भावनामा निर्भर हुन्छन् ।

हामी सबैसँग तर्कसंगत दिमाग र भावनात्मक दिमाग हुन्छ । जब तर्कसंगत दिमाग र भावनात्मक दिमागबीच अन्तरक्रिया हुँदैन तब सन्तुलन बिग्रन्छ । त्यो बेला भावनात्मक दिमाग तर्कसंगत दिमागभन्दा हावी हुन्छ । भावविहीन बनाइदिन्छ ।

भावविहीन जीवन भनेको जीवनको परिमाणबाट काटिएको उजाड भूमि हो । आवेग प्रेरित अभिव्यक्ति एउटा रोग हो । आत्म-नियन्त्रण भनेको विभिन्न उतारचढावहरूको सामना गर्ने क्षमता हो । र, आफूलाई जोशको दासत्वबाट मुक्त गर्ने क्षमता पनि हो, जुन राजनीतिज्ञहरूमा आवश्यक छ । एक आधारभूत जीवनकौशल भनेको आफूलाई नियन्त्रण गर्ने र आफूलाई शान्त पार्ने कला हो, जसले यो कला जान्दैन उसले सामाजिक सञ्जालमा मीठा कुरा पस्केर जनतालाई उल्लु बनाउनुको अर्थ छैन/रहँदैन ।

प्रत्येक व्यक्ति आईक्यु र भावनात्मक बुद्धिको संयोजनको परिणाम हो । मनोवैज्ञानिकहरू भावनात्मक कौशलता राजनैतिक अभ्यासको महत्त्वपूर्ण अंग हो भन्ने कुरामा विश्वास गर्छन्, जुन कुराको राजनीतिमा पनि महत्त्वपूर्ण स्थान हुन्छ । तर, सोही कुराको खडेरी नेपाली राजनीतिमा छ । लाग्छ अरू थुप्रै वर्ष रहन्छ ।

नेपाली राजनीतिज्ञहरू तीन समूहमा विभाजित छन्: 

पहिलो समूह– भावनात्मक रूपमा अयोग्य र अरूको भावनाको कदर गर्न असक्षम छन्, जसमा चेतनशीलताको 'च' पनि हुँदैन ।

दोस्रो समूह– गैरजिम्मेवार छन् । जनभावना बुझ्न र त्यसको कदर गर्न सक्षम छन्, तर तिनीहरू यसलाई खास महत्त्व दिँदैनन् । 

तेस्रो समूह– स्वार्थी र दुष्ट छन् । आफूजस्तै समूहको भावना बुझ्छन् र कदर पनि गर्छन् । साथै ती भावनालाई पनि स्वार्थको पक्षमा प्रयोग गर्छन् ।

प्रत्येक चुनावमा जनताले दिएको मतसँग खेलबाड गर्ने काम निरन्तर चलिरहेको छ । थाहा छैन, अरू कति दिन ? कति युग ?

प्रत्येक भोटको पछाडि एउटा भावना, विश्वास, भविष्य र नेताप्रतिको स्नेह लुकेको हुन्छ । हाम्रो समाजमा धेरैजसो राजनीतिज्ञहरूले भावनात्मक (मान, भावना र संवेदना) को क्षेत्र त्यागेर नागरिक धारणाको ज्ञानलाई बेवास्ता गर्दै आइरहेका छन् । थोरैले त्यसको ख्याल राख्दै सन्देश र अभिव्यक्तिको राम्रो प्रयोग पनि गरिरहेका छन् ।

उच्च भावनात्मक बुद्धि भएका राजनीतिज्ञहरू सामाजिकरूपमा सन्तुलित, मिलनसार र खुशी हुन्छन् । उनीहरू जनताप्रति उत्तरदायी हुनुका साथै वचनप्रति प्रतिबद्ध हुन्छन् । देशको समृद्धि तब हुन्छ, जब म परिवर्तन हुन्छ, हामी परिवर्तन हुन्छौं र हाम्रो समाज परिवर्तन हुन्छ ।

तपाईंले राजनीति गर्नु भएको मूल कारण तपाईं समाज परिवर्तन भएको देख्न चाहनुहुन्छ‌ भन्ने हो । त्यो परिवर्तनको कारक बन्न चाहनुहुन्छ भन्ने पनि हो । यदि तपाईं संसार बदल्न चाहनुहुन्छ भने सबैभन्दा पहिले आफैंलाई बदल्नुहोस् । म समाज बदल्न चाहन्छु भन्नु क्रान्ति होइन । क्रान्ति त म आफैं पहिला बदलिन चाहन्छु भन्नु हो ।

अन्त्यमा, तनावबाट जोगिनुहोस् । तपाईंको भन्दा फरक विचारहरूको सम्मान गर्नुहोस् । विनम्रतापूर्वक सभ्य भाषामा कुराकानी गर्नुहोस् । धेरै चर्को बोल्नेहरूबाट टाढा रहनुहोस् । केही बोल्दा, केही गर्दा आफूलाई त्यो ठाउँमा पहिला राखेर मात्र बोल्नुहोस् र काम गर्नुहोस् । राजनीतिमा ५ वर्षको एकचोटि चुनाव आउँछ । कोही न कोही विजयी हुन्छन्, कोही न कोही पराजयी हुन्छन् । तर याद गर्नुहोस्, जीवनको चुनावमा, सबैभन्दा महत्त्वपूर्ण उम्मेदवार तपाईं हुनुहुन्छ ।

यस्तो कर्म गर्नुहोस् कि सदैव विजयी तपाईं नै हुनुहुनेछ । सभ्य बन्ने प्रयास गर्नुहोस्, र सभ्यताको इतिहास रच्नुहोस् । विचारको राजनीतिमा लाग्दा यो जरुरी छैन कि विपक्षी पार्टीको आलोचना नै गर्नुपर्छ । खुट्टा तान्ने राजनीतिबाट माथि उठेर हातेमालो गर्दै देश जोगाउने बेला आएको छ । आउनुहोस्, हातेमालो गरौं । खुच्चिङ मच्चाउने बचपना त्यागेर परिपक्व बन्नुहोस्, तब मात्रै देश बन्नेछ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x