×

NMB BANK
NIC ASIA

पोखराका सुन्तला उत्पादक किसानलाई प्रोत्साहन रकम हस्तान्तरण

पाेखरा | साउन १, २०८०

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका–२१ का सुन्तला उत्पादक किसानलाई सुन्तला बगैंचा व्यवस्थापन अभियानअन्तर्गतको प्रोत्साहन रकम हस्तान्तरण गरेको छ ।

Muktinath Bank

वडाभित्र सुन्तला उत्पादन गरिरहेका कृषकको बगैंचा व्यवस्थापनअन्तर्गत प्रतिबोट १०० रुपैयाँका दरले कूल २५ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सिक्टस ग्रिनिङ’ लगायतका ‘भाइरस’ एवं रोगका कारण विभिन्न स्थानमा सुन्तलाखेती संकटग्रस्त बन्दै गएका अवस्थामा विगत ४ वर्षयता महानगरपालिकामा सञ्चालित सुन्तला बगैंचा व्यवस्थापन कार्यक्रमले सकारात्मक प्रभाव पारेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।
    
पछिल्लो डेढ दशकयता कास्कीका सुन्तला उत्पादनका पकेट क्षेत्र विभिन्न रोगका कारण संकटग्रस्त बन्दै गएसँगै महानगरपालिकाले बगैंचा व्यवस्थापन अभियान थालेको उनले जानकारी दिए । प्राविधिक सहितको टोलीले प्रत्येक कृषकको सुन्तला बगैंचामा पुगेर गरिएको अनुगमनको आधारमा अनुदान उपलब्ध गराइने गरिएको छ ।


Advertisment
Nabil box
Kumari

पोखरा महानगरपालिकाले आइतवार आयोजित एक कार्यक्रमका महानगर प्रमुख धनराज आचार्यले सुन्तला बगैंचा व्यवस्थापन बापतको प्रोत्साहन रकम हस्तान्तरण गरेका हुन् । प्रमुख आचार्यले महानगरपालिकाले तोकेअनुसारको कृषिउपजको न्यूनतम समर्थन मूल्यबापतको आव २०७९/८० को रकम समेत हस्तान्तरण गरेका थिए ।
    
कार्यक्रममा पोखरा च्याउ उत्पादक कृषक समूहलाई ५९ हजार २२९ किलो च्याउको २१ लाख ४३ हजार ८२२ रुपैयाँ तथा सावित्री हराभरा एकीकृत कृषि फार्मलाई गोलभेंडा २० टन, बन्दा ४० टन, काउली १ हजार ५५३ केजी, घिरौंला १ हजार १०५ केजीको ४ लाख २९ हजार ५३७ रुपैयाँको समर्थन मूल्य सहयोगको चेक हस्तान्तरण गरे ।
    
आर्थिक वर्ष २०७९/८० अन्तर्गत यस पालिकाभित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका १ लाख २७ हजार ४९० केजी तरकारीको २७ लाख भुक्तानी दिएको छ । महानगरले विभिन्न २३ वटा कृषिउपजको न्यूनतम मूल्य तोकेको छ । तोकिएको न्यूनतम समर्थन मूल्यभन्दा कम पर्ने अवस्थामा कम भएको रकमको भुक्तानी महानगरपालिकाले उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
    
त्यसका लागि खेती गर्नुपूर्व कृषकले आफूले उत्पादन गर्ने सम्भावित उत्पादन सूचीकृत गर्नुपर्ने, बजारमा  प्रतिस्पर्धी मूल्यमा बेच्नुपर्ने लगायतका शर्त निर्धारण गरिएको कृषि महाशाखा प्रमुख कडरियाले बताए । कार्यक्रममा महानगर प्रमुख आचार्य, पोखरा महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछाने, पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदी लगायतले उत्पादनमा जोड दिन आग्रह गर्दै महानगरका तर्फबाट साथ र सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x