×

NMB BANK
NIC ASIA

झण्डै सय किलो सुन प्रकरण

EXCLUSIVE: साउन २ मै समातिएको थियो सुन, ट्याक्सी चालक र भन्सार एजेन्टले खुलाए रहस्य

काठमाडाैं | साउन ४, २०८०

NTC
Premier Steels

बिहीवार दिउँसो करीब २ बजे ललितपुरको पुल्चोक हरिहरभवनस्थित राजस्व अनुसन्धान विभाग परिसरभित्र पुग्दा निकै चहलपहल थियो ।

Muktinath Bank

सेवाग्राहीदेखि सञ्चारकर्मीसम्मको चापका बीच परिसरभित्रैको प्रतिक्षालयमा एक अधबैंसे पुरुष र अर्का एक युवक विमानस्थलबाट बरामद करीब १ क्विन्टल सुनको विषयमा कुराकानी गरिरहेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीमध्येका अधबैंसे पुरुषले भने, 'ओहो ! यत्रो रकमको सुन ? एक अर्ब भनेको त देशको बजेट नै हो । देशै हल्लाउन सक्ने रकम हो यो ।'


Advertisment
Nabil box
Kumari

उनले सँगै रहेका युवकतर्फ हेर्दै थपे– एक करोड गन्न सक्छस् तँ ? दिनरात लगाएर पनि गन्न सकिन्न । यहाँ त एक अर्ब भनेका छन् ।'

Vianet communication

सँगै एकजना प्रहरी पनि थिए । कुराकानी सुनेपछि उनीहरूबारे चासो लाग्यो । नजिक पुगेर बुझ्दा थाहा भयो, उनीहरू दुवै सुन प्रकरणमा पक्राउ परेका व्यक्तिहरू रहेछन् ।

राजस्व अनुसन्धान विभागको नियन्त्रणमा रहेका राजेन्द्रकुमार राई र अशोक लामा

अधबैंसे पुरुष भन्सार एजेन्ट राजेन्द्रकुमार राई र अर्का युवक ट्याक्सीचालक अशोक लामा रहेको थाहा भयो ।

सशस्त्र प्रहरीको निगरानीमा रहेका उनीहरूसँग कुराकानी गर्न सहज त थिएन, तर सेवाग्राहीजस्तो गरी त्यहीँ पुगेर कुरा गर्न थालें ।

राईलाई आफू पत्रकार रहेको कुरा सुटुक्क बताएपछि उनी थप कुरा गर्न राजी भए । तर, प्रहरीको अगाडि कुरा गर्न सहज थिएन ।

त्यसपछि उनले मसँग रहेको डायरी नै लिएर घटना विवरण लेखे । साथै विस्तारै-विस्तारै मौखिकरूपमा पनि धेरै कुरा खुलाए ।

राजेन्द्रकै ह्यान्डराइटिङमा एक पृष्ठ

आफूलाई हर्कराज राईले फसाएको उनको गुनासो थियो । सुन ल्याउने कम्पनी रेडी ट्रेड प्रा.लि.का सञ्चालक दिलिप भुजेल कागजमा नामका लागि मात्र सञ्चालक रहेको तथा सबै काम हर्कराज राईले नै गर्ने गरेको उनले खुलाए ।

आफ्नो घर खोटाङको चिसापानी रहेको बताउने उनले भने, 'भुजेल कागजमा मात्र सञ्चालक हो । रेडी ट्रेडका वास्तविक मालिक हर्कराज नै हुन् ।'

यसअघि चीनको सिङ्गोङ नामक कम्पनीबाट सबै डकुमेन्ट आउने गरेको उनले खुलाए ।

'पर्फर्मा इन्भ्वाइस र कमर्सियल इन्भ्वाइस कुनै बेला अमेरिकन डलर ३५० र कुनै बेला अमेरिकन डलर १५० बराबरको आउने गर्थ्यो,' भन्सार एजेन्ट राईले थपे, 'त्यसपछि आएको इन्भ्वाइसको सबै रकम हर्कराजले नै भुक्तानी गर्ने गर्थ्यो ।'

सोही भुक्तानीको आधारमा ब्रेकप्याड र दाह्री खौरिने मशिन आउने गरेको उनले खुलाए । साथै उनले अर्को एउटा गम्भीर खुलासा पनि गरे, सुन बुधवार नभएर मंगलवार (साउन २ गते) नै बरामद गरिएको थियो ।

'साउन २ गते ८ बाकस ब्रेकप्याड र १ बाकस दाह्री खौरिने मशिनको कमर्सियल र पर्फर्मा इन्भ्वाइस हर्कराजले बुझाएपछि ट्याक्सीमा लोड गरी सिनामंगलबाट बाहिर आउने क्रममा हामीलाई राजश्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लियो,' भन्सार एजेन्ट राईले लोकान्तरसँग भने ।

कम्पनीको सञ्चालक भनिएका दिलिप भुजेलसँग आफ्नो कुनै चिनजान नरहेको उनको कथन छ ।

विमानस्थल भन्सार

'म त हर्कराजलाई मात्र चिन्छु । डकुमेन्ट, इन्भ्वाइस आदिको काम गर्नेदेखि भन्सारमा महसुल बुझाउनेसम्म हर्कराजले नै गर्दै आएको थियो,' उनले थपे, 'उक्त कम्पनीले झन्डै ३ महिनादेखि स्पेयर पार्ट्सदेखि स्मार्टवाचसम्मका सामान कार्गो गरी आयात गर्दै आएको हुनाले मैले भन्सार एजेन्टको रूपमा काम गरेको थिएँ ।'

ट्याक्सीबाट बरामद सामान विभागका कर्मचारीले खोलेर हेर्दा सुन रहेको देखेपछि मात्र आफूले सुनको कारोबारबारे थाहा पाएको उनले बताए ।

'मलाई त्यही हर्कराजले फसायो । मैले राजश्व अनुसन्धान विभागलाई सबै कुरा जानकारी दिएपछि हर्कराज, दिलिप र उसको मामा पक्राउ परेका हुन्,' उनले लोकान्तरसँग भने ।

त्यसैगरी पक्राउ परेका ट्याक्सी चालक अशोक लामाले ५ सय रुपैयाँ  भाडामा बालुवाटारसम्म सामान लैजाने क्रममा आफू फसेको गुनासो गरे । आफू निर्दोष रहेको उनको दाबी थियो ।

एक वर्षदेखि ट्याक्सी चलाउँदै आएको र दिनमा ४/५ हजार रुपैयाँ कमाउने गरेको उनको भनाइ छ ।

'साउन २ गते एयरपोर्टमा प्यासेन्जर ड्रप गरेर भन्सारको गोदामतर्फ गएको थिएँ,' लामाले लोकान्तरसँग भने, 'त्यहाँ वेट गरिरहेको बेलामा हर्कराज राई आएर ४/५ वटा सानो कार्टुन बालुवाटार लानुछ, कतिमा लाने भनेर सोधे । ५ सय रुपैयाँमा जाने सहमति भएपछि सामान लोड गरी सिनामंगलबाट निस्किने बेलामा पक्राउ परें ।'

ट्याक्सी चालक लामाका अनुसार उनी ललितपुरको ग्वार्कोमा कोठा भाडा लिएर बस्ने गरेका छन् । उनले चलाउने गरेको बा २ च २३२४ नम्बरको ट्याक्सी पनि राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ ।

null

साहु शुक्र तामाङबाट मासिक ५० हजार रुपैयाँमा ट्याक्सी भाडामा लिएको लामाले बताए ।

उनले २ गतेदेखि नै राजस्व अनुसन्धानको हिरासतमा रहे पनि ३ गते (बुधवार) मात्र आफूहरूलाई पक्राउ पुर्जी दिइएको बताए ।

'हामी दुवै जनालाई २ गतेदेखि नियन्त्रणमा लिएको भए पनि ३ गते मात्र पक्राउ पुर्जी दिएका हुन्,' उनले भने ।

उच्च सरकारी स्रोतले पनि उक्त कुरा पुष्टि गर्‍यो । 'अन्डर कभर' अपरेसन भएकाले पनि थप व्यक्तिलाई पक्राउ गरेपछि मात्र सार्वजनिक गरिएको स्रोतको दाबी छ ।

यस प्रकरणमा पक्राउ परेका हर्कराज राईसहित अन्य ४ जनालाई भने कडा निगरानीमा राखिएको छ । कसैलाई पनि उनीहरूसँग सम्पर्क गर्न दिइएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x