×

NMB BANK
NIC ASIA

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्ध अन्तिम चरणमा पुगिरहेको थियो । सरकार र माओवादी पक्षका टोलीहरू शान्ति स्थापना गर्न वार्ता गरिरहेका थिए । त्यही समय माओवादीका केही नेतामाथि सुन लुकाएको आरोप लागेको थियो । शान्ति सम्झौता हुनुभन्दा केही महिनाअघि नै माओवादीले सुनकाण्डको घटना पूरै लुकाइदियो । यो विषय तत्कालीन माओवादी नेता गोपाल किरातीले विभिन्न अन्तर्वार्तामा पटक–पटक व्यक्त गर्दै आएका छन् । 

Muktinath Bank

सुनकाण्डका घटना पञ्चायतकालमा धेरै बाहिर आएका थिए । ती घटना पनि राजनीतिक नेताहरू र दरबारसँग सोझै जोडिएका हुन्थे । पञ्चायतकालका मन्त्री हेमबहादुर मल्ल सुनकाण्डमा जेल परेका थिए । ०४३ सालमा उनले राष्ट्रिय पञ्चायत सदस्यमा चुनाव जितेका थिए । पछि उनी गृह, वन तथा भू–संरक्षण, भूमिसुधार तथा व्यवस्था र कृषि मन्त्री भएका थिए । अर्का नेता डीबी लामा सुनकाण्डमा लामो समय जेल बसेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन राजा वीरेन्द्र शाहका भाइहरू ज्ञानेन्द्र र धीरेन्द्र पनि सुनकाण्डमा चर्चामा आइरहन्थे । राजपरिवारका यी सदस्यहरूको सुनकाण्डमा संलग्नताबारे आधिकारिक पुष्टि नभए पनि दरबार हत्याकाण्ड (०५८ साल) अघि अखबारहरूमा निकै समाचार छापिन्थे किनकि गणतन्त्र आउनुअघि राजपरिवारका सदस्यविरुद्ध अदालतमा मुद्दा दायर गर्न मिल्दैनथ्यो । 


Advertisment
Nabil box
Kumari

सुन आउने विमानस्थल द्वार

Vianet communication
Laxmi Bank

हाम्रो एयरपोर्टको ढोका पनि गज्जबको छ । परिवारमा आवश्यक सबैलाई मोबाइल सेट ल्याउन दिँदैन । श्रम गरेर आएको मेहनती नेपालीलाई सातो लिने गरी जाँच गर्छ । तर, बोराका बोरा, कार्टुनका कार्टुन सुन ल्याउने बडेमानलाई देख्दैन । 

यो साता (मंगलबार) यस्तै रहस्यमय तस्करीको घटनालाई एयरपोर्टको ढोका उदाङ्गो भइदियो । हङकङबाट आएको क्याथे प्यासिफिक एयरलाइन्सको जहाजमार्फत ‘ब्रेक शु’मा झण्डै एक क्विन्टल सुन पनि ल्याइयो । अवैध रूपमा ल्याइएको सुन राजस्व अनुसन्धान विभागका कर्मचारीले सिनामंगलबाट नियन्त्रणमा लिए । तर, यति धेरै सुन विमानस्थलभित्रै नसमातिनु निकै रहस्यमय छ । कार्टुनका कार्टुन सुन जोख्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा पठाइएको छ । यो सुन सय केजीभन्दा माथि रहेको अनुमान छ । 

यस्ता शृंखलाबद्ध घटना यसअघि सधैँ हुँदै आए । दृश्य, अदृश्य, आधिकारिक, अनाधिकारिक, समातिएका, नसमातिएका र खोजिएका, नखोजिएका सुन कति भित्रियो कति, यसको कुनै लेखाजोखा छैन । तर, यी सबैको रक्षाकवच बनेको छ, नेपालको राजनीति । पछिल्लो १० वर्षमा तस्करी गरी आएको ८०१ केजी सुन प्रहरीले बरामद गरेको छ । ०७४ सालमा अवैधरूपमा आयात गरिएको ३३ केजी सुनकाण्ड अझै चर्चामा छ ।

तस्करी गरेर सुन हवाइमार्गबाट मात्र होइन, स्थलमार्गका नाका हुँदै पनि भित्रिने गरेको विगतले प्रमाणित गरेको छ । तातोपानी नाकाबाट ०६१–०७१ माघसम्म २ सय केजी, ०६९–०७० मा ६९ केजी, ०७०–०७१ मा १४१ केजी, ०७२ माघ २१ गते १२ केजी, ०७४ भदौमा १५ केजी, यसको वर्ष दिनको अवधिमा २ सय केजीलगायत सुन अवैध आयातका केही चर्चित घटना हुन् । यीबाहेक विभिन्न समयमा साना परिमाणका अवैध सुन निरन्तर आयात भएको प्रहरीको तथ्यांकमा देखिन्छ ।

पहिलेजस्तै अहिले पनि सुन प्रकरणमा हाई–प्रोफाइल व्यापारीको नाम जोडेर चर्चा भइरहेको छ, तर राजस्व अनुसन्धान विभाग भने अहिलेसम्म कुनै निष्कर्ष निकालिसकेको देखिन्न । केही समयअघि चिनियाँ तस्करले ल्याएको सुन प्रकरणमा माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल मुछिएका थिए । भेपका रूपमा तस्करी गरी ल्याइएको ९ केजी सुन प्रकरणमा महराका बाबुछोराको चिनियाँ व्यापारीसँग सम्पर्क भएको देखिएको काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोगपत्रमा उल्लेख छ ।

यी माथि उल्लेख गरिएका सुन तस्करीका घटना देखिएका वा बाहिर आएका घटना हुन् । यी घटनाले के सावित गर्छन् भने दिनहुँ हाम्रा नाकाहरू अवैध सुन आयातका खुला ढोका बनिरहेका छन्, जसले नेपालको आयात निर्यातको विश्वसनीयतामाथि नै प्रश्न तेर्सिएको छ ।   

कसैले पनि गल्ती स्वीकार गर्दैनन्, को हो त दोषी ?

अहिलेसम्म गैरकानूनी रूपमा जति सुन भित्रिएको छ, यी काण्डमा मुछिएका कसैले पनि गल्ती स्वीकार गरेका छैनन् । आखिर, तस्करी त बढेकोबढ्यै छ  । सुन आफैं दौडिएर आएन, कोही न कोही मानिसले ल्याएको हो । तर, नेपालमा भने सुन आफैँ कुदेर आएजस्तो र फुत्त एयपोर्टबाट छिरेजस्तो रहस्यमय प्रतिवेदन तयार गरिन्छ ।

सुन तस्करीका विषयमा जति पनि जाँचबुझ, अध्ययन प्रतिवेदन र अनुसन्धान समितिहरू खडा गरिए, ती सबैका रिपोर्टमा अदृश्य शक्तिको हात रहेको देखाइन्छ । तर, कुनै प्रतिवेदनले फलानो मन्त्री, नेता, ठूलो व्यापारी तस्करीमा लागेको बोल्दैन । यस्ता खाले अमूर्त रिपोर्टहरू नै अनुसन्धानका लागि सबैभन्दा ठूला बाधक हुन् । 

तस्करीका मुख्य दोषी देशको शासन/प्रशासन चलाउने व्यक्तिहरू हुन् । यदि तस्करी नियन्त्रण गर्नुछ भने राजनीति दलका नेतामाथि अनुसन्धान शुरू गर्नुपर्छ । यही अनुसन्धानबाट सबै तस्करीको जालो पत्ता लाग्नेछन् । राजनीति संग्लो नभएसम्म समाजका तमाम भ्रष्टहरू अन्त्य भएको संसारमा कतै उदाहरण छैन । 

हालसम्मको रेकर्ड हेर्दा तस्करीमा संलग्न तल्लो दर्जाका व्यक्ति मात्र पक्राउ परेका छन् । ३३ केजी सुन प्रकरणमा पनि केही व्यक्ति त पक्राउ परे, तर मुख्य नाइके अझै पत्ता लागेको छैन । यो काण्डमा चुडामणि उप्रेती ‘गोरे’ को समूह भनिए पनि यसमा राजनीतिक नेताहरूको पहुँच रहेका तथ्यहरू फेला परेका थिए । तर, अहिलेसम्म कुनै नेतालाई पक्राउ गरिएको छैन । खास गरी, तस्करीमा तीन तह हुने गर्छ ।

नेपाल प्रहरीको सीआईबी समूहका अनुसन्धान अधिकारीका अनुसार, पहिलो तहमा मन्त्री/नेता, दोस्रो तहमा बलिया व्यापारी र तेस्रो तहमा भरिया हुने गर्छन् । कारबाही भोग्नेको संख्या हेर्‍यो भने भरिया मात्र जेलमा परेका छन् । तर, शक्तिशाली नेता र पहुँचवाला व्यापारी समातिएका छैनन् । यसले के सिद्ध गर्छ भने नेपालको राजनीति सुन तस्करहरूका लागि सुरक्षा कवच बनिरहेको छ ।

नेपाल ‘ट्रान्जिट’ मात्र कि, तस्करीको केन्द्र ?

विश्वमा सबैभन्दा धेरै सुन प्रयोग गर्ने मुलुक भारत र चीन हुन् । विभिन्न प्रतिवेदनका आधारमा उत्पादनको करीब २० प्रतिशत सुन यी दुई मुलुकमा मात्र खपत हुने गर्छ । हुन त विश्वमा धेरै जनसंख्या भएका मुलुक पनि यिनै हुन् । 

सुन तस्करी तेस्रो मुलुक हुँदै नेपालको बाटो भएर चीन र भारतमा भित्रिने हो वा नेपालभित्रै खपत हुने हो, अहिलेसम्म ठोस विवरण कसैले सार्वजनिक गर्न सकेको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, कानुनीरूपमा वार्षिक करीब ६० अर्ब रूपैयाँको सुन नेपालमा कारोबार हुन्छ । तर, विभिन्न प्रतिवेदनलाई केलाएर हेर्ने हो भने अवैध रूपमा यसको दोब्बर कारोबार हुँदै आएको छ ।

यो अवैध कारोबारी को हुन्, कहाँबाट ल्याइन्छ र कहाँ खपत हुन्छ भन्ने बारेमा नेपालको शासकीय संयन्त्र जिम्मेवार देखिँदैन । पछिल्लोपटक भारतीय र चिनियाँ नागरिक सुन तस्करीको आरोपमा पक्राउ गरेका घटनाले नेपाल ट्रान्जिट हो भन्ने आशंकालाई बल पुर्‍याउँछ । अर्कोतिर, स्वयं सुन व्यापारीहरू नेताहरूको आडमा अवैध कारोबारमा संलग्न छन् भन्ने पनि अधिकारीहरूको अनुसन्धानमा देखिन्छ । 

अनुसन्धान अधिकारीहरूलाई नै आधार मान्ने हो भने चीनबाट आउने सुन भारत प्रवेश गरिरहेको छ । कतै नेपाल अवैध सुन भण्डारणस्थल त बनेको हैन ? यो गम्भीर प्रश्न तेर्सिएको छ । जुन अनुपातमा तस्करीमार्फत नेपालमा सुन भित्रिरहेको छ, त्यो अनुपातमा खपत हुने बजार यहाँ छैन । यसको अर्थ हो, नेपाल सुन तस्करीको ट्रान्जिट बनेको छ । पहिला स्थल मार्गको नाकाबाट छिर्ने सुनका लागि अहिले हवाई मार्ग उपयोग भएका तथ्यहरू बाहिर आउँदा विमानस्थलका भन्सार कर्मचारीतिर तस्करीको तीर सोझिएको छ । कर्मचारी भ्रष्ट हुनु, तस्करीमा संलग्न हुनु भनेको राजनीतिक दलको आडकै कारण हो । कर्मचारीका ट्रेड युनियनहरूले भ्रष्ट कर्मचारी जोगाउन आवाज उठाउने गर्छन् । यी ट्रेड युनियन दलहरूकै भ्रातृ संगठन हुन् । 

यसले के सावित गर्छ भने नेपालमा तस्करी भएर आउने सुन नेताहरू र कर्मचारीका लागि दुहुनो गाई बनिरहेको छ । सुन त्यस्तो विलासी वस्तु हो, जसको उपयोगबाट केही उत्पादन हुँदैन, न सर्वसाधारणको पेट नै भरिन्छ । यसको कारोबारले मुलुक धनी पनि बन्दैन । जुन मुलुकमा सुन उत्पादन हुन्छ, त्यो मुलुक धनी हुने हो । विश्वमा सुन सञ्चित गर्ने प्रमुख देश अमेरिका हो, किनकि अमेरिका सुन आयात गर्छ र मुनाफा खाएर अन्य मुलुकमा पठाउँछ ।

नेपालमा भने निजी क्षेत्रले कानूनी रूपमा आयात गर्ने सुनको परिमाण खपतको तुलनामा निकै कम छ । बाँकी सबै अवैध आयात हुँदै आएको छ । अवैध कारोबारका कारण देशले ठूलो नोक्सानी व्यहोरिरहेको छ । यसको मुख्य दोषी देशको शासन/प्रशासन चलाउने व्यक्तिहरू हुन् । यदि तस्करी नियन्त्रण गर्नुछ भने राजनीति दलका नेतामाथि अनुसन्धान शुरू गर्नुपर्छ । यही अनुसन्धानबाट सबै तस्करीको जालो पत्ता लाग्नेछन् । राजनीति संग्लो नभएसम्म समाजका तमाम भ्रष्टहरू अन्त्य भएको संसारमा कतै उदाहरण छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x