मंसिर १६, २०८०
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर,
टोलाइरहन्छु आकाशमा रातको तारा गनेर
सजाइरहन्छु, सपनाहरू, हृदयभरि उमङ्गिएर
तर तिमीले बिर्सिदियौँ चोखो मिलन, मायाका कथाहरु...।’
अजरअमर कालजयी गीत गाउने बहुचर्चित गायक अरुण थापाको २४औँ स्मृति दिवसका अवसरमा भक्तपुरको पलासेँस्थित काठमाडौँ फन भ्यालीमा सम्पन्न ‘अरुण थापा स्मृति साँंझ–२०८०’ मा स्व अरुण थापाका चर्चित गीत नयाँ स्वरमा गुञ्जिँदा दर्शनदीर्घा नतमस्तक बन्यो ।
भक्तपुरलाई गीत, सङ्गीतको क्षेत्रमा अगाडि बढाउन स्थापना भएको रागरागिनी इन्टरटेन्मेन्ट प्रालिले स्व गायक थापाको २४औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको स्मृति साँझमा थापाका ‘चोट के हो, व्यथा के हो, मजस्तो घाइतेलाई सोध, मिलन के हो खुसी के हो, मसँग कहिल्यै सोध्दै नसोध...।’ जस्ता कालजयी गीत गुञ्जिँदा गायक अरुण थापा आज पनि आफैँ उभिएर गीत गाइरहेका छन् भन्ने आभास भयो ।
कार्यक्रममा युवा गायक प्रनिल पलिखेलले गाएको यो गीतसँगै गायक अजर जङ्गमले ‘जति माया लाए पनि, जति कसम खाए पनि’ गायिका कल्पना श्रेष्ठले ‘यो मनको के भर हुन्छ’, गायिका सानुमाया धौभडेलले ‘आँखाको निद चोरी लाने’, गायक कपिल कसपालले ‘दुई दिनको जीवन’, गायिका रोजी श्रेष्ठ ‘भुँलुँभुलुँ लाग्यो मलाई’ बोलको गीत गाउँदै स्व थापालाई सम्झिए
आधनिक नेपाली सुगम सङ्गीतका थोरै गीत गाएर पनि अजरअमर बन्न सफल गायक स्व थापालाई सम्झँदै गायक एञ्जेला श्रेष्ठ, दिनेश न्यौपाने, श्रेय अगस्ती, सुनिल लोहलालगायत उदयीमान गायक–गायिकाले स्व थापाका चर्चित गीत गाउँदा समय गएको पत्तै भएन । त्यस अवसरमा वरिष्ठ गीतकार एवं साहित्यकार सुवाषचन्द्र ढुङ्गेलले गायक अरूण थापा स्मृति दिवस विगत १२ वर्ष अगाडिबाटै आफू र चलचित्र समीक्षक प्रकाश सायमीको पहलमा मनाउन थालिएको स्मरण गरे ।
गीतकार ढुङ्गेलले गायक थापासँग जोडिएको आफ्नो साङ्गीतिक यात्राको पनि स्मरण गर्दै यस वर्ष पनि गायक कपिल कसपालले स्व थापाको स्मृति दिवसमा कार्यक्रमको आयोजना गरेर गायक थापाको गीत–सङ्गीतको योगदानलाई जीवन्त राख्न प्रेरणा दिएको चर्चा गरे ।
कार्यक्रममा गीतकार, साहित्यकार जितेन्द्र रसिकले गायक अरूण थापाको जीवन र साङ्गीतिक योगदानको संक्षिप्त चर्चा गर्नुभएको थियो भने काठमाडौँ फन भ्यालीका डा गोविन्द नेपालीले काठमाडौँ फन भ्यालीले हरेक दिनको सुरुआत गायक अरूण थापाका गीतहरू प्रस्तुत गरेर उनको साङ्गीतिक योगदानलाई स्रोतामाझ पस्किरहेको बताए ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा नेपाली सुगम सङ्गीतलाई जीवन्त राखी नयाँ पुस्तामा गीत सङ्गीतलाई पुस्तान्तरण गर्नु कार्यक्रमको उद्देश्य रहेको रागरागिनी इन्टरटेन्मेन्टका अध्यक्ष एवं कार्यक्रम संयोजक तथा गायक कपिल कसपालले बताए ।
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...