×

NMB BANK
NIC ASIA

भीमसेन थापाले मुलुकलाई ठूलो गुन लगाउनुभएको छ : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडाैं | साउन ९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय विभूति भीमसेन थापाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक रूपान्तरणका पक्षमा ठूलो गुन लगाएको उल्लेख गरेका छन् ।

Muktinath Bank

राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलवार आयोजना गरेको कार्यक्रममा उनले भीमसेन थापा राष्ट्रभक्त, देशभक्त हुनुका साथै प्रेरणाका स्रोत भएको विश्वास व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कावा प्रधानमन्त्री खड्काले भने, ‘थापाको शासनकालमा सेना, कानून, सामाजिक, आर्थिक पक्षमा अनुकरणीय सुधारका अभियान चलाउनुभएको थियो । सैनिक सेवालाई आधुनिकिरण गर्नुभएको कार्य हाम्राका लागि प्रेरणाको स्रोत बनेको छ । उहाँले सुधारका अभियान थालनी गरेर मुलुकलाई ठूलो गुन लगाउनुभएको थियो ।’


Advertisment
Nabil box
Kumari

पूर्वजले शुरू गरेका अभियानलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिई थापाले देशको सिमानालाई चारैतिर विस्तार गरेको उनले बताए । ‘परिस्थितिवश मुलुकमा आउने अप्ठ्यारोलाई स्थायित्व दिन कूटनीतिक कौशलताका आधारमा सुगौली सन्धि गरेर मुलुकको सीमालाई स्थायित्व दिनुभयो,’ कावा प्रधानमन्त्री खड्काले भने ।

Vianet communication
Laxmi Bank

तत्कालीन सामाजिक रूपान्तरणका लागि थापाले कमाराकमारी राख्न नपाउने व्यवस्थालाई स्थापित गरेका, सामाजिक चाडपर्वमा खर्चको सीमा तोक्ने काम गरेका, नापतौल व्यवस्थापन, ब्याजदर निर्धारण, हुलाकको व्यवस्थापन गरेका उनले स्मरण गरे ।

जग्गा अभिलेख राख्ने बन्दोबस्त पनि उनकै शासनकालमा प्रारम्भ भएको उल्लेख गर्दै कावा प्रधानमन्त्री खड्काले समाजमा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक प्रबन्ध गरेको कार्य प्रेरणाको स्रोत भएको बताए ।

भीमसेन थापाले धरहरा, सुन्धारा, बागदरबार, टेकु पुल, थापाथली पुल लगायत भौतिक र  ऐतिहासिक संरचना निर्माण सम्पन्न भएको उल्लेख गर्दै उनले समाज सुधार र विकास प्रेमी कामबाट आफूहरू प्रेरित भएको सुनाए ।

ऐतिहासिक काम र शासकीय सुधारका सम्बन्धमा भीमसेन थापाले गरेको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनले यसबाट वर्तमान सरकार पे्ररित रहेको बताए । ‘दुभाग्यवश उहाँ सत्ता षड्यन्त्रको शिकार हुनुभयो, झूटा आरोप सहन नसकी उहाँले जीवन स्वयं त्याग्ने बाटो रोज्नुभयो,’ उनले भने ।

भीमसेन थापाको सच्चा सम्मानका लागि उनले देखेका सपना पूरा गर्न र राष्ट्रियता सुशासन र आर्थिक सामाजिक रूपान्तरणका पक्षमा अहोरात्र खटियौं भने मात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने कावा प्रधानमन्त्री खड्काको धारणा थियोे ।

कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख १ हजार १११ नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थिभेश्वरप्रसाद तिमिल्सिना, सम्मानित संस्था केन्द्रका संस्थापक डा. महावीर पुन, प्रतिष्ठानका सचिव लक्ष्मण थापा लगायतले भीमसेन थापाको योगदानबारे चर्चा गरेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x