×

NMB BANK
NIC ASIA

कोशी प्रदेशलाई मध्यावधिमा जान नदिन एमाले–कांग्रेस मिल्नुपर्छः लिङ्देन

विराटनगर | साउन ११, २०८०

NTC
Premier Steels

सर्वाेच्च अदालतको फैसलाले पदमुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पुनः सरकार गठनको प्रयास गर्ने बताइरहँदा राप्रपाले भने सत्ता गठबन्धनलाई नसघाउने स्पष्ट गरेको छ । 

Muktinath Bank

 राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश जोगाउने भए एमाले र काँग्रेस नै मिलुन् भन्ने पार्टीको चाहना रहेको बताए । ‘पहिलादेखि नै एमाले–काँग्रेस मिलेर प्रदेश जोगाउनुहोस् भनेर हामीले भनिरहेका छौँ,’ लिङ्देनले लोकान्तरसँग भने, ‘अहिले हामीले सत्ता गठबन्धनलाई सघााउनेबारे कुनै निर्णयमा पुगेका छैनौँ।’ प्रदेशलाई मध्यावधिमा जान नदिनका लागि ठुला दुई दल मिल्नुपर्ने उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामुख बाबुराम गौतमसहितको समर्थनमा थापा गत असार २१ गते मुख्यमन्त्री बनेका थिए । बिहीबार सर्वाेच्चको आदेशसँगै उनी पदमुक्त भएका छन् । 


Advertisment
Nabil box
Kumari

गठबन्धनले सर्वाेच्चको आदेश बमोजिम संविधानको धारा १६८ (२) अनुसार सरकारमा दाबी गर्ने थापाले बताए ।  राप्रपाले साथ नदिएको खण्डमा थापालाई बहुमत पुग्न कठिन देखिएको छ । 

Vianet communication

कोशीमा नयाँ सरकार बनाउन सजिलो भने छैन । नयाँ सरकार बनाउन सत्ता र एमाले नेतृत्वको दुवै गठबन्धनसँग बहुमत छैन । एमालेले जसपालाई साथ दिएको खण्डमा पनि सरकार बन्न सक्छ । तर केन्द्रीय सत्ता गठबन्धनमा जसपा भएकाले अहिले नै एमालेलाई साथ दिने सम्भावना पनि कम छ । 

एमालेका ३९ र राप्रपाका ६ गरी ४६ सांसद छन् । जसपाका एक सांसद छन् ।  सत्ता गठबन्धनलाई राप्रपाले साथ नदिएको खण्डमा भने सभामुख बाबुराम गौतमको राजीनामा अन्तिम विकल्प हो । तर सभामुख गौतमले आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताए । 

सत्ता गठबन्धनमा काँग्रेस २९, माओवादी केन्द्र सभामुखबाहेक १२ र एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । सत्ता गठबन्धनका सांसदको सङ्ख्या पनि ४६ नै पुग्छ । ९३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन  ४७ सांसदको आवश्यकता पर्छ । राप्रपाले साथ नदिएको खण्डमा भने १६८ (३) बमोजिम सरकार गठनको प्रक्रिया सुरु हुनेछ । त्यसो हुँदा सबैभन्दा ठुलो दल एमालेको नेतृत्वमा सरकार बन्ने बाटो खुल्ने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x