×

NIC ASIA

धितोपत्र बोर्डको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडाैं | साउन १४, २०८०

Prabhu Bank
NTC
Premier Steels

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

Muktinath Bank

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत बोर्डले वस्तु विनिमय बजार (डेरिभेटिभ मार्केट) सञ्चालनमा ल्याइने जनाएको छ । त्यस्तै धितोपत्र बजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउनका लागि सहजीकरणको नीति बोर्डले लिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“पूँजी बजारमा लगानीकर्ताको सङ्ख्यामा वृद्धि तथा प्रतिस्पर्धात्मक वातावरणको विकास गर्न एवं गैरआवासीय नेपालीको ज्ञान, सीप, पूँजी, प्रविधि र सञ्जाललाई मुलुकको विकास र समृद्धिसँग जोड्ने गरी गैरआवासीय नेपाली नागरिकहरूलाई पूँजी बजारमा सहज प्रवेशका लागि आवश्यक कानूनी तथा संस्थागत पूर्वाधार तयार गरिनेछ”, बोर्डको वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ, “धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न धितोपत्रसम्बन्धी कानूनहरूमा आवश्यक संशोधन तथा परिमार्जन गरिनेछ ।”


Advertisment
Nabil box
Kumari

नीतिगत तथा कानूनी सुधारतर्फ चालु आर्थिक वर्षमा धितोपत्र व्यवसायीका लागि संस्थागत सुशासनसम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गर्ने, हरित बन्डलगायतका नवीन वित्तीय औजार निष्कासन गर्न सक्नेगरी आवश्यक नीति, नियम तथा निर्देशिका ल्याउने, साना तथा मझौला कम्पनीको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली तयार पार्ने, वस्तु विनिमय बजारसम्बन्धी नीतिनियम तयार पार्नेलगायतका विषय नीति तथा कार्यक्रममा राखिएका छन् ।

Vianet communication

बजार नियमन तथा सुपरीवक्षेणसम्बन्धी सूचना प्रविधिको विकास तथा जोखिम व्यवस्थापनका क्षेत्रमा काम गर्ने नीति धितोपत्र बोर्डले लिएको छ । “धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी महत्त्वपूर्ण मौजुदा तथ्याङ्क एवं जानकारीहरूको समुचित अभिलेख व्यवस्थापन तथा बोर्डमा प्रयोग भइरहेका र भविष्यमा प्रयोग हुने विभिन्न प्रणालीको व्यवस्थापन गर्न बोर्डको आफ्नै डाटा सेन्टर स्थापना गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ ।

बोनस शेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्न आवश्यक निर्देशन जारी गर्ने पनि बोर्डले जनाएको छ । धितोपत्र बजार, वस्तु बजार तथा व्यवसायीलाई प्रभावकारी सुपरीवेक्षण गर्नका लागि सुपरीवेक्षण म्यानुअल तयार पारी लागू गरिने बोर्डको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ ।

धितोपत्र दलाल व्यवसायीको अनुगमन तथा सुपरीवेक्षण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन जोखिममा आधारित सुपरीवेक्षण ढाँचा लागू गर्ने, निक्षेप खाता खोल्ने प्रक्रियाका लागि भिडियोमा आधारित ग्राहक पहिचान (भिडियो बेस्ड कस्टुमर आइडेन्टिफिकेसन) लागू गर्न सहजीकरण गर्नेलगायतका विषय नीति तथा कार्यक्रममा राखिएका छन् । त्यस्तै, सङ्घीय संरचनाअनुरूप बोर्डका काम कारबाहीलाई काठमाडौँ बाहिरसमेत विस्तार गर्न पहिलो चरणमा दुईवटा प्रदेशमा प्रादेशिक नियमन संरचना स्थापनाका लागि अध्ययन थालिने जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x