×

NMB BANK
NIC ASIA

टीआरसीसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्छ : कांग्रेस

काठमाडाैं | साउन १६, २०८०

NTC
Premier Steels

सत्तारुढ दल नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

Muktinath Bank

मंगलवार कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग ऐन चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने विषयमा छलफल भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता मिनबहादुर विश्वकर्माले बृहत् शान्ति सम्झौतापछि शान्ति प्रक्रियाका टुंग्याउन बाँकी रहेका थुप्रै कामका बारेमा सत्य मेलमिलाप तथा बेपत्ता छानबिन आयोगको ऐन अहिले संशोधनको अवस्थामा रहेकाले चाँडोभन्दा चाँडो पारित गर्नेबारे सम्बन्धित समितिमा रहेका सांसद र पदाधिकारीबीच छलफल भएको बताए । उनले द्वन्द्वरत पक्ष र द्वन्द्वबाट प्रभावित पक्षहरू, पीडित, पीडकहरूसँगको सहमतिमा वा स्वीकार्यमा विधेयक ल्याउनुपर्नेबारे छलफल भइसकेको भन्दै त्यसैबारेमा अहिले छलफल गरेको बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘नेपालले शान्ति प्रक्रिया शुरू गरेपछि, बृहत् शान्ति सम्झौतापछि शान्ति प्रक्रियाका टुंग्याउन बाँकी रहेका थुप्रै कामबारे सत्य मेलमिलाप तथा बेपत्ता छानबिन आयोगको ऐन अहिले संशोधनको अवस्थामा छ । त्यसैले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन त्यो ऐन यथाशीघ्र संसद्बाट पारित गर्नुपर्ने जरुरी छ । यति हुँदाहुँदै पनि धेरै विवादित विषयहरू थिए । त्यसमा द्वन्द्वरत पक्ष र द्वन्द्वबाट प्रभावित पक्षहरू, पीडित, पीडकहरूसँगको सहमतिमा वा स्वीकार्यमा विधेयक ल्याउनुपर्छ भनेर फराकिलो छलफल चलिरहेको हो । विगतका संसद्ले पारित गर्न सकेको थिएन । अहिले त्यही प्रयत्न भइरहेकोमा नेपाली कांग्रेसमा विशेषतः शीर्ष नेताहरूले सभापति समेत र संसद्मा सम्बन्धित समितिमा काम गर्नु भइरहेका सांसदहरूबीचको आन्तरिक छलफल हो । कहाँ–कहाँ अप्ठ्यारो विषय छन्, त्यसलाई कसरी सहज बनाउने र सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनलाई छिटोभन्दा छिटो पारित गराउने र अरु सम्बन्धित पक्षसँग कसरी सहमति जुटाउने भन्नेबारे छलफल भएको हो । संसद्को गतिरोध अवरोध अन्त्य गर्न सभामुखले पहल गरिरहनुभएको छ । सरकारले पनि यसमा पहल गर्नुपर्छ । हामीले भनिरहेका छौं । विवादित विषयमा सरकारले प्रश्न उठेपछि प्रस्ट्याउनुपर्छ । त्यसपछि संसद्को गतिरोध समाप्त हुन्छ । संसद्को काम कानून बनाउने हो । थाती रहेका कानूनहरूलाई पनि टुंग्याउन संसद्को गतिरोध अन्त्य हुनैपर्छ ।’

Vianet communication

नेता विश्वकर्माले संसद्मा भइरहेको अवरोधको विवादित विषयमा सरकारले प्रश्न उठेपछि प्रस्ट्याउनुपर्ने बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x