×

NMB BANK
NIC ASIA

कांग्रेसको दबाब र प्रचण्डका ज्वाइँको भूमिकाले कोशीमा माओवादीभित्र चरम असन्तुष्टि

काठमाडाैं | साउन १७, २०८०

NTC
Premier Steels

संघको राजनीतिक गठबन्धनका कारण सभामुख बाबुराम गौतमले राजीनामा दिनुपरेको भन्दै कोशी प्रदेशमा नेकपा (माओवादी केन्द्र)भित्र असन्तुष्टि चुलिएको छ ।

Muktinath Bank

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ‘हाम्रै कारण कुर्सीमा छौ’ भनेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिएका कारण सभामुखले राजीनामा दिनुपरेको बुझाइमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने माओवादी सांसदहरू देखिन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साथै केन्द्रका कारण स्वतन्त्र ढंगले निर्णय लिन समेत नसकिएको भन्दै असन्तुष्टि चुलिएको छ ।


Advertisment
Nabil box
Kumari

‘केन्द्रले कता फर्केर सास फेर्छ, हामी पनि त्यतै फेर्छौं,’ प्रदेशसभा सदस्य गणेश उप्रेतीले भने, ‘केन्द्रको जुँगा कता हल्लिन्छ, प्रदेशमा पनि त्यतै चल्नुपर्ने बाध्यता छ ।’

Vianet communication

कांग्रेसकै समर्थनमा प्रचण्ड मुलुकको प्रधानमन्त्री छन् । कोशीमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसले सोही कुरा देखाएर दबाब दिएको उनको बुझाइ छ ।

पहिलोपटक उद्धव थापाको नेतृत्वमा सरकार बनाउने मुख्य योजनाकार थिए, नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता तथा कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजंग रायमाझी र प्रचण्डका ज्वाइँ जीवन आचार्य । 

सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका रायमाझी र आचार्यले थापा नेतृत्वको सरकार बनाउन सभामुख गौतमलाई हस्ताक्षर गराउन लगाएका थिए । 

प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धनको बैठक सरकारमा दाबी गर्न जाँदा कांग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखसहित) एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको हस्ताक्षर संसदीय दलका नेताले गर्ने सहमति भएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसका उद्धव थापा, माओवादीका इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादीका राजेन्द्र राई र जसपाकी निर्मला लिम्बूले हस्ताक्षर गरेका थिए । 

उनीहरू असार २१ गते दिउँसो काठमाडौंबाट त्यही हस्ताक्षर लिएर विराटनगर आएका थिए । दाबी पेस गर्न जान हस्ताक्षर गरिएको कागज रायमाझीसँग थियो । 

विराटनगर आएपछि भने रायमाझीले सभामुखको छुट्टै हस्ताक्षर चाहिने भन्दै सभापति शेरबहादुर देउवालाई भनेका थिए । उनले सभामुख र एउटा विकासे मन्त्रालय राप्रपालाई दिँदा सरकारमा आउने विश्वास देउवालाई दिलाएको स्रोतको दाबी छ ।

‘गौतमलाई हस्ताक्षर गराएपछि उनी विवादमा आउँछन् र राजीनामा दिन्छन्, त्यसपछि  राप्रपालाई सभामुख र भौतिक विकास मन्त्रालय दिनुपर्छ भन्ने उहाँको सुझाव थियो,’ स्रोतले लोकान्तरसँग भन्यो ।

यसक्रममा प्रचण्डका ज्वाइँ जीवन आचार्यलाई रायमाझीले मुख्यमन्त्री पछाडिको वरीयतामा मन्त्री बनाउने आश्वासन दिएर साथमा लिएको स्रोतको दाबी छ । 

सभामुखलाई हस्ताक्षर गराउन भन्दै देउवाले प्रधानमन्त्री प्रचण्डलाई दुईपटक फोन गरेपछि रायमाझी सभामुखको सचिवालयमै पुगेका थिए ।

सभामुखको हस्ताक्षर गराउन सहयोग गरेकोमा आचार्यलाई आर्थिक मामिला मन्त्री बनाइएको थियो ।

दोस्रो चरणमा सभामुखको राजीनामा गराउन पनि आचार्यले भूमिका खेलेको आरोप माओवादीकै नेताहरू लगाउँछन् ।

प्रधानमन्त्री प्रचण्डसमक्ष समेत राजीनामा नदिने अडान राखेका गौतमलाई राजीनामा गराउन आचार्यले भूमिका खेलेको अधिकांश सांसदको बुझाइ छ ।

उनको भूमिकालाई लिएर पनि पार्टीभित्र चरम असन्तुष्टि छ ।

सभामुखबेगर ४६ जना सांसद मात्र पुग्ने र सभामुखको हस्ताक्षरसहित अर्को सरकार बनाउन सर्वोच्चको फैसलाले नमिल्ने भएकाले सभामुख गौतमलाई राजीनामा गराइएको हो ।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

सभामुखको राजीनामापछि कांग्रेसका उद्धव थापा दोस्रोपटक मुख्यमन्त्री बनेका छन् ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल केन्द्रको गठबन्धन बचाउन सभामुखलाई राजीनामा दिन लगाइएको बताउँछन् ।

‘सभामुखले नैतिकताको हिसाबले राजीनामा दिनुभएको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘तर अहिलेको अवस्थामा सरकार बनाउन राजीनामा गराउँदा स्थायी समाधान निस्किँदैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x