×

NMB BANK
NIC ASIA

हुम्लाका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्न सकिन्छ भनेर सोचिरहेको छु : ओली

काठमाडाैं | साउन २५, २०८०

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गम ठाउँको विकासका लागि सरकार अघि सर्नुपर्ने बताएका छन् ।

Muktinath Bank

आदिवासी जनजाति दिवसको अवसरमा आयोजित हुम्लाका युवाको सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुर्गम ठाउँको विकासमा सरकार नलागी नहुने बताए । ‘सरकार नलागी दुर्गम ठाउँको समग्र विकास गर्न सकिँदैन । शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन, जडीबुटी उत्पादन, प्रशोधनजस्ता कुराको विकास गर्नका लागि सरकार चाहिन्छ,’ उनले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सरकारलाई दुर्गम जिल्लाको विकास गर्न ध्यानाकर्षण समेत गराए । अध्यक्ष ओलीले हुम्लाको दुर्गमता र अप्ठ्यारो जिन्दगी आफूले देखेको भन्दै भने, ‘त्यस जिन्दगीलाई सहज र सुखमय जिन्दगीमा परिणत गराउनका लागि के गर्न सकिन्छ त्यस बारेमा सोच्ने र त्यसलाई व्यवहारमा उतार्ने प्रयास पनि गरेको छु ।’


Advertisment
Nabil box
Kumari

उनले हुम्ला जिल्लाको साथमा आफू रहेको भन्दै आफूले हुम्लावासी युवालाई सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । लिमी हुम्लाको तल्लो भागदेखि माथिल्लो लिमी उपत्यकामा केही गर्न सकिन्छ भनेर सोचिरहेको उनले भनाइ राखे । 

Vianet communication
Laxmi Bank

‘त्यहाँको विद्यालय भवनको स्तर विकास गर्न सकिन्छ । विद्यार्थीलाई न्यानो कपडा वितरण गर्न सकिन्छ भनेर मैले सोचिरहेको छु,’ उनले भने । आदिवासी जनजातिले आफ्नो पहिचान र थर लेख्न पाउनु आधारभूत अधिकार भएको उनको भनाइ थियो । 

अध्यक्ष ओलीले कुन–कुन जाति सूचीकृत हुन बाँकी रहेका छन् ती जातिलाई सूचीकृत गर्नका लागि आफूले पहल गर्ने समेत बताए । उनले ताप्लेजुङ, मुगु, हुम्ला र डोल्पा लगायत दुर्गम क्षेत्रका बालबालिका काठमाडौंमा ल्याएर पढाउने हो भने ती बालबालिकाले भोलिको दिनमा मुलुकको नेतृत्व लिन सक्ने बताए । ती बालबालिकाको नेतृत्व विकासका लागि शिक्षा दिन आवश्यक रहेको उनको धारणा थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x