×

NMB BANK
NIC ASIA

घोराहीमा फोहोरबाट उत्पादन हुन थाल्यो ग्यास– पाइपमार्फत चुलोचुलोमा पुर्‍याइयो

बुटवल | साउन ३०, २०८०

NTC
Premier Steels

स्थानीय तहहरूलाई फोहोर व्यवस्थापन गर्न टाउको दुखाइ भइरहेका बेला दाङको घोराहीमा भने जैविक फोहोरबाट ग्यास उत्पादन गरेर घर–घरमा पुर्‍याइएको छ । 

Muktinath Bank

घोराही उपमहानगरपालिका– १६ मा कुहिने (गल्ने) फोहोरबाट उत्पादित ग्यास पाइपलाइनमार्फत यही साउनदेखि भान्छामा पुर्‍याइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घोराही–१६ करौँती डाँडामा रहेको ‘ल्याडफिल्ड साइड’ मा अहिले दैनिक २ हजार घनलिटर ग्यास उत्पादन भइरहेको छ । 


Advertisment
Nabil box
Kumari

नगरका वडा नम्बर १० र १६ का ६० घरधुरीले अहिले फोहोरबाट उत्पादित ग्यास प्रयोग गरिरहेको वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्र दाङका प्रबन्धक हरिशरण श्रेष्ठले बताए ।

Vianet communication

null

‘हामी अहिले पाइपलाइन विस्तारको काममा छौंं,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘पाइपलाइन लागिका ‘मेन’ लाइन तीन किलोमिटर पूरा गरी केही घरले ग्याँस बाल्न थाल्नुभयो । १०/१५ दिनपछि १०० घरमा ग्यास बल्दैछ । केही महिनाभित्र ७५० घरमा ग्यास पुग्नेछ ।’

ग्यास उत्पादन गर्न थालेपछि गलेर जाने वस्तुको सदुपयोग भएको छ । श्रेष्ठले थपे, ‘हाम्रो १ हजार ५०० परिवारमा ग्यास पुर्‍याउने क्षमता र लक्ष्य हो । तर, पर्याप्त फोहोर नपाउँदा ७५० घरलाई मात्र पुग्ने भयो । हाम्रो प्लान्टले दैनिक ६५ घनमिटरसम्म ग्यास उत्पादन गर्ने क्षमता छ । हामीलाई दैनिक ३० टन गल्ने फोहोर चाहिने हो । अहिले जम्माजम्मी १०/१२ टनमात्र पाएका छौं । 

null

ग्यास उद्योग २ बिगाहा १२ कट्ठा क्षेत्रफल जग्गामा बनेको छ । २२ करोड रूपैयाँको लगानीमा झण्डै चार वर्ष लगाएर निर्माण सम्पन्न भएको उद्योगमा वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको ४० र नेपाल ऊर्जा विकास कम्पनीको ६० प्रतिशत लगानी छ । उद्योगका लागि २० वर्षसम्म नगरपालिकाले जग्गा उपलब्ध गराउने र त्यसपछिका सबै संरचना नगरकै हुने सम्झौतामा उल्लेख छ ।

उत्पादन थालेको पाँच वर्षसम्म उपमहानगरपालिकाले फोहोर संकलन, ढुवानी गर्ने र २० वर्षपछि त्यस कम्पनीले चालू अवस्थामा मै आयोजना घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता गरिएको छ ।

त्यसैगरी कूल उत्पादनको एक प्रतिशत रोयल्टी रकम नगरलाई बुझाउनुपर्ने सम्झौता छ ।

null

घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले आफ्नो पालिकाबाट नमूना कामको शुरूआत भएको बताए ।

‘क्षेत्रफलको आधारमा घोराही देशकै ठूलो उपमहानगरपालिका हो,’ हामीले फोहोरबाट ग्यास उत्पादन गर्न सफल भयौं । अब यस्तो अभियानलाई धेरै क्षेत्रमा विस्तार गर्न सके देशमा फोहोर व्यवस्थापनको समस्या घट्ने थियो ।’ 

दाउरामा खाना पकाउँदै आएकी दाङको घोराही उपमहानगरपालिका–१६ की लक्ष्मी चौधरीले अहिले पाइपलाइनबाट आएको ग्यासमा खाना बनाउँछिन् । उनले अहिले जंगलमा पुगेर दाउरा र गुइँठा खोजेर ल्याउनु परेको छैन ।

‘खेतबारीबाट फर्किएपछि काँचो दाउरा बाल्नुपर्थ्यो,’ लक्ष्मी भन्छिन्, ‘अहिले पाइपबाट आएको ग्यासमा आनन्दसँग खाना पकाउँदै आएका छौं ।’

null

उनले एलपी ग्यास सिलिन्डर पनि ल्याएकी छैनन् । पाइपलाइनबाट चुल्होमै आउने ग्यासबाट खाना पकाउन सजिलो भएको उनी सुनाउँछिन् । 

सोही ठाउँकै शोभा चौधरी पनि पाइपलाइनबाट आएको ग्यास बाल्न पाउँदा खुशी छिन् । ‘ग्यास बाल्न पाउँदा धेरै खुशी लागेको छ । दाउरा प्रयोग गरेर खाना पकाउने गरेको थिएँ, उपमहानगरपालिकाले घर-घरमा ग्यास वितरण गरेपछि ग्यासमा खाना पकाउने गरेको छु,’ उनले भनिन् ।

बायोग्यास उद्योगले पाइपका माध्यमबाट घरमै ग्यास दिन थालेपछि समय र इन्धनको बचत भएको छ । वैशाख अन्तिम सातादेखि उद्योगले बायोग्यास वितरण थालेपछि दैनिक भान्सामा काम गर्न सहज भएको चौधरी बताउँछिन् ।

प्रबर्द्धन केन्द्रले केही समयका लागि निःशुल्क ग्यास वितरण गरे पनि पछि शुल्क लिनेछ ।

अहिले प्रयोग भइरहेको एलपीजी ग्यासको सिलिन्डरमा यो ग्यास भर्न (रिफिल) गर्न मिल्दैन । ऊर्जा विकास कम्पनीका निर्देशक शिवहरि बुढाथोकीले एलपीजी ग्यासभन्दा यहाँ उत्पादित ग्यास धेरै सस्तो पर्ने बताए ।

‘हामीले पालिकासँग सहमति गरेर ग्यासको मूल्य निर्धारण गर्छौं । एलपीजीभन्दा हाम्रोको मूल्य ३ सयदेखि ३५० रुपैयाँभन्दा सस्तो पर्न जान्छ,’ बुढाथोकीले भने । ग्यासको मापन मिटरबक्समार्फत गरिने छ । 

null

यससँगै कम्पोस्ट मल पनि उत्पादन गर्न थालिएको छ । यसका लागि पाँच वर्ष अघिदेखि नै काम शुरू गरिएको थियो । ग्यासको मापन गर्ने मिटरबक्स अझै आइसकेको छैन । मिटरबक्स जडानपछि सहुलियत रकममा वितरण गरिने छ ।

अहिले कम्पनीले चाहे जति फोहोर पाएको छैन । घोराहीमा फोहोर अपुग भएपछि लमहीलगायत विभिन्न ठाउँबाट ल्याइरहेको छ ।

उपमहानगरपालिकामा दैनिक करीब १५ टन फोहोर उत्पादन हुन्छ, जसमा  करीब ८ टन गल्ने र कुहिने फोहोर हुन्छ । घरबाट उत्पादन हुने फोहोरलाई नगरवासीले कुहिने र नकुहिने गरी छुट्टाछुट्टै राख्छन् । 

फोहोरबाट ग्याससँगै मल पनि उत्पादन भइरहेको छ । फोहोरबाट ग्यास र मल उत्पादन शुरू गरेदेखि घोराही उपमहानगरमा फोहोर व्यवस्थापन पनि सहज भएको नगर प्रमुख चौधरी बताउँछन् ।

null

अहिले उपमहानगरले घोराहीलाई फोहोर शून्य बनाउने अभियान चलाएको छ । यसका लागि गल्ने र नगल्ने फोहोर वर्गीकरण गरेर संकलन गरिँदै आएको छ । उनका अनुसार गल्ने फोहोरलाई मात्र ग्यास उत्पादनमा प्रयोग गरिएको छ । 

गल्ने फोहोर किनेर उपमहानगरले कम्पनीलाई बिक्री गर्ने योजना समेत घोराहीले बनाएको छ । आयोजनाबाट फोहोरको समस्या समाधान हुने र ग्यास पनि उत्पादन हुने भएकाले यसको महत्त्व बढेको छ । अन्य ६ वटा पालिकामा पनि यस्ता कार्यक्रम ‘पाइपलाइन’मा रहेका बुढाथोकीले बताए । 

‘ग्यासबाहेक यस प्लान्टले ६ हजार किलोग्रामभन्दा माथि जैविक मल पनि उत्पादन गर्छ । जब यो पूर्ण क्षमतामा चल्छ र तब जैविक मल कृषिमा प्रयोग गर्न सकिन्छ,’ बुढाथोकीले भने ।

null

नेपालमा अहिले ऊर्जाको माग प्रत्येक वर्ष बढ्दो छ । यस्ता परियोजना देशभर चलाउन सकेमा नेपालमा बढ्दो इन्धनको आयात रोक्न सकिन्छ ।

फोहोरबाट ग्यास उत्पादन थालिए पनि उपमहानगरपालिकालाई पनि फोहोर व्यवस्थापनमा सजिलो भएको छ ।

वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्र पनि दाउरा र गुइँठा प्रयोगमा कमी आउने र वातावरण प्रदूषणमा सुधार आउनेमा विश्वस्त देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x